गोरखा अस्पतालको वार्षिकोत्वस थियो । सोही अवसरमा आईसीयू सेवाको उद्घाटन गर्न देशका कार्यकारी प्रधानमन्त्री प्रचण्ड गोरखा पुगे ।

 

प्रधानमन्त्री जिल्ला आएको मेसोमा गोरखाका ‘अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम’ पनि सम्पन्न भयो । हेलिकप्टर चार्टर गरेर जम्बो टोलीसहित गोरखा पुगेका उनी ‘अत्यावश्यक कार्यक्रम’ सकाएर त्यही दिन काठमाडौं फर्किए ।

 

यसको ठिक १० दिनपछि उनी यही वैशाख ६ गते गोरखाको उत्तरी भेग चुनब्रुही गाउँपालिकाको छेकम्पारमा आयोजित ‘चुम श्याग्या शताब्दी महोत्सव-२०८०’ कार्यक्रम उद्घाटन गर्न पुनः जम्बो टोलीसहित गोरखा पुगे । यही अवसरमा ‘अगुवा कार्यकर्ता भेटघाट’ हुने नै भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय