सेग्मेन्टका स्कुटरमा चर्को प्रतिस्पर्धा,कुन ब्रान्डको कति पर्छ मुल्य ? पछिल्लो समय स्कुटर उत्पादक कम्पनीहरूले पावर र उत्कृष्ट डिजाइनलाई प्राथमिकतामा राख्न थालेपछि स्कुटरको क्रेज ह्वातै बढेको छ । पावरफुल र बोल्डनेसकै कारण स्कुटर सबैको रोजाइमा पर्न सफल भएको हो ।स्कुटरको पावर पनि बाइकसँग तुलना गर्न थालिएको विक्रेता कम्पनीहरू बताउँछन् । सुधारिएको सस्पेन्सन,आरामदायी सिट,पहिलाभन्दा ठूलो फ्यूल ट्यांक र बोल्ड लुक्सका कारण महिला–पुरुष दुवै स्कुटरतिर आकर्षित भइरहेको देखिन्छ ।

 

नयाँ प्रविधिसँगै पछिल्लो समय डिस्क ब्रेक,राम्रो सस्पेन्सन,पावरफुल इन्जिन,स्टाइलिस र लामो दूरीमा पनि सजिलै चलाउन सकिने हुँदा स्कुटरको माग बढेको विक्रेता कम्पनीहरु बताउँछन । पछिल्लो समय सबैको नजर स्कुटरमै पर्न थालेपनि सबै कम्पनीहरुले डिजाइनलाई परिमार्जित गरेका छन् ।

 

होन्डा,यामाहा, टिभिएस, सुजुकी, महिन्द्रा, अप्रिलिया, भेस्पा लगायत विभिन्न कम्पनीले १२५ सिसीको स्कुटर बजारमा ल्याइरहेका छन । बजारमा अहिले भेस्पा, यामाहा फेसिनो, यामाहा रे जेडआर, टिभिएस एनटर्क, होन्डा एभिएटर, होन्डा ग्राजिया, सुजुकी एक्सेसलगायत १२५ सिसीका स्कुटर लोकप्रिय छन ।

 

कुनैसमय होन्डा डिओले स्कुटर बजारमा एकाधिकर जमाएको थियो । अहिले पनि लोकप्रियता उस्तै छ । बिगत २ बर्ष अघिसम्म ११० सीसी सेग्मेन्टको माग बढी रहेकोमा त्यसयता पावरफुल सेग्मेन्टमा पर्ने १२५ सीसीको माग बढ्न थालेको हो ।

 

हाल यो सेग्मेन्टमा प्रायः सबैजसो ब्रान्डका स्कुटर उपलब्ध रहेपनि बजारमा चर्चा भने टीभीएस एनटर्क, होन्डा ग्राजिया र यामाहा रे जी आरको बढी छ । सर्बाधिक बिक्री हुने टप थ्री स्कुटरमा समेत यी स्कुटर समावेश छन् । यी सेग्मेन्ट अन्तर्गत हिरो, सुजुकी, अप्रिलिया र भेस्पा लगायत ब्रान्डका स्कुटरको समेत कारोबार हुँदै आइरहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

 

टीभीएस एनटर्क : टीभीएस एनटर्कले बजारमा स्कुटरलाई हेर्न नजर नै परिवर्तन गरिदिएको छ । पावरफूल इन्जिन र बोल्ड डिजाइनका कारण सबै उमेर समुहका मान्छेले यो स्कुटर मन पराउँछन । नेपाली सडकमा यो स्कुटर अहिले छ्यापछ्याप्ती देखिन थालेको छ ।

 

१२५ सीसी सेग्मेन्टमा मात्र नभई स्कुटर सेग्मेन्टमै सर्वाधिक बिक्री हुने मोडल हो टीभीएस एनटर्क । आकर्षक लुक्स, उच्चतम पावर, नवीनतम फिचर्स र बलियो तथा टिकाउ पार्टपूर्जाका कारण टीभीएस एनटर्क सर्बाधिक रुचाइएको मोडलमा पर्न सफल मानिन्छ । यो स्कुटरलाई नेपालमा जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ ।

 

रेगुलर, रेस र स्क्वाड एडिसनमा उपलब्ध रहेको यो स्कुटरको अधिकतम पावर ९.३८ पिएस र टर्क १०.५ एनएम रहेको छ ।प्रतिलिटर५६ किलोमिटर माइलेज दिने एनटर्कलेमा स्मार्ट कनेक्टेड फिचर्स, एलइडी डिआरएल र एलइडी हेडलाइट जस्ता फिचर्स उपलब्ध गराइएको छ । यो स्कुटरको मूल्य नेपाली बजारमा २ लाख १६ हजारदेखि २ लाख ७८ हजार रुपैयाँसम्म पर्छ ।

 

यामाहा रे जीआर : यामाहाका सुरुमा फेसिनो धेरै लोकप्रिय थियो । तर, अहिले एफआई र बोल्ड डिजाइनमा परिमार्जित गराएर बजारमा आएपछि युवा वर्गको अकर्षण त्यतै तिर छ ।

 

 

 

यामाहा रे जीआर स्ट्रिट ¥याली १२५ सीसी सेग्मेन्टमा टीभीएस एनटर्क र होन्डा ग्राजियापछि सर्बाधिक बिक्री हुने स्कुटरका गनिन्छ । नेपाली बजारमा एमएडब्लु इन्टरप्राइजेज बिक्री गर्दै आएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला ****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय