रुटिन अफ नेपाल बन्दको सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ र माेडल तथा कलाकार रियाशा दाहाल लगभग तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका छन्।

 

भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टरबीच भक्तपुरको जर्मन होम्समा यही २२ वैशाखमा विवाह हुन लागेको श्रोतहरूले जानकारी दिएका छन्।

 

रियाशा युट्यूबमा प्रसारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन्। उनले पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा व्यस्त थिए।

 

यता भिक्टर भने चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन्। ‘रुटिन अफ नेपाल बन्द’ पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय