शुक्रबार , बैसाख १४, २०८१

गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन : विश्वप्रकाश शर्माकाठमाण्डाै –

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेकाे आराेपका पक्राउ परेकालाई युवालाई थुनामा राख्न नमिल्ने बताउनुभएकाे छ ।

आज मङ्गलवार ट्वीट गर्दै महामन्त्री शर्माले लाेकतान्त्रिक गणतन्त्रमा विराेध गर्नेकाे मुख थुन्न या थुनामा राख्न नमिल्ने बताउनुभयाे । प्रहरीले युवाकाे

मुख थुनिरहेकाे दृश्य दुःखद र आपत्तिजनक रहेकाे उहाँले ट्विटरमा लेख्नुभएकाे छ । महामन्त्री शर्माले थुनामा रहेका युवालाई तत्काल रिहा गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गर्नुभएकाे छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू, लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन ।

प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो ! आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु’, शर्माले ट्विटरमा लेख्नुभएको छ ।

गएकाे चैत ७ गते प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी हुन नयाँ बानेश्वरमा गएका बेला तीन जना युवाले उहाँविरुद्ध नाराबाजी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेकोमा उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि हिजाे साेमवार जेल चलान भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय