आइतबार , जेठ २०, २०८१

जनता भड्काउने काम नगर्नुस् ज्ञानेन्द्र शाह ज्यू , नत्र व्यापार गरेर बसे हुन्छ हैन भने देश निकाला पनि गर्न सकिन्छ ।: नेता माधवकुमार नेपालकाठमाण्डाै –।

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिनुभएको छ ।कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र

 

 

शाहलाई कि पार्टी खोल्न नभए व्यापार गरेर बस्न सुझाव दिनुभयो ।पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेपालको राजनीतिमा कालो बादल मडारिरहेको टिप्पणी गर्नुभएको छ ।

 

 

साथै उहाँले नेपालमा पुनः राजतन्त्र फर्कन नसक्ने दाबीसमेत गर्नुभयो ।अध्यक्ष नेपालले भन्नुभयो, ‘म सङ्केत राम्रो देखिरहेको छैन । नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ ।त्यसो हुनाले म सावधान भन्न चाहन्छु ।

 

 

प्रतिगमन तत्त्वहरूलाई भन्न चाहन्छु । फेरि शिर उठाउने दुस्साहस गर्ने काम नगर्नुस् । अब नदीको प्रवाह अघि बढिसकेको छ । त्यो फेरि पछाडि जान सक्दैन । त्यसो हुनाले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । कुनै सम्भावना छैन ।

 

 

त्यस्तो दुस्साहस कसैले नगरून् । नेपाली नागरिक फेरि ज्वालामुखी झैँ मेचीदेखि महाकालीसम्म विस्फोटको रूपमा अघि बढ्नेछन् । राम्रो के हुन्छभने राजाले पनि एउटा पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार गरेर बसे हुन्छ । एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन ।

 

 

नेपालको रक्षा नेपाली नागरिकले गर्न सक्दछौँ ।’उहाँले नेपाली नागरिकले नेपालको रक्षा गर्न, राष्ट्रियताको रक्षा गर्न सक्ने भन्दै राजतन्त्र ल्याउने सपना नदेख्न सचेत गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय