
ज्योतिष शास्त्रबाट मानिसको भविष्यका बारेमा मात्र होइन उसले धारण गर्ने वस्त्रले त्यसमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि जानकारी पाउन सकिन्छ ।
यदी जन्मकुण्डलीमा केही ग्रह दोष रहेको छ भने मानिसमा त्यसको असर देखिएकै हुन्छ ।
ग्रह दोषका कारण मानिसले जति पैसा कमाए पनि बचत नहुने सम्भावना रहन्छ । ग्रह दोषबाट टाढा रहनका लागि कयौं उपायहरु रहेका छन् ।
यी उपायहरुबाट ग्रह अनुसार अशुभ प्रभावहरुमा कमी आउन सक्छ र, कयौं सकरात्मक फल प्राप्त हुने विश्वास गरिन्छ ।
सामान्यतया मानिसहरुले पैसा राख्नको लागी ‘पर्स’ बोक्ने गर्छन् । त्यस्तो पर्सले पनि राशि अनुसार प्रभाव पार्ने गर्छ ।
राशि अनुसार पर्स बोक्नुभयो भने त्यसले पक्कै सकारात्मक प्रभाव पार्ने ज्योतिषाचार्यहरु बताउँछन् ।
तपाइको राशि अनुसार कुन पर्स बोक्दा राम्रो ?
मेषः
यो राशिका मानिसहरुले रातो पर्स वा मरुन रंगको पर्स बोक्दा राम्रो हुनेछ । यस राशिको स्वामी मंगल हो, मंगलको प्रिय रंग रातो हो ।
वृषः
वृष राशिको स्वामी ग्रह शुक्र हो । अतः यस राशिका मानिसहरुले शुक्रसँग सम्बन्धीत रंग सेतो वा चम्कीलो सिल्भर कलरको पर्स बोक्नु उत्तम हुन्छ ।
मिथुनः
यस राशिका मानिसहरुको लागि हरियो रंग लाभदायी मानिन्छ । मिथुन राशिको स्वामी बुध हो र बुधको प्रिय रंग हरियो हो ।
कर्कटः
यस राशिको स्वामी चन्द्र हो । चन्द्रको प्रिय रंग सेतो वा सादा रंग हुने गर्छ । अतः कर्कट राशिका मानिसहरुले सेतो वा फिक्का रंगको पर्स बोक्नु फलदायी हुन्छ ।
सिंहः
सिंह राशिको स्वामी सूर्य हो । सूर्यलाई उर्जाको प्रतिक मानिन्छ । यसको प्रिय रंग रातो, पहेलो र खैरो हो । त्यसैले सिंह राशिका मानिसहरुले यस्ता रंग भएका पर्स बोक्नु उचित हुन्छ ।
कन्याः
कन्या राशिको स्वामी बुध हो । बुध ग्रहको प्रिय रंग हरियो हो । अतः यस कन्या राशिका मानिसहरुले हरियो रंगको पर्स बोक्नु फाइदाजनक हुन्छ ।
तुलाः
यस राशिका मानिसहरुले सेतो रंग वा चम्कीलो रंगको पर्स बोक्नु लाभदायी हुन्छ । तुला राशिको स्वामी शुक्र हो । र, शुक्र राशिका सेतो रंग उचित हो ।
वृश्चिकः
विश्चिक राशिको स्वामी मंगल हो । मंगलको प्रिय रंग कलेजी रंग हो । अतः यस राशिका मानिसहरुले कलेजी रंगको पर्स बोकेमा लाभदायी हुनेछ ।
धनुः
धनु राशिको स्वामी ग्रह बृहस्पति हो । देव गुरु बृहस्पतिको प्रिय रंग पहेलो हो । अतः यस राशिका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु फलदायी हुन्छ ।
मकरः
मकर राशिका मानिसहरुले निलो अथवा कालो रंगको पर्स बोक्नु उत्तम हुनेछ । यस राशिको स्वामी शनि हो । शनिको प्रिय रंग निलो र कालो हो ।
कुम्भः
जुन मानिसहरुको राशि कुम्भ रहेको छ, उनीहरुले निलो, कालो वा कुनै गाडा रंगको पर्स बोक्नु लाभदायी हुनेछ । यस राशिको स्वामी शनि हो । र, यस प्रकारको रंग शनिको प्रिय रंग हो ।
मीन:
मीन राशिको ग्रह स्वामी गुरु हो । गुरुको प्रिय रंग पहेलो हो । त्यसैले मीन राशिका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु अत्यन्त शुभ हुने छ ।
