पोखराका पत्रकार हुन् अपिल त्रिपाठी । अपिलको ब्राण्डेड कार्यक्रम गण्डकी छड्के गण्डकी टेलिभिजनबाट प्रसारण हुन्छ । यो कार्यक्रम, १५ वर्ष अघिको कार्यक्रम हो । यो कार्यक्रम गण्डकी मिडिया हाउसकै रेडियो गण्डकीको उत्पादन हो । अपिलले बेथिति, भ्रष्टाचार विरुद्ध सामाग्री पस्कदैं आएका छन् । तर अब बाट उनिले यस टेलिभिजन संगको आबद्धता अहिलेलाई टुङ्ग्याउने निर्णय गरेका छन् ।

 

उनले लेखेका छन्

आज सम्म :

बिगत १५ बर्ष देखी मैले गण्डकी टेलिभिजनमा बिभिन्न जिम्मेवारीमा रहेर काम गरे । थाहा छैन, मैले टेलिभिजनलाई कती दिन सके, तर गण्डकी टेलिभिजनले मलाई धेरै कुरा दियो । जसका लागी म टेलिभिजन प्रति सधै ऋणी रहनेछु । मेरो आफ्नै कारणले यस टेलिभिजन संगको आबद्धता अहिलेलाई टुङ्ग्याउने निर्णय गरेको छु । भोलीका दिनमा फेरी यसै टेलिभिजन संग जोडिने मौका मिल्यो भने म आफुलाई भाग्यमानी ठान्नेछु ।

 

अबको बाटो :

१, म अब पब्लीक फोके टेलिभिजनमा आबद्ध हुने निर्णय गरेको छु । यस टेलिभिजन संगको सहकार्य उपलब्धीमुलक हुनेछ भन्ने बिश्वास लिएको छु ।

पब्लीक टेलिभिजनबाट ‘गण्डकी छड्के विथ अपिल त्रिपाठी’ नामक कार्यक्रम हरेक शुक्रबार राती ९ बजे प्रसारण हुनेछ ।

 

२, यो देशका बेथितीलाई अझै प्रभावकारी ढंगबाट प्रस्तुत गर्नको लागी हामी छिट्टै एक न्युज पोर्टल लिएर आउदैछौ । जसको नाम हो – गण्डकी छड्के न्युज डट कम ।

 

कार्यालय :

हाम्रो कार्यालय पोखरा नयाँबजार स्थीत बजाज पल्सर बाइकको शोरुम नजिकैको गल्लीबाट १०० मिटर पुर्वतिर रहेको छ । हामीलाई 9856011452 मा सम्पर्क गर्न सकिन्छ ।

यहाँहरुको साथ, समर्थन र रचनात्मक आलोचनाको लागी सधै कृतज्ञ छु ।

 

अब थप एउटा कुराको जानकारी गराउन बाकी छ । उक्त जानकारी बैशाख ३१ गते साझ ५ बजे गराउनेछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय