काठमाडौँ – नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ ।

 

नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भूमिका खेलेको आरोपमा भैरहवामा बुधबार पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याइएको होकाठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं ल्याइएका उनलाई जिल्ला अदालत, काठमाडौँमा पेस गरेर अनुसन्धानका लागि म्याद लिइनेछ ।

 

छोरा सन्दीप पक्राउ परे लगत्तै उनका बुबा टोपबहादुरलाई पनि प्रहरीले काठमाडौं आउँदै गरेका अवस्थामा भैरहवाबाट नियन्त्रणमा लिएको छ । उनलाई पनि काठमाडौं ल्याइँदै छ।

 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भीआइपीहरु पक्राउ परिरहेका छन् ।

 

हिजो सचिव टेकनारायण पाण्डेले आत्मसमर्पण गरेका थिए, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय