हार्दिक बधाई तथा शुभकामना स्वर्णिम वाग्ले तनहुँ बाट विजयी हुनुभएको छ।

 

शसस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए । केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन् । ती शसस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको स्थानीय बताउँछन् ।

 

‘शसस्त्र प्रहरीका जवानले केही दिन अगाडि मोबाइल खोसेको र उनी फरार रहेकाले आशंका बढेर गएको थियो ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको बताए । अहिले आरोपित शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको छ ।

 

माधवी : अस्तित्वको चक्रव्यूह

 

महाभारत कथामा माधवीको शौभाग्य उनको रुप र मातृत्वको तागतमा खोजिएको छ । परम्परागत संरचनाको खोलमा उकुसमुकुस माधवी जीवनभर स्वतन्त्र अस्तित्वको खोजमा छिन् । खोज्दा–खोज्दै स्वयं स्वतन्त्रताको परिभाषा बनेर उभिन्छिन् ।

 

आफ्ना मानिस फुक्काफाल भएर संसारमा घुमिरहँदा उनी कपडाको खोलमा बन्द छिन् । कस्तो लाग्दो हो ? उनले बाँच्न चाहेको संसार कस्तो होला ? आफ्नो अस्तित्वको परिभाषा कसरी खोजिरहेकी होलिन् ? बुर्काले छोपिएको शरीर, शरीरभित्र लुकेको उनको मन ! उनको मनको संसार ! केवल अनुमान गरेर फर्किएं । बोलिरहेको चाँदनी चोकबाट मेरा आँखा परपर हुँदै गए । हरियाणा पुगें । दिनले चोला फेर्‍यो । मनको दृश्य फेरिएन । मनको चोकमा ती महिला बसिरहिन् ।

 

यतिबेला हप्प छ । मध्याह्नको घाम छ । हरियाणाको तातो बाफले हपक्क पारेको छ । ममता मेहरोत्राको ‘महाभारतकी माधवी’ नामक पुस्तकका पाना पल्टाउन थाल्छु । माधवी महाभारतकी एक युगान्तकारी पात्र हुन् । उनको प्रसंग महाभारतको उद्योग पर्वमा छ । माधवीको चर्चाबिना महाभारत–कथा अपुरो हुन्छ ।

 

राजा यायातीकी परमसुन्दरी छोरी हुन्– माधवी । उनलाई दुई वरदान प्राप्त छन् । पहिलो उनी चार यजस्वी चक्रवर्ती पुत्रहरूका आमा बन्नेछिन् । दोस्रो प्रत्येक पुत्र प्राप्तिपछि उनको चिर यौवन फर्किनेछ । उनी पुनः कुमारी युवती बन्नेछिन् । महाभारतको यस कथामा माधवीको शौभाग्य उनको रूप र मातृत्वको तागतमा खोजिएको छ । माधवीको अस्तित्व यही वरदानमा विलीन छ । स्वअस्तित्वको खोजमै माधवीको सम्पूर्ण जीवन समर्पित छ ।

 

परम्परागत संरचनाको खोलमा उकुसमुकुस भएकी माधवी जीवनभर स्वतन्त्र अस्तित्वको खोजमा रहन्छिन् । खोज्दा–खोज्दै उनी स्वयं स्वतन्त्रताको परिभाषा बनेर उभिन्छिन् ।

 

चाँदनी चोकमा देखिएकी महिलाको मनको बात मैले जान्न सकिनँ । उनले बोलेको सुनिनँ । पानाहरूमा माधवी बोलिरहेकी छिन् । बोलेरै बोलिरहेकी छिन् । नबोलेर झन् बोलिरहेकी छिन् । पुस्तकका हरेक पाना मभित्र स–साना परकम्प छोड्दै बिदा हुन्छन् । माधवीले उठाएको अस्तित्वको प्रश्न खिलझैँ मनमा रोपिन्छ ।

 

अन्त्यहीन भुमरी

 

माधवीको सौन्दर्य–तेजमा चन्द्रमा हार खान्छ । सौन्दर्यको यस्तो शक्ति छ, तीन लोकमा कम्पन ल्याइदिन्छ । उनलाई प्राप्त भएको बरदान छ उस्तै शक्तिशाली । ऋषिहरूले भनेका छन्– उनी चार चक्रवर्ती राजाकी आमा बन्नेछन् । तेजस्वी पराक्रमी हुनेछन् उनका सन्तान । एक स्त्रीको ललाटमा लेखिने योभन्दा शक्तिशाली भाग्य के हुन्छ ? के हुन्छ लोकमा योभन्दा उज्यालो विषय ? माधवी र उनका पिता दुवैलाई लाग्छ– माधवीको अस्तित्व भन्नु मात्र यत्ति हो ।

 

पर कतै जंगलमा एक ब्राह्मण गालब गुरु विश्वामित्रबाट ज्ञान लिइरहेका छन् । विश्वामित्रजस्ता तेजस्वी गुरुबाट पाएको ज्ञानले चेला गालब कृतज्ञ हुन्छन् । यो महाज्ञानको मूल्य के गरी तिर्ने होला ? सोचमा पर्छन् गालब । गुरुसँग बिन्ती गर्छन् । गुरुदक्षिणा माग गरिदिन अनुनयविनय गर्छन् ।

 

विश्वामित्र ज्ञानको मूल्य लिन इन्कार गर्छन् । गालबको हठसामु विश्वामित्रको केही लाग्दैन । उनी गालबलाई भनिदिन्छन्, ‘आठ सय सेता घोडाहरू, चन्द्रजस्ता उज्याला, हरेकको एक कान कालो होस् । यस्ता घोडाहरू मलाई दिनु ।’ गुरुको माग सुनेर गालबको होस उठ्छ । आफ्ना माग राखेपछि विश्वामित्र आँसु झार्दै बाटो लाग्छन् । उनलाई पनि थाहा छ, लोकमै एक दुर्लभ माग हो यो । गालबको समस्याका दिन सुरु हुन्छन् । गालब आफ्ना मित्र गरुडको सहायतामा राजा यायातीको दरबार पुग्छन् ।

 

दरबारमा एक ब्राह्मण आयो । अनि असम्भव माग राखिदियो । यायातीको ओठतालु सुक्छ । ब्राह्मणलाई खालि हात कसरी फर्काउनु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय