राजनीति

आफ्नैबाट धोका पाएपछि पुर्वमाओवादीहरुले एमालेबाट सामुहिक राजिनामा दिने तयारि, दुई सचिव प्रचण्डको पक्षमा !

 

प्रकाशित मिति: २४ फागुन, काठमाडौं, बुधबार

 

नेकपा एमालेका दुई सचिव प्रचण्डको पक्षमा !

 

काठमाडौं। नेकपा एमालेका दुईजना पदाधिकारीले द्वन्द्वकालीन मुद्दाहरू अदालतमा दर्ता गरे त्यसले जटिलता थप्ने बताउँदै पूर्व कमान्डर प्रचण्डको बचाउ गरेका छन्।

 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष अघि बोलेको कुरालाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि उनीहरूको यो धारणा बाहिर आएको हो।

 

एमाले सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्टले विस्तृत शान्ति सम्झौता विरुद्ध गए अर्काे द्वन्द्व सुरु हुने भन्दै अदालतमा मुद्दा दर्ताको विषयलाई विस्तृत शान्ति सम्झौताको मर्म विपरित भएको भनेका छन्। उनीहरूले सार्वजनिक अभिव्यक्ति दिन थाले पनि एमाले पार्टी भने यो विषयमा केही नबोल्ने पक्षमा देखिन्छ।

 

प्रधानमन्त्री प्रचण्डका विरुद्ध मंगलबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । यो विषयमा माओवादी धारका पूर्व नेताहरूले सशक्त प्रतिवाद गरेका छन्। नेपाली कांग्रेसले पनि त्यसलाई गलत भनेको छ भने नेकपा एमाले मौन छ।

 

तर, पार्टी मौन बस्दा पनि पार्टीका सचिवद्वयय रायमाझी र भट्ट भने बोलेका छन्। तर, एमालेका उपाध्यक्ष रहेका जनयुद्धका अर्का कमान्डर रामबहादुर थापा बादल भने यो विषयमा चुप छन्।

 

माओवादी धारका नेताहरू प्रचण्डसहित डा.बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला, गोपाल किराँती, आहुतीलगायत नेताहरूले यो विषयलाई गम्भीरताका साथ लिनुपर्ने भन्दै आएका छन्।

 

यसरि, ७ तरिका : बालबच्चाका लागि यसरी छनोट गरौं विद्यालय

 

नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा अभिभावकहरू आफ्ना छोराछोरीलाई विद्यालय भर्नाको तयारीमा छन् । कतिपय अभिभावक पुरानै विद्यालयमा भर्ना गर्ने सोचमा छन् भने कतिपय भने विद्यालय परिवर्तन गर्न चाहन्छन् ।

 

विद्यालय परिवर्तन गर्ने सोच बनाएका अभिभावकहरू कसरी राम्रो स्कुल रोज्ने भन्ने दुविधा हुन सक्छन् । आमाबाबुले आफ्नो बच्चाको भविष्य राम्रो होस् भन्ने चाहन्छन् । बच्चाको भविष्य राम्रो बनाउन महत्त्वपूर्ण कुरा बच्चाको शिक्षा हो ।

 

किनभने बच्चाको पालनपोषण बाहेक शिक्षाले उसको राम्रो भविष्य निर्माण गर्न सक्छ । त्यसैले बच्चाको लागि विद्यालय छनोट गर्नुअघि अभिभावकले धेरै कुरामा ध्यान दिनुपर्छ । विद्यालय विद्यार्थीका लागि भएकाले अभिभावकले सबैभन्दा पहिले बच्चाको राय बुझ्न आवश्यक भएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् ।

 

‘बच्चालाई अहिले पढिरहेकै विद्यालय पढ्न मन छ कि परिवर्तन गर्न मन छ ? भनेर सोध्नुपर्छ,’ उनी भन्छन्, ‘विद्यालय छनोट गर्दा आफ्नो बच्चाहरू कस्तो खालको विद्यालयमा पढ्न चाहन्छन् । विद्यालयमा कस्तो सुविधा चाहन्छन् भन्ने कुरालाई अभिभावकले ख्याल गर्नुपर्छ ।’

 

विद्यार्थी अनुकूल वातावरण हुनुपर्छ: अभिभावकले विद्यालय छान्दा विद्यार्थी अनुकूल वातावरण भएको विद्यालय छान्नुपर्छ । बच्चाको रुचि पढाइमा धेरै छ भने पढाइलाई बढी महत्त्व दिने विद्यालय छनोट गर्नुपर्छ । तर यदि तपाईंको बच्चा पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय छ भने त्यही अनुसारको विद्यालय छनोट गर्नुपर्ने मनोरम प्रि-स्कुलकी प्रधानाध्यापक सम्झना केसी बताउँछन् ।

 

विद्यालयमा तपाईंको बच्चाले पढ्न चाहेको विषय छ कि छैन ? प्रयोगात्मक विधिबाट पढाइन्छ कि पढाइन्न ? भन्ने कुरा बुझ्नु पर्छ । साथै अतिरिक्त क्रियाकलापलाई पनि समेट्न सक्ने विद्यालय छनोट गर्न केसी सुझाउँछिन् ।

 

विद्यालयको अवलोकन गर्नुपर्छ: अभिभावकले बच्चालाई विद्यालयमा भर्ना गर्नुअघि आफैं गएर विद्यालयको अवलोकन गर्नुपर्छ । विद्यालयको वातावरण कस्तो छ ? शिक्षकहरू कस्ता छन् ? फुड कल्चर कस्तो छ ? लगायतबारे बुझ्नुपर्छ । केसी भन्छिन्, ‘विद्यालयको प्रत्यक्ष अवलोकन गर्दा विद्यालयको बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ ।’

 

शुल्कमा ध्यान दिनुपर्छ

 

अक्सर अभिभावकहरू सोच्छन् कि महंगो स्कुलले मात्र राम्रो शिक्षा दिन सक्छ । तर महंगो शुल्क तिर्दैमा त्यो विद्यालय राम्रो हुन्छ भन्ने हुँदैन । बच्चालाई महंगो विद्यालयमा भर्ना गर्दा, तपाईंको बच्चाले विद्यालयमा शुल्क जस्तै सुविधा पाउनुपर्छ ।

 

त्यसैले यसका लागि शुल्कको आधारमा केही विद्यालयलाई सूचीमा राखेर तुलना गर्नुपर्ने शिक्षाविद् कोइराला सुझाउँछन् । ‘त्यो शुल्क तिर्न तपाईंको आयस्रोतले भ्याउँछ कि भ्याउँदैन भन्ने कुरा पनि ध्यानमा राखेर विद्यालय चयन गर्नुपर्छ,’ उनी भन्छन् ।

 

बच्चाको सुरक्षामा सचेत हुनुपर्छ: बच्चाहरू विद्यालयमा लगभग ६-७ घण्टा बस्छन् । त्यो समयमा बच्चाको सुरक्षाको बारेमा पनि सचेत हुनुपर्छ । बच्चाको सुरक्षाको लागि विद्यालयले कस्तो व्यवस्था गरेको छ भन्ने कुरामा ध्यान दिनुपर्ने मनोरम प्रि-स्कुलकी प्रधानाध्यापक केसी बताउँछिन् ।

 

‘खेल मैदान बच्चामैत्री छ कि छैन ? शौचालय बच्चामैत्री छ कि छैन ? अभिभावकबाहेक अरू कसैले बच्चा लिन जाँदा विद्यालयले पठाउँछ कि पठाउँदैन ? लगायतका जानकारी लिएर मात्र विद्यार्थी भर्ना गर्नु उपयुक्त हुन्छ,’ उनी सुझाउँछिन् ।

 

पढाइको प्रणालीबारे जानकारी लिनुपर्छ: विद्यालयको शिक्षा प्रणालीबारे जानकारी लिनु उत्तिकै जरुरी छ । बच्चालाई कसरी कक्षा दिइन्छ, गृहकार्य कति दिइन्छ, विद्यालयले विगतका शैक्षिक क्षेत्रमा गरेको प्रगति, विद्यालयको विगतको नतिजा, पढाइने शैली, शिक्षक-शिक्षिकाको व्यवहारबारे जानकारी लिनु जरुरी रहेको शिक्षाविद् कोइराला बताउँछन् ।

 

विद्यालयको वार्षिक क्यालेन्डर हेर्नुपर्छ : केसीका अनुसार बच्चालाई विद्यालय भर्ना गर्नुअघि विद्यालयको वार्षिक क्यालेन्डर पनि हेर्नु जरुरी छ । घरमा बच्चा हेर्न परिवारमा अन्य सदस्य छन् भने त समस्या हुँदैन । तर अहिले प्रायः सबै अभिभावक व्यस्त हुन्छन् ।

 

यस्तोमा बच्चाको बिदा धेरै हुन्छ त्यो समयमा अभिभावकको बिदा छैन भने समस्या हुन्छ । त्यसैले बच्चाको विद्यालयको वार्षिक क्यालेन्डर र अभिभावकको कार्यालयको वार्षिक क्यालेन्डर हेरेर विद्यालय छनोट गर्दा सहज हुन्छ ।

 

विद्यालयको बारेमा प्रतिक्रिया लिनुपर्छ: कुनै पनि विद्यालयमा बच्चालाई भर्ना गराउनुअघि त्यो विद्यालयको बारेमा प्रतिक्रिया लिनु उचित हुने केसी सुझाउँछिन् ।

 

त्यो विद्यालयमा अध्ययनरत वा उक्त विद्यालयबाट अध्ययन गरेका बालबालिका तथा अभिभावकसँग विद्यालयको बारेमा सोध्नुपर्छ । उनीहरूले विद्यालयको बारेमा भनेका कुराले विद्यालयको बारेमा धेरै जानकारी सही रूपमा प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय