शुक्रबार , बैसाख १४, २०८१

एमालेका केन्द्रिय सदस्य, केपी ओलीका दाइने हात पुर्व मेयरका छोरा २ करोड ठगेर फरारदमक, झापा — एमालेका केन्द्रिय सदस्य, मदन भन्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष

 

 

तथा केपीका दाइने हात दमक नगरपालिकाका पूर्वप्रमुख रोमनाथ ओलीका छोरा अनिलमाथि अस्ट्रेलिया र दक्षिण कोरिया पठाइदिने भन्दै १६ जनासँग लाखौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । पीडितको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले अनुसन्धानका लागि पक्राउ गर्न पत्र जारी गरेपछि अनिल फरार छन् ।

 

भ्रष्टाचार गर्ने गराउने र संरक्षण गर्नेमा केपी ओली पहिलो नम्बरमा पर्छन । उनीले आफ्ना भनेपछि अरबौँ भ्रष्टाचार गरेकालाई नि बचाउन फिल्डमा जान्छन । अहिले नक्कली सरणार्थी प्रकरणमा टोप बहादिर रायमाझी बचाउन खुले आम लागेका छन ।

 

केपीको यहि प्रवृत्तिले एमाल्र खराबहरुको अखडा बनेको छ ।

 

अनिलले ५ जनालाई अस्ट्रेलिया र ११ जनालाई कोरिया पठाइदिने भन्दै पैसा उठाएको आरोप छ । उनले अस्ट्रेलियाका लागि जनही ५ लाखदेखि १५ लाख र दक्षिण कोरियाका लागि १० लाखका दरले लिएको पीडितको दाबी छ । उनीहरूका अनुसार मासिक तलब २ लाख हुने काममा लगाइदिने आश्वासन दिएर पैसा उठाइएको थियो । अस्ट्रेलिया जाने प्रलोभनमा परेर दमकका छत्रमणि कार्की, दमननाथ ढुंगाना, प्रेमकुमार गुरागाईं, कृष्ण अधिकारी र विराटनगरका आकाश अधिकारीले पैसा बुझाएका हुन् ।

 

दक्षिण कोरिया पठाइदिने भन्दै अनिलले झापा, कमलका इन्द्रप्रसाद सिटौला, सुमन सिटौला, निशा तिम्सिना, रोहित तिम्सिना, पुष्प तिम्सिना, गणेश खनाल र दमकका गीता खरेल, गणेश देवकोटा, वेदराज कार्की, सुरुङ्गाका टीका मैनाली र काठमाडौंका देवराज घिमिरेसँग पैसा उठाएको पीडितको दाबी छ ।

 

‘दक्षिण कोरियामा राम्रो काममा लगाइदिन्छु भनेर हामीलाई विश्वास दिलाए । सबै काम आफैं मिलाइदिने भनेपछि विश्वास गरेर मैले १० लाख रुपैयाँ बुझाएँ,’ दमकका वेदराज कार्कीले भने, ‘भिसा आइसक्यो भनेर लखनउसम्म पुर्‍याए । लखनउमा अलपत्र परेपछि मात्र ठगिएको थाहा भयो ।’

 

उनले ऋण गरेर अनिललाई पैसा बुझाएको सुनाए । ‘साहुले पैसाका लागि फोन गरिरहन्छन् । मन्दीको बेला छ । काम पनि छैन । तनावमा छु,’ कार्कीले भने ।

 

अनिल एमाले अध्यक्ष केपी शर्मा ओलीका नाति पर्छन् । ‘पूर्वप्रधानमन्त्री केपी ओलीको नाति, पूर्वमेयरका छोरा भएकाले अस्ट्रेलिया पठाउँछन् होला भन्ने भयो । धेरै केरकार र कुराकानीपछि अनिललाई विश्वास गर्‍यौं,’ दमक–२ का कृष्ण अधिकारीकी श्रीमती जमुना निरौला अधिकारीले भनिन्, ‘तर, अनिलले हामीलाई नक्कली कागजपत्र देखाएको रहेछ ।’

 

ठगीबारे पूर्वमेयर रोमनाथलाई जानकारी गराउँदासमेत आफूहरूले पैसा फिर्ता नपाएको निरौलाले सुनाइन् । ‘हामीले अनिललाई असोज–कात्तिकमै १५ लाख रुपैयाँ बुझाएका हौं । ठगीमा परेको थाहा पाएपछि मंसिरमै पूर्वमेयरलाई जानकारी दिएका थियौं,’ उनले भनिन्, ‘तर उहाँहरूले त्यस्तो हुनै नसक्ने भन्दै हामीलाई नै हप्काइदप्काइ गर्नुभयो ।’

 

पूर्वमेयर रोमनाथले पीडितहरूले छोरालाई फसाएको आरोप लगाए । अस्ट्रेलिया र दक्षिण कोरिया पठाउने भनेर अनिलले नभई काठमाडौंका श्रीबहादुर गुरुङले ठगी गरेको उनको दाबी छ । ‘उनीहरूलाई श्रीबहादुरले अस्ट्रेलिया र कोरिया पठाउने भनेको हो । उनीहरू (पीडितहरू) लखनउमा श्रीबहादुरसँगै एक महिनासम्म बसेका थिए,’ रोमनाथले भने, ‘श्रीबहादुर अन्जान मान्छे भएकाले चलाखी गरेर अनिलको बैंक खाता प्रयोग गरी पैसा उठाएका हुन् ।’ अनिलले भने वकिल राखेर लिखित कागज गरी पीडितबाट रकम बुझेका छन् । २०७९ कात्तिक १५ को लिखित कागजमा पठाउन नसके कात्तिक मसान्तभित्रै रकम फिर्ता गरिदिने भनिएको छ ।

 

रोमनाथले छोरा आफ्नो सम्पर्कमा नरहेको दाबी गरे । ‘दुई साता भयो अनिलसँग हाम्रो सम्पर्क छैन । यो केस हाम्रो काबुबाहिर छ । मिलाउन सक्ने मेरो हैसियत छैन,’ उनले भने । उक्त मुद्दामा श्रीबहादुर गुरुङ दुई महिनाअघि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट पक्राउ परेका उनलाई जिल्ला कारागार झापामा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अमेरिका पठाइदिने गिरोहमा संलग्न रहेका केशव दुलाल, सानु भण्डारीसहितको सञ्जालमा अनिलको पनि सम्पर्क रहेको स्रोतको दाबी छ । अनिलले अमेरिका पठाइदिने भनेर दमकका २५ जनाभन्दा बढीबाट ७ लाखभन्दा बढी उठाएको स्रोतको भनाइ छ । वैदेशिक रोजगार विभागले गत चैत २८ मा पक्राउ गर्ने पत्र जारी गरेपछि अनिल फरार भएका हुन् ।

 

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको अध्यक्षमा रोमनाथ ओली सर्वसम्मत

 

काठमाडौं । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको अध्यक्षमा रोमनाथ ओली सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।

 

प्रतिष्ठानको २१ औँ साधारण सभाबाट ओली सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो । ओली एमाले केन्द्रीय सदस्य तथा झापाको दमक नगरपालिकाका पूर्व मेयर समेत हुनुहुन्छ ।

 

साधारण सभाबाट महिला उपाध्यक्षमा सुमित्रा भण्डारी सर्वसम्मत हुनुभएको छ । यसै गरी कोषाध्यक्षमा कोसी प्रदेश सभा सदस्य होमबहादुर थापालाई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

 

अन्य पदाधिकारी र सदस्यको लागि भने आवश्यक सङ्ख्या भन्दा बढी उम्मेदवारी परेकोले निर्णय हुन बाँकी रहेको नवनिर्वाचित अध्यक्ष रोमनाथ ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय