चितवनमा रबि लामिछानेले मंसिरमा भन्दा पनि धेरै मत पाउने संकेत !चितवन २ बाट सांसदका लागि उम्मेदवार बनेका रास्वपाका सभापति रबि लामिछानेले यो उपनिर्वाचनमा मंसिरमा भएको निर्वाचनमा भन्दा पनि धेरै मत पाउन सक्ने संकेत देखिएको छ ।

 

रबिले मंसिरमा भएको चुनाबमा आफू पछि परेका क्षेत्रबाट पनि भारी मत ल्याएका छन् । गएको मंसिरमा पनि रबि यही क्षेत्रबाट उम्मेदवार थिए र उनले देशमै सबैभन्दा धेरै मतान्तरले चुनाब जितेका थिए ।

 

मंसिरको चुनाबमा पनि गणनाको सुरुवात इच्छाकामना गाउँपालिकाबाट गरिएको थियो । इच्छाकामना गाउँपालिकाको गणनामा रबि दोस्रो भएका थिए । यहाँ एमाले पहिलो भएको थियो ।

 

तर यसपटक रबिले इच्छाकामना गाउँपालिकामै ठूलो अग्रता लिएका छन् । यो गाउँपालिकाको वडा नम्बर १ र ३ को गणना सकिँदा रबि लामिछानेले ११५५ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत छ । कांग्रेसका जितनारायण श्रेष्ठको ५८८ मत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय