मंगलबार , चैत्र ६, २०८०

राजनीति
रविले भनेकै भयो, यसरी आतकं मच्चाएर करोडौ पैसाँ पचाउँछन कान्तिपुरका मालिक कैलाश सिरोहिया

प्रकाशित: २०७९ माघ २३ गते, सोमबार , काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

रविले भनेकै भयो, यसरी आतकं मच्चाएर करोडौ पैसाँ पचाउँछन कान्तिपुरका मालिक कैलाश सिरोहिया

काठमाडौं । २०७४ साल माघ १ गते काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको हेलो टावरमा व्यवसायी अजेय पराजुली सुमार्गी ले पत्रकार सम्मेलन गरेर नेपालको नम्वर १ मिडिया हाउस कान्तिपुरका मालिक कैलास प्रसाद सिरोहिया मिडियाको आडमा ब्लाकमेलिङ धन्दा चलाउने व्यक्ति भएको आरोप लगाएका थिए । त्यति मात्रै नभएर सुमार्गीले नेपालका सबै उद्यमी तथा व्यवसायीहरुले कान्तिपुरलाई नजराना बापत गोल्डेन शेयर ९सित्तैमा दिइने शेयर० दिनुपर्ने बाध्यता रहेको आरोप लगाएका थिए ।

सुमार्गीले हेलो टावरमा तीन वर्ष अघि पत्रकार सम्मेलन गरेर आरोप लगाएकै शैलीमा कान्तिपुरका मालिक सिरोहियाले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई लाईसेन्स वितरण गर्दा १० करोड रुपैयाँको नजराना बापतको शेयर लिएको तथ्य बीमापोष्टले फेला पारेको छ ।

सिरोहियाले नेपालका नाम चलेका सबै मिडिया हाउसहरुलाई वितरण गर्ने शर्तमा १० करोड रुपैयाँ लिएको सो रकम क–कसलाई के कतिका दरले वितरण गरियो भन्ने खुल्न भने बाँकि नै रहेको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीमा शेयर लगानी गरेकाहरुले १०० रुपैयाँ अंकित शेयरको प्रतिकित्ता १६५ रुपैयाँसम्म उठाइएको थियो र सो अतिरिक्त रकम तत्कालिन अर्थमन्त्री विष्णु पौडेल, अर्थमन्त्रालयका कर्मचारी, बीमा समितिका कर्मचारी तथा नेपालका सबै मिडिया हाउसहरुमा वितरण गर्नु परेकोले शेयरको मूल्य महंगो भएको बताउने गरेका छन् ।

हुन पनि कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रबन्ध पत्रमा धनुषा जिल्ला जनकपुर नगरपालिका– ५ निवासी स्व। घाँसिराम सिरोहियाका छोरा कैलाश प्रसाद सिरोहियालाई १० करोड रुपैयाँको १० लाख कित्ता शेयर बाँडफाँड गरिएको छ । उनको साक्षीमा महेश स्वार बसेका छन् । स्वार सिरोहियाका आफन्त समेत हुन् ।

सिरोहियाले नेपालमा सञ्चालित अन्य मिडिया हाउसहरुलाई समेत रकम दिई अबैध लाईसेन्सको विषयमा कुनै पनि समाचार नलेख्ने र उचित वातावरण सिर्जना गर्ने ठेक्का लिएको हिमालयन रिइन्स्योरेन्स कम्पनी स्रोतले जनाएको छ । सो बापत १० करोड रुपैयाँको शेयर सित्तैमा दिइएको अनौपचारिक स्रोतले जनाएको छ ।

नेपालको इतिहासमै सबैभन्दा ठूलो घोटाला काण्डको रुपमा चर्चित हिमालयन रिइन्स्योरेन्स घोटाला काण्डको बारेमा कान्तिपुरबाटै फुटेर गएको नागरिक दैनिकले एक अंक मात्रै समाचार लेखेको थियो ।

पहिलो अंकको समाचार लेख्ने वित्तिकै सो मिडियाले पनि उक्त समाचार सम्बन्धमा थप फलोअप नगरी चुप लागेको थियो । स्रोतका अनुसार सबै मिडियासँग गरेको डिलमा सिरोहियाले धोका दिएपछि उक्त मिडियाले अलिकति समाचार लेखेकोमा पछि पुनः सहमति कायम गरिएको जनाइएको छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिँदा १० करोड रुपैयाँको शेयर उपहार प्राप्त गरेका सिरोहियाले अन्य मिडिया हाउसहरुलाई कति कति रुपैयाँ वितरण गरे भन्ने खुल्न बाँकी छ ।

तर, स्रोतका अनुसार ५० लाख, एक करोड र तीन करोड गरी स्तर अनुसार वितरण गरिएको चर्चा बीमा क्षेत्रमा व्याप्त छ । कान्तिपुरका मालिक सिरोहियाले मिडिया सेटिङ गर्ने ठेक्का लिएकै कारण सो पत्रिकाले अहिले बीमा समितिले गरेको बीमाको सिद्धान्त विपरित, हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई अर्बौ रुपैयाँ फाइदा हुने निर्णयको बचाऊमा समाचार लेख्दै आएको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले २०७८ कार्तिक २२ गते पुनर्बीमा व्यवसाय गर्ने लाइसेन्स दिएका थिए ।

यसैगरी चित्र हेरेर चरित्र थाहा पाउन सकिन्न । चित्र हेरेर भित्रको कथा भन्न थालियो भने त्यो कथा आदर्शवादी हुन्छ । सतही हुन्छ ।

रूपको वर्णन गरेर गीत बन्ला । कविता लेखिएला । तर, चित्र हेरेर राजनीतिचाहिँ बन्दैन । खैर, यस स्तम्भमा हाल चर्चामा रहेका रवि लामिछानेबारे उठेका केही सार्वजनिक सवालउपर चर्चा गर्ने प्रयास गरिने छ ।

रवि लामिछाने एक व्यक्ति होइन, प्रवृत्तिको रूपमा विकास भएको देखिन्छ । मैले बुझेको र पढेको लोकतन्त्रले राजनीतिमा कुनै ‘हिरोइज्म, पपुलिज्म र स्टन्ट’को परिकल्पना गर्दैन । जनता झुक्याउने खेललाई लोकतन्त्रले स्वीकार गर्दैन । लोकरिझाइँलाई लोकतन्त्रले मान्दैन ।

स्मरण रहोस्, मैले यसअघि ‘लोकतन्त्रमाथि फेरि खतरा’ शीर्षकको स्तम्भमा पनि ‘दर्शनविनाका दलहरूबाट लोकतन्त्रमाथि खतरा छ’ भनेर लेखेको थिएँ ।

लोकतन्त्रविरुद्ध नेपालमा रवि प्रवृत्ति देखापरेका छन् । अनेकानेक शब्दजाल बुनेर जनतालाई गुमराहमा राख्ने, जनतालाई उक्स्याउने, उत्तेजित पार्ने, सिद्धान्त विचार र असत्यलाई पनि सत्यमा प्रतिस्थापन गर्न खोज्ने, कानुनभन्दा माथि हुँ ठान्ने, भीड र हावादारी गफको जगमा उभिने, अरूलाई गाली गरेर सत्ता हत्याउने, आफू नैतिकहीन भएको पत्तो नपाउने, तर, अरूलाई नैतिकताको पाठ सिकाउने प्रवृत्तिका रूपमा रवि प्रवृत्ति देखापरेको छ । जो देशका लागि घातक छ । लोकतन्त्रका निम्ति दुःखद् छ ।

भनिन्छ, ‘जनता इतिहासका निर्माता हुन् ।’ तर, नेपाली जनताले कस्तो इतिहास निर्माण गर्न खोजेका हुन् ? रविहरुको दर्शनबिनाका दलहरूलाई रोजेर विज्ञानलाई नजरअन्दाज गरेर के गर्न खोज्दैछन् जनता ?

अर्को कुरा, नेपालमा सत्तामा पुगेपछि मात्रै व्यक्तिको चरित्र थाहा हुन्छ, यो अर्को विडम्बना हो । सिंह बनेर सिंहदरबार छिर्छन, स्याल बनेर निस्किन्छन् । हाँस्दै जान्छन्, रुदै फर्किन्छन् । नैतिक तागतका साथ जान्छन्, नैतिकहीन पुष्टि भएर निस्किछन् ।

म यो देशको सच्चा नागरिक हुँ भन्दै छिरेकाहरु अनागरिक पुष्टि भएर बाहिन्छन् । यसरी हेर्दा लाग्छ, सिंहदरबारसँग अपरम्पार लीला छ । त्यही अपरम्पार लीलाले रवि लामिछाने प्रवृत्तिको असली मुखुण्डो उघारिदियो ।

रविहरूले अरुलाई राष्ट्रघाती देख्छन् । अरुलाई अनैतिक देख्छन् । तर, आफ्नो अनुहार ऐनासामु उभ्याउने नैतिक तागत उनीसँग छैन । यो कुरा कुनै पूर्वाग्रहमा भनिएको होइन । जनता पुराना दल र नेताहरुको व्यवहारका कारण निराश पक्कै छन् । त्यसको फाइदा दर्शनविनाका अराजनीतिक दलहरुले उठाएका हुन् ।

रविहरुले पाएको मत एक प्रकारले दलविरोधी जनमत हो । उनको दलबिना पनि सरकार बन्ने थियो । आफू अपराधबाट जोगिन उनले गृह मन्त्रालय रोजे । सरकारमा गैहाले पनि आफूमाथिको आरोप छानविन गर्न सघाउनु पथ्र्यो । तर यस्तो गम्भीर कुरा रविहरुले बुझ्न चाहेको देखिएन ।

रविले २०७० सालमा अमेरिकी नागरिकता पाए । उनी नेपाल फर्केपछि सञ्चारकर्म गर्दैगर्दा विवादमा परेपछि २०७५ सालमा मात्रै नेपालबाटै अमेरिकाको नागरिकता त्यागे । तर, त्यसअघि २०७३ सालमा नै उनले ‘कायम नभएको’ नेपाली नागरिकताबाट नेपाली पासपोर्ट लिए । २०७३ सालदेखि २०७५ सालमा अमेरिकाको नागरिकता नत्याग्दासम्म उनको साथमा एकसाथ दुई मुलुकको पासपोर्ट रहेको देखिन्छ ।

लामिछानेले २०७३ सालमा कायम नभएको नेपालको नागरिकताको आधारमा पासपोर्ट लिएका हुन् । राहदानी ऐन, २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिएमा कसुर गरेको मानिने व्यवस्था छ । त्यसको पुष्टि भएमा ऐनमा २ देखि ५ लाख जरिवाना, १ देखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

लामिछानेको नागरिकतासँगै पासपोर्टमाथि छानविन हुनुपर्ने उजुरी पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विचाराधीन छ । उनले झुटा विवरण लिई राहदानी लिएको उजुरी जिल्ला प्रशासन कार्यालयले छानविनका लागि प्रहरीमा पठाएको छ ।

यस्तो कानुनी व्यवस्थालाई नजरअन्दाज गरेर रविका समर्थकहरुले रविमाथि प्रश्न गर्नेहरुलाई झोले, देश बेच्ने, राष्ट्रघातीजस्ता शब्द प्रयोग गरेर गाली गरिरहेका छन् । समर्थक हुन पाइन्छ । तर, समर्थकको नाममा अन्धभक्त हुन पाइँदैन ।

अन्धभक्तिपना दास चेतनाको पराकाष्टा हो । सुतेको चेतनाको उपज हो । झोले भनेको विचारको सिपाही हो । कुनै विचारको दल छ, त्यसको कार्यकर्तालाई पश्चगामी, प्रतिगामी, दक्षिणपन्थीहरूले हेपेर झोले भन्छन् भने त्यसमा आपत्ति जनाउनुपर्ने कारण छैन । त्यसैमा माक्र्सवादी समाजवादको झण्डा उठाएकाहरुले त झन् दुःख मान्नुपर्ने के छ र ?

दुनियाँमा आजको दिनसम्म पूजा गर, प्रश्न नगर भन्ने मानक जारी छ । जो मानव दुनियाँकै निम्ति खारेजयोग्य भाष्य हो । हाम्रो देशमा त झन् प्रश्न गर्नेहरूलाई दुस्मनजस्तो व्यवहार गरिन्छ । लोकतन्त्रमा प्रश्न गर्नु र प्रश्नको जिम्मेवार जवाफ माग्नु अधिकार हो । आफूभन्दा ठूलो मान्छे वा व्यक्तिलाई प्रश्न गर्न पाइँदैन । केवल पूजा गर्नुपर्छ । यहाँको बुझाइ यस्तो छ । तर, सत्य त्यसो होइन ।

मानव दुनियाँमा सबैका पक्षमा बोल्न पाइन्छ । सबैका विपक्षमा प्रश्न गर्न पाइन्छ । अर्को कुरा मैले मात्रै बोलेर के हुन्छ ? मैले मात्रै लेखेर के हुन्छ ? सोच्नु हुन्न । सुरूमा सत्यका बारेमा बोल्ने आँट थोरैले मात्रै गर्छन् । सुतेको चेतना र लुकेको चैतन्यले सत्य के हो ? गलत के हो ? केही जान्दैन । त्यस्तो चेतनाले केवल सतही कुरालाई आधार मान्छ । सुतेको चेतना बोकेर बाँचेकाहरूले सत्य कुरालाई सहजै स्वीकार गर्दैनन् पनि ।

जनताद्वारा हतारमा अनुमोदन
रविहरूको लोकरिझाइँबाहेक, अरुलाई गाली गर्नुबाहेक, अरुलाई अन्यायमा पार्नुबाहेक, जनताले यसरी पत्याउनुपर्ने अर्को के राजनीतिक योगदान र कारण थियो ? पछिल्लो समयमा जो जतिले राज्य सरकारलाई र पुराना नेताहरुलाई गाली गरे, तिनीहरुलाई जनताले जिताएर सांसद बनाए ।

माथि भनिएझैं जनताले चित्र हेरेर भोट दिए । गत मंसिरमा सम्पन्न चुनावमा यदि संविधानको भावना र राजनीतिक मुद्दाको हिसाबमा जनताले भोट दिएका हुन्थे भने नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बनेको हुन्थ्यो ।

‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ भन्ने विशिष्ट नारा लिएर उदाएको एस पार्टी राष्ट्रिय पार्टी बन्न सकेन । कुनै दर्शन छैन, प्रदेश खारेज गर्ने भनेको छ, स्टन्ट गरेको छ, त्यस्तैलाई भोट दिएर जनताले हतारमा अनुमोदन गरे ।

भनिन्छ, ‘जनता इतिहासका निर्माता हुन् ।’ तर, नेपाली जनताले कस्तो इतिहास निर्माण गर्न खोजेका हुन् ? दर्शनबिनाका दलहरूलाई रोजेर विज्ञानलाई नजरअन्दाज गरेर के गर्न खोज्दैछन् जनता ? त्यतिमात्रै होइन, संविधानविद् भीमार्जुन आचार्यले समेत रविहरुको उदयलाई थप प्रश्रय दिए । रविहरूको असलीयत नबुझेर जनतालाई भोट दिन लगाए ।

‘नो नट् अगेन’, ‘बा’ र नानीका ‘बा’ हरूलाई चुनौती दिँदै उदाएका र आफूलाई नयाँ राजनीतिक शक्ति ठान्नेहरुले त्यत्रो भोट कहाँबाट आयो ? त्यो भोट कुन मनोविज्ञानबाट प्रेरित छ ? त्यतातिर विश्लेषण गर्नु जरुरी छ ।

रविहरुलाई विकल्पका रुपमा जनताले भोट दिए, तर, रविहरुले भोटको चरम दुरुपयोग गरे । ‘बा’हरुसँग गएर सत्ता चाहियो, उपप्रधान तथा गृहमन्त्री चाहियो भनेर ‘बार्गेनिङ’ गरे । जुन जनताप्रतिको धोका हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय