भर्खरै प्रधानमन्त्री प्रचण्ड लाई गाडि बाट थुतेर गरे रामधुलाई प्रहरी ले गोलि चलाउदा पाच जना धाईते हेर्नुहोस भिडियो सहितनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

 

 

नेपालले आफुहरुले चाहे मुलुकको राजनीतिक कोर्ष परिवर्तन हुनसक्ने बताएका छन् ।

 

 

सोमबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई राष्ट्रिय राजनीतिमा क्रान्तिकारी धार भएको पार्टीको रुपमा अगाडि बढाउन चाहिरहेको बताए ।

 

यसअघिका निर्वाचनमा अपेक्षा गरेअनुसार नतिजा नआएको बताउँदै उनले त्यसलाई नकरात्मक भन्दा पनि सकारात्मक रुपम लिँदै पार्टीलाई सुदृढीकरण गरिने बताए । नेपालले आफुहरुले आँट गरेको खण्डमा राजनीतिकको कोर्ष नै परिवर्तन गर्न सकिने दाबी गरे । ‘यसअघि पनि हामीले पटक–पटक त्यस्ता कार्य गर्न सफल भएकै हो, अहिले कुन ठुलो कुरा भयो र ?,’ नेपालले भने, ‘हामीलाई बेवास्ता गरेर कसैले मुलुकलाई चलाउन खोज्छ भने त्यो सम्भव छैन ।’

 

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अहिलेको गठबन्धनले कुन मोड लिने हो अहिले नै यसै भन्न नसकिने तर्क गरे । ‘हामीले अथक प्रयासबाट कांग्रेस नेता रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिको उम्मेदवार खडा गरेका छौं, हामीले अघि सारेका उम्मेदवार पौडेल नै विजयी हुनुहुन्छ भन्ने आशा छ,’ नेपालले भने । एमाले अध्यक्ष केपी ओलीसँगको वार्ताका विषयमा बोल्दै उनले सुरुमा उनी सकरात्मक देखिए पनि अन्तिममा कुरा नमिलेको बताए । उनले भने,‘केपीजीले हामीसँग वार्ता गरेपछि ०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल थालेका थियौं तर हुन सकेन ।’

 

अहिले आफुहरु आठ दलीय गठबन्धन बनाएर अघि बढेको बताउँदै उनले ओली राजतन्त्र पुर्नःस्थापना गर्न चाहने शक्तिहरुसँग मिलेर गएको बताए । पार्टी एकताको सन्दर्भमा बोल्दै अध्यक्ष नेपालले विचारको आधारमा सहकार्य गर्ने सोच एकीकृत समाजवादीको रहेको बताए । ‘त्यसमा पनि अझै विचार, सिद्धान्त, कार्यशैली मिल्छ भने हामी पार्टी एकताको पक्षमा छौं,’ नेपालले भने,‘ यदि त्यसो नभएको खण्डमा हामी एकीकृत समाजवादीलाई देशको निर्णायक शक्तिको रुपमा स्थापित गर्न लागिरहेका छौं ।’ नेपाल सोमबार पार्टी प्रशिक्षणका लागि सुर्खेत आइपुगेका हुन् । उनीसँगै नेता घनश्याम भुषाल पनि आएका छन् ।

 

यसअघि पहिलो पटक संसदको दुवै सदनबाट पारित भएर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै संसदमै फिर्ता पठाएकी थिइन्। राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरणका लागि गएको विधेयकका विषयमा सरोकारवाला, विज्ञ, कानुनविद्, राजनीतिक दलका नेताहरुसँग छलफल पनि गरेकी थिइन्।

 

विधेयकका प्रावधानहरू संविधानविपरीत भएकाले धारा नै उल्लेख गरेर सच्याउन सुझाव दिँदा पनि पुनर्विचार नगरिएकाले राष्ट्रपतिले विधेयकका सन्दर्भमा संविधानको संरक्षण गर्ने अधिकार प्रयोग गर्ने यादवको तर्क छ।

 

प्रादेशिक पहिचानसहितको नागरिकता वितरण, महिलाहरूका लागि लैंगिक हकको कार्यान्वयन, सम्मानपूर्वक बाँच्न पाउने अधिकार, वैवाहिक अंगीकृत नागरिकतामा महिलाको आत्मसम्मान समाप्त पार्ने व्यवस्थालाई संविधानअनुकूल संशोधन नगरिएकाले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरी संविधान संरक्षण गर्न खोजेको उनले दाबी गरे।

 

कुनै वस्तुप्रतिको निर्लिप्तता उसको अन्त्यको कारण हो । हस्तिनापुरको सम्राटप्रतिको अति आशक्तता दुर्योधनको नासको कारण बन्यो । पुत्रमोहको चरम उत्कर्षताका कारण धृतराष्ट्रले हस्तिनापुर छोड्नुप¥यो ।

 

 

 

रावणको अन्त्य अहंकार र आफ्नो शक्तिप्रतिको आत्ममुग्धताले भयो । मैले यही पढेको हो । त्यसैले त बुद्ध मध्यमार्ग भन्छन् । यही लेखिएको छ बुद्धोपदेष र त्रिपिटकमा पनि । कुनै पनि वस्तुप्रतिको अति मोह क्षतिको मूल कारण हुन्छ । इतिहास साक्षी छ । अनुभव साक्षी छ ।

 

अति सुन्दर नार्सिसस अघि–अघि, दुनियाँका युवती पछि–पछि । नार्सिसस फकिर छ । उसका पछौटे पनि फकिर बने । युवतीहरू उसलाई आकर्षित गर्न चाहन्छन्, नार्सिसस बेमतलब छ । ऊ सिर्फ आफूमा केन्द्रित छ । उसले एकोको प्रेमलाई पनि बेवास्ता गर्छ ।

 

एकदिन नार्सिसस एक तलाउमा आफ्नो अनुहार देख्छ । ऊ अति मोहित हुन्छ, आफ्नो रूप देखेर । आफ्नो सुन्दरता देखेर । नार्सिससलाई आफू बाहेक दुनियाँ तपसिल लाग्छ । आफ्नो अनुहार हेरेको हेर्‍यै हुन्छ । अनि मर्छ । नार्सिसस मरेपछि सारा युवतीहरू रुँदै तलाउ नजिक आउँछन् । रुन्छन्, कराउँछन्, विलाप गर्छन् । विस्मात गर्छन् र तलाउलाई सोध्छन् । नार्सिसस कसरी मर्‍यो ?

 

तलाउ सहजै उत्तर दिन्छ र भन्छ, ‘मैले नार्सिसस मरेको देखिनँ । मैले त नार्सिससको आँखामा सिर्फ आफूलाई देखें । आफ्नो सुन्दरतामा मोहित थिएँ ।’ नार्सिसस तलाउमा आफूलाई देख्छ । तलाउ नार्सिससको आँखामा तलाउलाई । यहाँ सिर्फ आफूलाई मात्र देख्छन् र आफूलाई मात्र सोच्छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय