नेपाली राजनीति

शिक्षालाइ सरल र सहज बनाउनको लागि खुला तथा दुर शिक्षाका माध्यमबाट नेपाल खुला बिस्वबिध्यालयले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइहेको छ।

छोटो समयमै राम्रो प्रगति गर्न सफल खुला बिस्वबिध्यालयले आफ्ना कार्यक्रमहरुलाई अझ थप प्रभावकारी, शसक्त र अधिक गुणस्तरिय बनाउन बिस्वबिध्यालयका प्राध्यापक र कर्मचारीहरुलाइ यहि चैत ४ गते देखि सातओटै प्रदेशमा खटाउने भएको छ।

बिस्वबिध्यालयका अंग्रेजी सिक्षाका उप-प्राध्यापक खेमराज जोशीले जानकारी दिए अनुसार ‘हरेक घरमा सिक्षा, हरेक नागरिक सिक्षित: समृद्ध नेपालका लागि सिक्षामा विकेन्द्रीकरण’ भन्ने नाराकासाथ उक्त बिस्वबिध्यालयले बरिष्ठ प्राद्यापकहरुको नेतृत्वमा आफ्ना प्राध्यापक र कर्मचारीहरुलाई सबैमा जानकारी गराउने उदेश्यले उहाहरुलाई खटाएको छ।

सबैको सिक्षामा पहुँच गराउने उदेश्यले देशका हरेक प्रदेशहरुमा अभिमुखीकरण कार्यक्रम गरिन लागेको कुरा जोशीले जानकारी दिनुभयो।

यसका लागि प्रदेस १ मा प्रा खगेन्द्र प्रसाईको नेतृत्वमा, प्रदेस २ मा समाजशास्त्र तथा सिक्षाशास्त्र संकायका डीन प्रा रामचन्द्र पौडेलको नेतृत्वमा, प्रदेस ३ मा उप-प्रा कर्ण रानाको नेतृत्वमा, प्रदेस ४ मा सह-प्रा जिबन खड्काको नेतृत्वमा, प्रदेस ५ मा उप-प्रा रुमा मानन्धर र जिबन खनालको नेतृत्वमा टोलि खटाउन लागेको हो भने प्रदेस ६ र ७ मा चाही उप-प्रा खेम राज जोशी र सहायक प्रा-प्रकाश पौडेल को नेतृत्वमा आफ्नो टोलीलाई खटाउने भएको हो।

हाल उक्त बिस्वबिध्यालयले तिन ओटा संकाय (समाजशास्त्र तथा सिक्षा, ब्यबस्थापन र कानुन, बिज्ञान, स्वास्थ्य र प्रबिधि) अन्तर्गतका स्नातक, स्नातकोत्तर र एम फिल तहका विभिन्न कार्यक्रम हरु संचालन गर्दै आएको छ।

साथै नया कार्यक्रमहरु थप्ने कार्यलाई पनि अझ थप प्रभावकरी बनाएको छ। ४ गते बुधबार देखि गरिन लागेको अभिमुखीकरण कार्यक्रमहरु मार्फत सो बिस्वबिध्यालयले खुला तथा दुर शिक्षाका माध्यमबाट कसरी गुणस्तरीय शिक्षा र एक्काइसौ शताप्दीका सिपहरु सिकाउन सकिन्छ भन्ने कुराहरु सबै सामु पुर्याउन खोजेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय