
एमालेका निलम्बित वरिष्ठ नेता माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने बताएका छन् ।
बुधबार नेपाल निकट युवा संघले स्थापना गरेको केन्द्रिय कार्यालय बुद्धनगरमा कार्यालय उद्घाटन गर्दै नेपाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कम्युनिष्ट आ,न्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन आफुहरुले चाहेको बताएका नेपालले कम्युनिष्ट आ,न्दोलनलाई धारासायी हुन नदिने बताएका छन् ।
कम्युनिष्ट आ,न्दोलनलाई विर्सजनको ठाउँमा पुर्याउने नदिने दावी गरेका नेपालले भने, आन्दोलनलाई नयाँ शिरबाट नयाँ उचाईमा पुर्याउन चाहिरहेका छौं र हाम्रो संकल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्याउन दिने छैनौं ।
केन्द्रिय कार्यालय उद्घाटन गर्ने क्रममा नेपाले अघि भने, हामी आमजनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं ।
गतिशील बनाउने पक्षमा छौं ।’उनले भने, हामी आमजनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशील बनाउने पक्षमा छौं ।
यो पनि पढ्नुहोस् ।
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको आधिकारिता विवाद सकिएको बताएका छन् ।
आज नारायणहिटी दरबार अगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको कुन पक्ष सक्कली र कुन नक्कली भन्ने विवाद सकिएको ठोकुवा गरे ।
उनले आफू नेतृत्वकै पार्टी सक्कली नेकपा भएको पनि बताए ।
उनले भने, ‘मूल पार्टी कुन हो ? अझै पनि कोही अलमलमा छ भने कठैबरा भन्नुपर्छ । यही हो मूल पार्टी । देशकै मूल पार्टी हो । देशकै सबैभन्दा ठुलो पार्टी । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा गर्ने पाटी हो ।’
उनले अबदेखि नेकपाको कुन पक्ष सक्कली र नक्कली भन्ने विवाद टुंगिएको बताए । ‘कुन पार्टी सक्कली, कुन पार्टी नक्कली भन्ने टुंगो लाग्यो,’ उनले भने ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षले मांशाहारी आन्दोलनका नाममा नरभक्षी आन्दोलन गर्न खोजेको आरोप लगाएका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि अब शाकाहारी आन्दोलनले नहुने भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
नेपाल बन्दको नाममा बिहीबार एउटा गरिब ट्याक्सी चालकलाई जिउँदै जलाउन खोजेको उनको आरोप छ।
नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दावी छ। सभामा मानिसहरु धेरै हुँदा ठाउँ नपुगेको उनको भनाइ छ।