शनिबार , बैसाख २२, २०८१

जब मेयरले पसलका सामान सडकमा फ्याँकिदिए…

 

 

वैशाख ९, २०८०

 

अछाम — महोत्तरीका ५८ वर्षीय भोला चौधरी ३२ वर्षदेखि सुदूरपश्चिममा व्यापार व्यवसाय गर्दै आएका छन् । १० वर्ष डोटीमा ब्यापार गरेका भोला २२ वर्षदेखि अछामको सदरमुकाम मंगलसेनमा छन् ।

 

भोलाले मंगलसेनको बीच बजारमा तरकारी र किराना पसल चलाउँदै आएका छन् । उनकै पसलको बाहिर राखिएको तरकारी र फलफूल मंगलसेन नगरपालिकाका मेयर पदम बोहराले शुक्रबार एकाएक सडकमा फ्याँकेपछि अहिले सामाजिक संजाल तातेको छ ।

 

मंगलसेन नगरपालिकामा दोस्रो पटक पनि निर्वाचित भएका मेयर बोहराले फलफूल र तरकारी सडकमा फ्याँकेपछि विरोध भइरहेको छ । मंगलसेन नगरपालिकाले तरकारी, फलफूल र मासु पसल संचालनका लागि छुट्टै स्थान तोकेको र पटकपटक अटेर गरेपछि बाध्य भएर सामान नै सडकमा फाल्नुपर्ने अवस्था आएको मेयर बोहराले बताए ।

 

‘बजारमा तरकारी व्यवसाय गर्दै आएका सबै व्यापारी नगरपालिकाले संचालन गर्दै आएको ठाउँमा गएका छन् । भोलाजीले पटकपटक नगरपालिकाको निर्णय अटेर गरे । नियम सबैका लागि बराबर हुन्छ , उनको सामान यसअघि ५ पटक जफत गरेका हौं, पटकपटक चिठी पठाउँदा पनि मानेनन्,’ बोहराले भने ,‘घरेलु तथा साना उद्योग कार्यालयले पनि नियम मिचेको भन्दै १० हजार जरिवाना गराएको थियो ।’

 

शुक्रबार मंगलसेन नगरपालिका ४ का अध्यक्ष नाम सिंह धामी र आफूसँगै भएको बेला तरकारी बजारमा जान सुझाएको बेला चौधरीले तथानाम गाली गरेको मेयर बोहरा बताउँछन् ।

 

‘भोलालाई सम्झाउँदै गर्दा एकाएक तथानाम गाली गरे । त्यसपछि त्यो सामान रिसले नै फालेको हुँ,’ उनले भने ,‘पहिले पनि म नगर प्रमुख भएको बेला धेरै पटक सम्झाएको हुँ । यहाँ काम गर्न कठिन छ । मंगलसेन बजारलाई व्यवस्थित बनाउन लागेको हौं । कोही पनि सहयोग गर्दैनन् ।’

 

पहिलो कार्यकालमा नगर प्रहरी भर्ना गर्नका लागि आवेदन दिए पनि अहिलेसम्म प्रक्रिया अगाडि नबढाएको उनी बताउँछन् । ‘ब्यापारी अटेर गर्ने भए । अब तत्काल नगर प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने ।

 

व्यवसायी भोला चौधरीले भने ७७ हजार बराबरको तरकारी र फलफूल मेयरले सडकमा फ्याँकेको बताएका छन् । तर अरु व्यवसायीको फलफूल तथा सामान भने मेयरले केही नगरेको भन्दै आफूमाथि पूर्वाग्रह राखेको उनको गुनासो छ ।

 

‘यहाँ म मात्रै यसरी ब्यापार गरिहेको होइन, अरु पनि छन् तर पूर्वाग्रही ढंगले मेयर पदम बोहराले मेरो सामान सडकमा मिल्काए,’ उनले भने ,‘ मैले कसैलाई तथानाम गाली गरेको छैन । यो सबै आरोप मात्रै हो ।’

 

आफू अन्य व्यापारी जस्तै मण्डी जान तयार भएको तर नगरपालिकाले मण्डी व्यवस्थापन नगरेको उनले गुनासो गरे । ‘मण्डीमा भाडा मात्रै महंगो छ ।

 

अन्य सेवा सुविधा केही छैन । नगरपालिकाले मलाई मात्रै दोषी देख्यो । मेरो सामान सडकमा फालियो । मलाई कुनै मौका नदिएर ममाथि अन्याय गरे,’ उनले भने , ‘नियम सबैलाई लागू हुनु पर्ने हो । तर मलाई मात्रै किन यसो गरियो बुझ्न सकेको छैन ।’

 

Last Updated on: April 22nd, 2023 at 9:51 pm

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

 

चितवनबाट आयो दु:खद खबर, मतदान स्थगित, यस्तो रहेछ वास्तविक कारण

 

बारामा बुध कब्जा, प्रहरीका पुर्व एआइजी खरेर र सिकेको पनि केही सीप चलेन

 

भर्खरै तनहुँबाटा आयो कसैले नसोचेको खबर, स्वर्णिम र सर्वेन्द्रले भोट हाल्नै पाएनन

 

भर्खरै तनहुँबाट आयो खुसीको खबर, स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्निम वाग्लेले गरे यस्तो घोषणा

 

भर्खरै चितवनबाट आयो खुसीको खबर, १०४ बर्षको आमाले गरिन यस्तो घोषणा

 

भर्खरै अख्तियारले भेटायो नसोचेकै तथ्य, शक्तिशाली नेताहरुकै संलग्न, कसैलाई नछाड्ने प्रचण्डको घोषणा

चर्चित समाचार

१.

चितवनमा रबीले भोटै हाल्न पाएनन, यस्तो छ वास्तविक कारण

 

२.

भर्खरै चितवनबाट आयो खुसीको खबर, १०४ बर्षको आमाले गरिन यस्तो घोषणा

 

३.

भर्खरै तनहुँबाट आयो खुसीको खबर, स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्निम वाग्लेले गरे यस्तो घोषणा

 

४.

बालेनले नै खाए फ्लप, बालेनलाई उछिन्दै यी अर्का मेयरले १० डोजर लिएर मिनेटमै सखाप पारे बस्ती

 

५.

बाप्रे प्रचण्डको अर्को चमत्कार, हेर्नुस उपत्यकामै भयो यस्तो काम, जिते ३ करोड नेपालीको मन

 

६.

एक्कासी मृत्यु भयो नेपालका लागि ३३ बर्ष दुख गर्ने अन्टोनियाको, कारण सुन्दा विश्व नै दुखित

 

७.

समाज भाँड्ने अराजकहरु ठिक पार्न प्रचण्डले लाए नयाँ ट्रीक, ज्ञानेन्द्र शाही नै आत्तिए

 

८.

आत्मह’त्या गर्नुअघि शालिकरामको त्यो १२ घण्टा, आखिर के भएको थियो ?

 

९.

चितवनबाट आयो दु:खद खबर, मतदान स्थगित, यस्तो रहेछ वास्तविक कारण

job vacancy

 

ताजा अपडेट

चितवनबाट आयो दु:खद खबर, मतदान स्थगित, यस्तो रहेछ वास्तविक कारण

बारामा बुध कब्जा, प्रहरीका पुर्व एआइजी खरेर र सिकेको पनि केही सीप चलेन

भर्खरै तनहुँबाटा आयो कसैले नसोचेको खबर, स्वर्णिम र सर्वेन्द्रले भोट हाल्नै पाएनन

भर्खरै तनहुँबाट आयो खुसीको खबर, स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्निम वाग्लेले गरे यस्तो घोषणा

भर्खरै चितवनबाट आयो खुसीको खबर, १०४ बर्षको आमाले गरिन यस्तो घोषणा

भर्खरै अख्तियारले भेटायो नसोचेकै तथ्य, शक्तिशाली नेताहरुकै संलग्न, कसैलाई नछाड्ने प्रचण्डको घोषणा

चितवनमा रबीले भोटै हाल्न पाएनन, यस्तो छ वास्तविक कारण

आत्मह’त्या गर्नुअघि शालिकरामको त्यो १२ घण्टा, आखिर के भएको थियो ?

महिलालाई आक्रमण गर्ने बाघलाई च्याप्पै छोपेर ल्याइयो काठमाडौ, यस्तो छ वास्तविक कारण

बालेन भन्दा झन अराज बने मेयर पदम, एक्कासी पसलका सामान सडकमा फालेपछी सबै चकित

SkyLight Khabar

द्वारा संचालित नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हलपल ताजा समाचार उपलब्ध गराउने छौ ।

ताजा अपडेट

चितवनबाट आयो दु:खद खबर, मतदान स्थगित, यस्तो रहेछ वास्तविक कारण

बारामा बुध कब्जा, प्रहरीका पुर्व एआइजी खरेर र सिकेको पनि केही सीप चलेन

भर्खरै तनहुँबाटा आयो कसैले नसोचेको खबर, स्वर्णिम र सर्वेन्द्रले भोट हाल्नै पाएनन

भर्खरै तनहुँबाट आयो खुसीको खबर, स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्निम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय