शुक्रबार , बैसाख १४, २०८१

खान सकिन्छ। जापान जस्तो औद्योगिक मुलुकमा सोवाको उत्पादन गरेर विदेशमा समेत निर्यात गरेको देखिन्छ भने हामीले पनि प्रशस्त फापर उत्पादन

गरी नेपाललाई विश्वको प्रमुख फापर उत्पादक मुलुकको रुपमा चिनाउन सकिन्छ। फाइबर र एन्टिअक्सिडेन्टले भरपुर फापर जस्ता खानेकुराहरुको लोकप्रियता फंग्सनल फुडको रुपमा पश्चिमी मुलुकहरुमा बढेकाले नेपालको फापरले अन्तर्राष्ट्रिय बजारमा नाम र दाम कमाउन सक्छ।

किन खाने फापर? फापर मिनेरल, भिटामिनको राम्रो स्रोत मानिन्छ। त्यति मात्र होइन, यसमा कार्बोहाइडेड, फाइबर, प्रोटिन, सुगर, चिल्लो पदार्थ र

पानीको मात्रा पनि पाइन्छ। १०० ग्राम फापरमा ३४३ क्यालोरी हुन्छ भने १० प्रतिशत पानी रहेको पाइन्छ। फापर ग्लुटिनरहित हुने हुँदा यो खाना धेरैका लागि औषधि सावित भएको छ।

फापर उच्च रक्तचाप हुनेका लागि पनि अत्यन्त राम्रो खाना मानिएको छ। मुटुसम्बन्धी समस्या हुनेले पनि नियमित फापर खाँदा फाइदा पुर्‍याउँछ। नियमित

फापर सेवन गर्नेलाई अन्यलाई भन्दा क्यान्सर लाग्ने जोखिम कम हुन्छ। डाइबिटिजको रोगीलाई सन्तुलन राख्न मद्दत गर्छ र खाना पचाउने काममा पनि सहयोगी सावित हुन्छ।

फापरको प्रयोगले ग्यालस्टोन हुनबाट पनि धेरै हदसम्म सहयोगी साबित हुन्छ। हड्डीसम्बन्धी समस्या आउन नदिन पनि नियमित फापरका परिकार सेवन गर्दा

उत्तम मानिन्छ। आइरनको कमीले हुने अनेमियालाई पनि फापरको नियमित प्रयोग रोकथाम पुर्‍याउँछ। फापरमा भिटामिन ई र म्याग्नेसियम प्रशस्त पाइने हुँदा बच्चामा आस्थामा हुनबाट धेरै हदसम्म बचाउँछ।

फापरबाट केके बनाउन सकिन्छ? फापर गरिबको खाना भए तापनि धनीका लागि साँचिक्कै औषधि साबित भएको छ। फापरबाट हाम्रो देशमा कयौं लोक खानाहरु बनाउन सकिन्छ भने विदेशमा पनि यसका परिकार कयौं छन्। फापरको कलिलो साग उसिनेर भटमासको छोप हालेर सादेर खाँदा पनि अति नै स्वादिष्ट हुन्छ। साग पकाएर खाँदा पनि तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ।

फापरको पिठोबाट ढिँडो बनाई खाँदा पनि स्वादिष्ट हुन्छ। फापरको पिठोको सेल–रोटी, बाबर, फुरौला पनि बनाउन सकिन्छ। तिते फापरको परिकार बनाएर खाँदा हल्का तितो हुने भएकोले केटाकेटीहरुले मन नपराउने र फापरको परिकारहरुमा नव युवाहरुको ध्यान नजानाले लोप हुन थालेको छ। तर मिठे फापरभन्दा तिते फापर स्वास्थ्यवद्र्धक मानिन्छ।

टिते फापरको पिठो र कोदोको पिठो मिसाएर ढिँडो बनाएमा अत्यन्त नरम हुन्छ। चाडपर्वमा मात्र नभई जुनसुकै बेलामा पनि खाजा वा खाना खान मिल्ने फापरलाई हेपिएको बालीको रुपमा लिएको पाइन्छ। मकै, कोदो, धान लगायत अन्य बालीलाई जस्तो गोडमेल गर्नु नपर्ने खनजोत गरेर छरे पुग्ने फापर अहिले छर्न छोडिएको छ तर यसको मह्त्व र माग सहरी क्षेत्रमा दिनानुदिन बढ्दो छ।

मुलुकका सहरी क्षेत्रमा होस या विदेशमा फापरका धेरै आधुनिक खाना बन्न थालेका छन्। फापरबाट चाउचाउ, प्यान केक, बिलिनी, जापानिज सोवा नुडल्स, डोसा, पकौडा, सलाद, सुप, बकव्हिट ब्राउनी, ग्लुटिन फ्री स्विट्स, कुकिज, मफिन, पिज्जा आदि परिकार बन्छन्। धनीहरुले औषधि मानेर खाने हुनाले अहिले ५ तारे होटलको मेनुमा पनि फापरका थुप्रै परिकार समावेश गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय