मंगलबार , चैत्र ६, २०८०

प्रचण्डको सबैलाई सरप्राइज, रबि सरकारबाट बाहिरिएपछी गृहमन्त्रीमा विप्लवको चर्चा
एनपर्दा संवाददाता

काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेट, सहकार्य र एकताको आधार तयार पार्ने समझदारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन्। नेताहरूले आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा राजनीतिक छलफल गरेका हुन्।

छलफलमा माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच छलफल भएको बताइएको छ। सो क्रममा तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको छ।

भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए। सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिए ।यसैबीचमा सरकारबाट रास्वपा बाहिरिएपछी प्रचण्डले रिक्त रहेको गृहमन्त्री सहित अन्य मन्त्रालयको चाबी कसलाई दिन्छन भन्ने चर्चा सुरु हुन थालेको छ ।

रास्वपा सरकारबाट बाहिरिएकै दिन विप्लव र प्रकाण्ड प्रचण्डलाई भेट्न बालुवाटार छिरेपछि खालि रहेको गृहमन्त्रालयको जिम्मा विप्लवलाई दिएर पुर्व माओवादीको एकता र सहकार्य अगाडी बनाउन उचित समय रहेको बुझिएको छ ।

गैरसांसदलाई ६ महिना सम्म मन्त्रि बनाउन पाउने व्यवस्था छ र यो व्यवस्थाको भरपुर उपयोग प्रचण्ड गर्न सक्छन तर यो बिषय चर्चामा मात्रै सिमित रहने कि पूर्वमाओवादीको बिग्रिएको सम्बन्ध जोड्न उपयोग गर्ने भन्ने बिषयको निष्कर्ष केहि दिनमै आउने एक नेताले बताए ।

सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताउनुभएको छ ।

आइतबार बेलुका विभिन्न देशका कम्युनिस्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन उतारचढावका बिच अगाडि बढेको बताउँदै सच्चा कम्युनिस्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताउनुभयो ।

फेब्रुअरी १ देखि ५ गतेसम्म विभिन्न देशका कम्युनिस्ट, क्रान्तिकारी, वामपन्थी र समाजवादी पार्टीका प्रतिनिधिहरूको नेपालमा भएको अन्तर्राष्ट्रिय जनसभापछि उनीहरूले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

भेटका क्रममा प्रधानमन्त्रीले नेपालको क्रान्ति र शान्ति प्रक्रिया विश्वकै लागि नयाँ र मौलिक भएकोमा जोड दिँदै जनताका प्रतिनिधिहरूले निर्माण गरेको नयाँ संविधानले क्रान्तिका महत्वपूर्ण कार्यभारहरू सम्वोधन गरेको बताउनुभयो । नेपालमा भएको क्रान्ति, शान्ति प्रक्रियाको विश्वव्यापी महत्व रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार जनताका अपेक्षा सम्वोधन गर्न प्रयत्नशील रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आफूहरूकै पहलमा नेपालका कम्युनिस्टहरूको एउटै केन्द्र बनेको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न, समाजवादको आधार तयार पार्न र जनअपेक्षा सम्वोधन गर्न निरन्तर प्रयत्न हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको रूपान्तरणकारी आन्दोलनको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएको र सो कुरा विश्वभरिकै परिवर्तनका पक्षधर शक्तिहरूका निम्ति प्रेरणा हुनेसमेत उल्लेख गर्नुभयो ।

भेटमा क्युवा, भेनेजुएला, ब्राजिल, चीन, घाना, दक्षिण अफ्रिका, मोरक्को, बंगलादेश, इटाली, स्पेन लगायतका देशका कम्युनिस्ट एवं वामपन्थी पार्टीका प्रतिनिधिहरू उपस्थित थिए ।

यसैगरी सत्तापक्षकै सांसदले प्रदेश खारेजीको माग गरेका छन् । बागमती प्रदेश सभाको आइतबारको बैठकमा राप्रपा सांसद आशा लामाले प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेकी हुन् । उनी समानुपातिक सांसद हुन् ।

बागमतीमा राप्रपा सत्तासीन छ । सभाको सभामुखसमेत राप्रपाबाट छन् । शून्य समयमा बोल्न क्रममा लामाले देशले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरिन् । उनले नेपाली जनताले संघीयता नचाहेको दाबीसमेत गरिन् ।

‘तीन तहको संरचनाको कारण जनतालाई करको मार परको छ । जनता र देश दुवै संघीयता धान्न सक्ने अवस्थामा छैनन् । कारको मारले जनता समस्यामा छन् । संघीयताको कारण देशको अर्थतन्त्र खोक्रो भइसकेको छ,’ लामाले भनिन् ।

अहिले उठेको करले चालू खर्च मात्र धान्न पनि मुस्किल भइरहेको दाबी गर्दै देशको विकास र जनताको आर्थिक अवस्था सुधार्ने भन्ने कुरा भ्रम मात्रै भएको जिकिर गरिन् । देशले धान्न सक्ने दुई तहको सरकार बनाउनुपर्ने उनको भनाइ थियो ।

बैठकमा विभिन्न दलका १७ सांसदले धारणा राखेका थिए । उनीहरूले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको भन्दै बेथितिका कारण प्रेम आचार्यजस्ता कयौँ युवाले आत्महत्या गर्नुपर्ने अवस्था आएको बताए ।

यस्तै, चितवनका किसानले सडकमा तरकारी फ्याँकेर गरेको विरोधलाई प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने मागसमेत गरे । कांग्रेस सांसद उत्तम जोशीले कृषि उत्पादनको बजारीकरणका विषयमा प्रदेश सरकार पनि गम्भीर हुनुपर्ने बताए । उनले विदेशबाट आयात हुने तरकारीले बजार पाउने तर नेपाली किसानले उत्पादन गरेका तरकारी सडकमा फ्याँक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

कांग्रेसका अर्का सांसद उर्मिला सुनुवारले राज्यव्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन् ।एमाले सांसद प्रेमभक्त महर्जनले किसानहरूको समसया हल गर्न प्रदेश सरकारले पनि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले किसानहरूले समयमा मल नपाउने र उत्पादन भएको कृषि उपज बेच्न नपाउने दुवै अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले गम्भीर भएर काम गर्नुपर्ने बताए । माओवादी सांसद ईश्वर सापकोटाले पनि कृषि उत्पादनको बजार व्यवस्थापनमा सरकारलाई गम्भीर हुन माग गरे ।

आइतबारको बैठकमा राप्रपाकी कुमारी तामाङ, एमालेका अमनकुमार मास्के, भारती पाठक, जयराम थापा, दिनेशचन्द्र देवकोटा, भरतबहादुर केसी, कांग्रेसका कुन्दनराज काफ्ले, गीता गुरुङ, गोविन्द लम्साल, कुमार तामाङ, माओवादीका उर्मिलाकुमारी लामा र नेमकिपाकी गीता काफ्लेले समय लिएर बोलेका थिए । प्रदेश सभाको अर्को बैठक भोलि दिनको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय