शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं

काठमाडौं उपत्यकामा सेमी लकडाउन, सार्वजनिक यातायात, सपिङ मल, रेष्टुरेन्ट समेत बन्द हुने !

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सेमी लक डाउनको प्रस्तावमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू परामर्शमा जुटेका छन्।

उपत्यकामा कोरोनाभाइरस संक्रमण जटिलतातर्फ उन्मुख भएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका हुन् ।

भाइरस रोकथामका लागि निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेबारे बैठकमा छलफल हुने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

गृहसचिवसँग समन्वय गरेर आज बेलुकासम्म एउटा टुंगोमा पुग्ने जानकारी दिँदै काठमाडौं प्रजिअ पराजुलीले उपत्यकामा भाइरस संक्रमण ब्यापक बढेको निष्कर्षमा आफूहरु पुगेको जानकारी दिए ।

‘आज नै गृहसचिवसँग छलफल गरेर बेलुकासम्म केही निर्णय हुन्छ’ पराजुलीले भने ।सार्वजनिक यातायात बन्द गर्ने, सपिङ मल, रेष्टुरेन्ट समेत बन्द गर्ने बारेमा समेत छलफल हुने उनले जानकारी दिए ।

सरकारले यसअघि नै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकाका तीन जिल्लासहित मुलुकका ९ सहरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । आजै ५ बजे मन्त्रिपरिषद् बैठक समेत बस्दैछ ।

मन्त्रिपरिषद् बैठकले भाइरस रोकथामका लागि नयाँ प्रतिबन्धहरु घोषणा गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय