काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा–२ मा उठेका रमेश खरेलले आफू पराजित भएर पनि जितेको बताएका छन् ।

 

आज आयोजित धन्यवाद कार्यक्रममा उनले आफू मधेसको ‘कोर एरिया’बाट लडेर जितेको बताए ।

 

यद्यपि उनी पराजित भएका थिए ।

 

“म मधेसको कोर एरियाबाट लडेको थिएँ । मैले २८०० मत ल्याएर जितेको छु । मैले ल्याएको भोट अर्गानिक हो,” उनले भने ।

 

उनले अहिले उपनिर्वाचनमा भएको जित देशको जित भएको पनि जिकिर गरे ।

 

“रवि र स्वर्णिमले मात्र जितेको होइन । देशले जितेको छ । हिमाल, पहाड, मधेसले जितेको छ,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय