बागलुङको काठेखोला गाउँपालिका–१ एकपाटामा जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।

 

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका हुन। ३–०१–००३ च ८६२५ नम्बरको जीप काठेखोला गाउँपालिका–१ एकपाटामा आईतबार बिहान दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी जीपमा सवार गलकोट नगरपालिका–३ हटियाकी नितु श्रेष्ठ, बिरबल श्रेष्ठ, कृष्ण श्रेष्ठ र चालक अविशेक श्रेष्ठ घाइते भएका छन् ।

 

 

उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । केसीका अनुसार घाईते चारै जनाको अबस्था सामान्य छ । जीपको ब्रके फेल भएर मध्यपहाडी लोकमार्गदेखि दश मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय