काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेका छन्। फागुन २९ गते आफ्नो कार्यकाल सकिएर बिदा हुन लागेकी राष्ट्रपति भण्डारीले राष्ट्रहित विपरीतका विषयमा अडानको लिएकै कारण सदैव अविस्मरणीय रहेको उनको भनाइ छ।

 

‘नेपालको इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख हुने गौरव पाएकी विद्यादेवी भण्डारी फागुन २९ मा निवृत्त हुनुहुनेछ’ उनले फेसबुकमा लेखेका छन्, ‘आलोचना सबैको हुन्छ। तर, राष्ट्रहित विपरीतको नागरिकता

 

 

विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा लिनुभएको अडानको कारण सदैव अविस्मरणीय रहनुहुनेछ।’ उनले आलोचना सबैको हुने उल्लेख गर्दै नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा रोकेकोप्रति आभार व्यक्त गरेका छन्।

 

काठमाडौं, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोली विहिवार हुने राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएको छ । राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय लिन आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको राप्रपाले कसैको पक्षमा मतदान नगरी तटस्थ बस्ने राप्रपा उच्च स्रोतले जनाएको छ ।

 

राप्रपाले आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको छ । बैठकपछि उक्त निर्णय सार्वजनिक गरिने स्रोतको दाबी छ । बैठकमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय