Parchanda rabi lamichane रबिले प्रचण्डलाई प्रहरीमा आत्मसमर्पण गराय खुसीको खबर प्रचण्डको घमन्ड तोडे

भखरै प्रकाउ प्रचण्ड

 

 

 

 

 

रबीको कडा रुप, आज त हातमा भ्रष्टाचारीको नाम लिस्ट नै बोकेर खोज्दै पुगे मैदानमा !

राजनीति

 

समाचार

रबीको कडा रुप, आज त हातमा भ्रष्टाचारीको नाम लिस्ट नै बोकेर खोज्दै पुगे मैदानमा !

रवी लामिछानेले लिए उग्र रुप, सन्चारकर्मी हुँदा बनाएको गद्दार र घुसखोरी नेताहरुको लिस्ट पल्टियो हेर्नुहोस !

 

प्रकाशित मिति । २९ मंसिर, २०७९ ।

 

काठमाडौ । चितवनमा रहेका लामिछानेले प्रतिनिधि सभा सदस्यको शपथ नलिँदै त्यहाँका जनताका स–साना समस्यालाई प्रत्यक्ष सम्बोधन गर्ने कोशिश गरेका छन्। रामनगरबासीको पानीको समस्या समाधान गर्ने वाचादेखि चारकोसे झाँडी सरसफाईसम्ममा लामिछाने सहभागी भइरहेका छन्। चितवन क्षेत्र नम्बर २ बाट संसद चुनिए संगै रवी लामिछाने जनताको काममा उत्रिएका हुन् ।

 

चितवनको रामनगर , जुगेडी , देभघाट क्षेत्रमा खानेपानीको समस्या छ भनेर स्थानीयले गुनासो गरेपछि रवी लामिछानेले ४७ बर्ष पुरानो खानेपानीको मुहानलाई फेरी मर्मत गरेर उक्त पानि वितरण गर्ने योजना बनाएका छन्। भरतपुरको जुगेडी पुल भन्दा केहि माथि बनमा उक्त पानीको मूहानमा ट्यांकी २८ बर्ष अगाडी बाढीले बगाएर थुनिएको छ ।

 

सोहि मुहानमा नयाँ पाईप कनेक्सन गरेर जनताको घर घरमा वितरण गर्ने रवी लामिछानेले बताएका छन्। आजनै उनले आप्टारी र रामनगरको बिचमा रहेको खानेपानीको ट्यांकी पनि सफा गरेका छन्। थप हेर्नुहोस भिडियो मा । साम्पाङ पनि चुनाव जीत्नासाथ धरानमा पानीको समस्या समाधानका लागि आफैं श्रमदानमा सक्रिय भएका थिए।

 

त्यति मात्र नभएर मुख्य दलका नेतालाई समेत आफूले पानी ल्याउन गरेको श्रममा सहभागी गराउन साम्पाङ सफल भएका थिए। उनको अभियानमा हातेमालो गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान त पुगे नै साम्पाङको प्रशंशा गरी फर्किए। साम्पाङको सोही शैलीलाई अहिले लामिछानेले पछ्याएका छन्।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जना समानुपातिक सांसदको नाम फाइनल गरे पछि फेरी विवाद चर्किएको छ । समानुपातिक सांसदमा चलखेल हुन सक्ने भन्दै खबरदारी गरे पनि अन्तत चलखेल देखिएको भन्दै विवाद भएको छ ।

 

उक्त पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको १३ सिटमध्ये एक जना पनि दलित महिलालाई नपठाएको हो । रास्वपाले दलिततर्फ २ सिट प्राप्त गरेको भए पनि दुवै सिटमा दलितबाट पुरुषलाई सिफारिस गरेको छ ।

 

शनिवार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकले दलित समूहबाट पहिलो नम्बरमा सिफारिस भएका सन्तोष परियार र दोस्रो नम्बरमा सिफारिस भएका शिव नेपालीलाई समानुपातिकतर्फको सांसदका लागि सिफारिस गरेको पार्टी प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए ।

 

रास्वपाबाट ७ जना प्रत्यक्षबाट निर्वाचित भएकोमा एक जना पनि दलित समुदायको महिला निर्वाचित हुन सकेको छैन । रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले एक जना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथि अपमान गरेको बताइन् ।

 

उनले भनिन, ‘पार्टीका नेताले भाषणमा हाम्रो पार्टीलाई एकदमै समावेशी चरित्रको छ भनेर दाबी गर्नुहुन्छ । तर, कति समावेशी छ भनेर अहिले समानुपातिकतर्फ सिफारिस भएका व्यक्तिको नामावली हेर्दा थाहा भइहाल्यो नि । २ जना दलित समुदायबाट पठाउँदा एक जना पनि महिला नपठाउनुले पार्टी कति समावेशी छ भनेर देखाइहाल्यो नि रु’

 

उम्मेदवार रोक्काले पार्टीको उक्त निर्णय विरुद्ध पार्टी कार्यालयमा उजुरी गर्ने बताएकी छन् ।उनले भनिन्, ‘पार्टीले यस्तो निर्णय गर्नुले समग्र दलित महिलामाथि अन्याय भएको छ । यसका विरुद्ध हामी सशक्त आवाज उठाउँछौ । पार्टी कार्यालयदेखि आवश्यकता अनुसार निर्वाचन आयोगमा पनि उजुरी गर्छौ ।’

 

 

पार्टी केन्द्रिय कार्यालय बसुन्धरामा आज बसकोे बैठकले १३ जनानै समानुपातिक सांसदहरुकोनाम सर्वसम्मत रुपमा पारित गरिएको पार्टीका प्रवक्ता डा मुकुल ढकालले जानकारी दिएका छन् । ढकालका अनुसार केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।

 

पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा। मुकुल ढकालले बन्द सूचीको वरियतामा कुनै पनि छेड छाड नगरीकन नाम सिफारिस गरिएको बताए । फाइनल सबै नामहरु सहित रास्वपाले निर्वाचन आयोगमा बुझाउन गएको छ ।

 

रास्वपाबाट दलितकोटाबाट सन्तोष परियार र शिव नेपाली ,आदिवासी,जनजातिकोटाबा डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठ खस आर्यकोटाबाटडा चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी र विनीता कठायत ,मधेसीकोटाबाट लक्ष्मी तिवारी र मनिष झा,थारुकोटाबाट अशोककुमार चौधरी,र मुस्लिमकोटाबाटअसिम शाह प्रतिनिधीसभा सदस्य बन्ने भएका छन् ।

 

समानुपातिक सांसद चयनमा चलखेल गर्न खोजिएको भन्दै शुक्रबार रास्वपाको कार्यालयमा पार्टीका कार्यकर्ताहरुले खबरदारी प्रदर्शन गरेका थिए । समानुपातिकको बन्द सुचिमा नाम राख्नकै लागी पनि प्राइमरी इलेक्सन गरेको रास्वपाले सोही अनुसार सांसद फाइनल गरेको दाबी गरेको छ ।

 

रास्वपाबाट प्रत्यक्ष तर्फ पार्टी सभापती रवि लामिछाने सहित ७ जना उम्मेदवारहरु विजयी भएका थिए । सभापती लामिछाने चितवन २ , सोबिता गौतम काठमाडौँ २ , हरी ढकाल चितवन १ , डा तोसिमा कार्की ललितपुर ३ , शिशिर खनाल काठमाडाँै ६ , विराजभक्त श्रेष्ठ काठमाडौँ ८ र गणेश पराजुली काठमाडौँ ७ बाट निर्वाचित भएका थिए ।

 

प्रत्यक्ष र समानुपातिक गरेर रास्वपाको तर्फबाट संसदमा २० जना सांसद भएका छन् । वैकल्पिक राजनितिक शक्तिका रुपमा उदाएको उक्त पार्टीले अबको दिनमा संसदमा कस्तो खालको भूमिका खेलेर आफुलाई प्रमाणित गर्दछ त्यो भने प्रतिक्षा गर्नु पर्ने हुन्छ ।

 

कान्तिपुरकर्मी रीना मोक्तानलाई महानगरीय सुशासन पत्रकारिता पुरस्कार

 

काठमाडौँ — २८ औँ महानगर दिवसको अवसरमा कान्तिपुरकर्मी रीना मोक्तान महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाले बिहीबार एक कार्यक्रमका बीच पत्रकार मोक्तानलाई ५० हजार नगद राशी रहेको महानगरीय सुशासन पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

 

कार्यक्रममा महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनीता डङ्गोलले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

 

महानगरपालिकाले सहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरूमध्येबाट विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने पत्रकारहरूलाई पुरस्कृत गरेको छ ।

 

मोक्तान विगत ६ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय