आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले लिएको २८ फागुनको निर्णय फिर्ता गर्न माग गरेका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग बिहीबार बेलुकी भएको डिनर मिटिङमा आफूले यस्तो धारणा राखेको गौतमको सचिवालयले जनाएको छ।

“९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो।

मैले गत फागुन २८ गते तपाईंले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें,” गौतमले लेखेका छन्, “उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो।

त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ। डिनर चल्दै थियो, नमस्कार गरेर म बिदा भएँ।”

यो डिनर मिटिङको विषयमा प्रधानमन्त्री सचिवालयको भने प्रतिक्रिया आइसकेको छैन।

यो पनि पढ्नुहोस् ।

१९ सदस्यीय एमाले स्थायी कमिटीमा सबै पुरुष

नेपाल कम्युनिष्ट पार्टी (एमाले) दशौं महाधिवेशन आयोजक समितिले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा माधव नेपाल पक्षका नेताहरू  परेका छैनन् ।

यो कमिटीमा सबै पुरुष छन् । कानूनतः ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनैपर्ने भए पनि सत्तारुढ दलको स्थायी कमिटीमा एक जना पनि महिला नअटेपछि यसको विरोध हुन थालेको छ ।

यो निर्णयबारे लेखक अमृता लम्सालले लेखेकी छन्, “एमाले पार्टीमा दिलोज्यान दिएर राजनीति फल्न फुलाउन सहयोग गर्नुहुने, एमालेका सम्पूर्ण महिला सदस्य र कार्यकर्ताहरूलाई बधाई तथा शुभकामना, जे होस्, ‘आफू मिटाइ अरूलाई दिनु जहाँ छ’ उक्ति चरितार्थ भएको छ।”

१ केपी शर्मा ओली

२ वामदेव गौतम

३ ईश्वर पोखरेल

४ रामबहादुर थापा बादल

५ विष्णु पौडेल

६ सुवास नेम्वाङ

७ शंकर पोखरेल

८ प्रदीप ज्ञवली

९ लेखराज भट्ट

१० टोपबहादुर रायमाझी

११ सत्यनारायण मण्डल

१२ विष्णु रिमाल

१३ छविलाल विश्वकर्मा

१४ पृथ्वी सुब्बा गुरुङ

१५ रघुवीर महासेठ

१६ किरण गुरुङ

१७ केशव बडाल

१८ पुष्पराज कँडेल

१९ मणि थापा

himalkhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय