
काठमाडौं ।
नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री गौरी मल्लले धरहरा त उठ्यो हामी नेपाली कहिले उठ्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छिन् ।
उनले सामाजिक संजाल मार्फत हामी नेपाली कहिले उठ्ने भन्दै ओलीलाई प्रश्न गरेकी हुन् । आज शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको समउद्घाटन गरेका छन् ।
वि.स. २०७२ बैशाख १२ गतेको भुकम्पले ढलाएको पुनर्निर्मित धरहराको समउद्घान गरेका हुन् ।
त्यही प्रसंगलाई लिएर अभिनेत्री गौरी मल्लले धरहरा पटकपटक ढलेर पनि यसपालि बलियो जग पाएको बताएकी छिन् ।
उनले धरहरा एक पटक पुनः शानले आफ्नो शिर ठाडो बनाउन सक्षम भएको बताएकी छन् ।
उनले धरहरा उठे पनि आफ्नो ओठमा गर्वको मुस्कान नरहेको सामाजिक सञ्जाल फेसबुक मार्फत बताएकी छन् ।
उनले देशको बर्तमान स्थिती नेपालीको जनजीवनलाई लिएर थुप्रै प्रश्न उठाएकी छन् ।
उनले धरहरा जस्तै नेपाल कहिले उठ्न पाउँला ? मेरा देशवासीको पनि धरहराको जस्तै त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ?
हरेक कोण कोण बाट गिराइसकिएको मेरो देशले शानले फेरी कहिले शिर उठाउन पाउने ? भनि प्रश्न उठाएकी छिन् ।
