चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

 

इच्छामनकामनामा २४ सय ९२ मत गन्दा रविले ११५५ मत पाएका छन् । दोस्रोमा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र तेस्रोमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ५८८ पाएका छन्अहिले इच्छाकामना गाउँपालिका १ र ३ को मत गणना भएको हो । मंसिरको निर्वाचनमा यी वडामा रविलाई कम मत आएको थियो । चितवन २ मा ७८ हजार दुई सय ७७ मत खसेको छ ।संविधान बनाउने बेला स्थानीय तहका पदाधिकारीबारे स्पष्टसँग उल्लेख र व्याख्या नगर्दा उनीहरूलाई पाँचै वर्ष नेपाली जनताले बेहोर्नुपर्ने बाध्यता आइलागेको छ ।

 

नेपाली कांग्रेस, एमाले, माओवादीले संविधान बनाउँदा स्थानीय तहका जनप्रतिनिधिको सीमा के कति हुने, उदण्ड बनेर हिँडे कस्तो कारबाही हुने, के गर्दा पद रिक्त हुने भन्ने नलेखेकाले अहिले काठमाडौंमा बालेन्द्र साह बालेन र धरानमा हर्कराज राई साम्पाङको अराजकता बेहोर्न त्यहाँका जनता विवश छन्काठमाडौं महानगर प्रमुख बालेनले संघीय सरकारलाई नै चुनौती दिँदै सिंहदरबार, शीतल निवासको फोहोर उठाउन रोक लगाएका छन् ।

 

उनको सो उदण्ड शैलीको अराजकता चाहने वर्गले स्वागत गरे पनि विश्वभरि यसको आलोचना भइरहेको छ । महानगर क्षेत्रभित्रको फोहोर व्यवस्थापन गर्ने जिम्मा काठमाडौं महानगरपालिकाको हो ।

 

तर नदी किनारका सुकुम्बासीको घरटहरामा डोजर चलाउन अनुमति नदिएको भन्दै बालेनले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेकाले दुई साता बितिसक्दा फोहोरको डंगुर लागेको छ ।

 

सर्वोच्च अदालतले तीन दिनभित्र सिंहदरबार क्षेत्रको फोहोर उठाउन महानगरलाई अन्तरिम आदेश दिएको छ । तर मेयर बालेनले अब सर्वोच्च अदालतको फोहोर पनि नउठाउने धम्की दिएका छन् ।

 

यदि आजसम्म उनले फोहोर नउठाएमा अदालतको मानहानि मुद्दा पर्न सक्छ । अदालतको अवहेलना भएको ठहरमा बालेनलाई सजाय भएमा उनको पद के हुने भन्ने संविधानमा उल्लेख नै छैन ।

 

यस्तै, धरानका मेयर हर्कको उदण्डता अर्कै छ । उनले आफूसँगै निर्वाचित भएर आएका वडाध्यक्षहरूको राजीनामा मागेका छन् ।

 

स्थानीय तहमा मेयर मात्रै जनप्रतिनिधि हो कि वडाध्यक्ष पनि हुन् भन्ने हर्कले बिर्सेका छन् । चुनाव जितेर गएको एक वर्षसम्म पनि बालेन र हर्कराजले वडाध्यक्षहरूलाई हात लिन सकेका छैनन् ।

 

सम्बन्ध राम्रो छैन । त्यसैले उनीहरूको अराजकता अझै चार वर्षसम्म जनताले सहनुपर्ने अवस्था छ । दलीय जनप्रतिनिधिलाई पार्टीले बन्देज लगाए पनि स्वतन्त्र उम्मेदवारको अराजकताले सीमा नाघेको छ । । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय