एसीसी प्रिमियर कप: पानीले खेल रद्द, नेपाल सेमिफाइनलमाकाठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत नेपाल र साउदी अरबबीचको खेल रद्द भएको छ । वर्षाका कारण खेल रद्द भएसँगै दुई टीमले १/१ अंक बाँडेका छन् ।

 

। यो सँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।समूह ए को शीर्ष स्थानमा रहेको नेपालले दुई खेल र एक बराबरीसहित ५ अंक बटुल्दै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले आफ्नो अन्तिम खेल कतारसँग खेल्न बाँकी छ ।

 

 

अन्तिम खेलबाट समूह विजेता को हुने भन्ने टुंगो लाग्नेछ । नेपालले कतारसँग जित हासिल गरेको खण्डमा समूह विजेता बन्नेछ र अर्को समूहको उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।

 

यदि नेपालले कतारसँगको अन्तिम खेल हार्यो भने र दोस्रो स्थानमा रहेको ओमानले साउदीअरबसँगको अन्तिम खेल जित्यो भने नेपाल उपविजेता बन्नेछ र अर्को समूहको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

 

आज बिहानैदेखिको वर्षाका कारण टस हुन सकेको थिएन । दिउँसो २ बजेसम्म टस भए खेल सम्भव हुने भए पनि वर्षा रोकिने छाँट नदेखिएपछि खेल स्थगित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय