तनहुँ-१ मा १२ वटामात्रै वडाको मतगणना बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्।

 

सोमबार साँझ ७ बजेसम्म ३० वडाको मतगणना सकिँदा वाग्ले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा ९ हजार ३४९ मतान्तरले अगाडि छन्।

 

तीस वडाका ४३ हजार ७१ मतगणना हुँदा वाग्लेले २२ हजार २६० मत ल्याएका छन्। हालसम्म गनिएको मतका आधारमा वाग्लेले प्राप्त गरेको मत ५१.६८ प्रतिशत हो।

 

यहाँ कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११ मत ल्याएका छन्। गणना भएको मतमध्ये उनले २९.९७ प्रतिशत मत ल्याएका छन्।

 

एमालेका उम्मेदवार सर्वेन्द्र खनालले कुल गणना भएको मतको १५.३० प्रतिशत अर्थात् ६ हजार ५९३ मत ल्याएका छन्।

 

कुन वडामा कसले कतिआबुखैरेनी-१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत पाएका छन्।

 

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत पाएका छन्।

 

आँबुखैरेनी-३ को २१७३ मतमध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् भने भट्टराईले ४०१ र खनालले १९१ मत ल्याएका छन्।

 

आँबुखैरेनी-४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाएका छन्।

 

आँबुखैरेनी-५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाएका छन्।

 

आँबुखैरेनी-६ को ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले १३० मत पाएका छन् मत पाए?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय