
सुर्खेत ।
कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् ।
फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरु मध्यमा सांसद अमरबहादुर थापाले केपी ओलीलाई धुलो चटाउने बताए ।
उनी विगत देखिनै मन्त्रीको चर्चामा रहेका सांसद पनि हुन् । उनले आफु संसदीय दलको बैठकमा गएर सबै ठोस कुराहरु राखिएको बताए । उनले भने, ‘बैठकमा कुरा राखेर गइयो, फ्लो क्रस गरियो ।’ उनले भने पार्टी आधिकारीक रुपमा दुई नभएपनि व्यवहारिक रुपमा दुई भएको छ ।
केन्द्रमा माधव नेपाललाई ओलीले कारबाही गरेपछि हामीले हामी पनि आफ्नो निर्णय गर्न सक्छौँ,’ उनले भने, ‘कारबाहीको कुनै डर छैन् ।’ यस्तै ‘फ्लोर क्रस’ गर्नेमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिं बुढा छन् ।
योसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।