काठमाडौं, १३ बैशाख । राष्ट्रिय युवा संघ, नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापामा भएको ढुंगामुडा प्रहारलगायतका क्रियाकलापको घोर विरोध एवम् भत्र्सना गरेको छ ।

 

युवा संघका अध्यक्ष क्षितिज थेबेले आज एक विज्ञप्ती निकाल्दै उक्त घट्नामा संलग्न दोषीहरुलाई यथाशिघ्र पक्राउ गरी कानूनी कारबाही गर्न माग समेत गरेका छन् ।

 

युवा संघले अध्यक्ष ओलीमाथिको आक्रमणको घोर निन्दा गर्दै उक्त किसिमको अराजक गतिविधिको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय