राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भने अब आफूले भन्नुपर्ने बाँकी केही नरहेको बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीले बोल्न गरेको आग्रहमा रविले आफूले अब बोल्नुपर्ने बाँकी केही नरहेको बरु गर्नुपर्ने धेरै रहेको बताए ।

 

अब मैले भन्नुपर्ने केही पनि छैन । गर्नुपर्ने चिजहरू छन्,रविले भने । गएको शुक्रबार सर्वोच्च अदालतले उनको नेपाली नागरिकता अवैध रहेको ठहर गरेपछि उनले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । तर, आज उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट फेरि नेपाली नागरिकता लिएका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् ।काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन् ।लामिछानेले अमेरिका नागरिकता हुँदाहुँदै नेपाली राहदानी निकालेको भन्दै विवादमा छन् ।

 

यस विषयमा प्रहरीले अनुसन्धान समेत थालेको थियो । तर गृहमन्त्री भएर आएपछि रविको पासपोर्टको विवादको छानविन रोकिएको छ ।राहदानी सम्बन्धी कानूनमा आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने व्यवस्था छ ।

 

२१ फेब्रुअरी २०१४ (२०७०) मा अमेरिकी नागरिकता लिएका लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए । जुन उनले फिर्ता गरेका हुन् ।रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति बनेका छन् ।

 

रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई आज पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिएका छन् । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । त्यसलगत्तै बसेको बैठकले पुनः सभापतिको जिम्मेवारी दिएको हो ।

 

नागरिकताको विवादमा सांसद, मन्त्री र सभापतिबाट पदमुक्त भएका लामिछानेले तत्काल कार्यवाहकको रुपमा उपसभापति डिपी अर्याललाई जिम्मेवारी दिइएको थियो ।रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो

 

चार सदाचारी, ती कर्मयोगी

एक अबोध बालक, जसले सायदै सोचेका थिए ‘मेरो आँखाको दृष्टि फर्कनेछ र यो जुनीमा सप्तरंगी संसार देख्न पाउनेछु ।’ जसै उनलाई यो अनपेक्षित नतिजा प्राप्त हुन्छ उनले पहिलो पटक के देख्न चाहन्छ ?त्यही देवतातुल्य

रवि लामिछानेले भने बार्दलीबाट नमस्कार गर्दै अब मेरो भन्नुपर्ने केही छैन, गर्नुपर्ने धेरै छ…

एनपर्दा संवाददाता

17 0Google +0 0६७ पटक

 

काठमाडौं- ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भने अब आफूले भन्नुपर्ने बाँकी केही नरहेको बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीले बोल्न गरेको आग्रहमा रविले आफूले अब बोल्नुपर्ने बाँकी केही नरहेको बरु गर्नुपर्ने धेरै रहेको बताए ।

 

अब मैले भन्नुपर्ने केही पनि छैन । गर्नुपर्ने चिजहरू छन्,रविले भने । गएको शुक्रबार सर्वोच्च अदालतले उनको नेपाली नागरिकता अवैध रहेको ठहर गरेपछि उनले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । तर, आज उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट फेरि नेपाली नागरिकता लिएका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् ।काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन् ।लामिछानेले अमेरिका नागरिकता हुँदाहुँदै नेपाली राहदानी निकालेको भन्दै विवादमा छन् ।

 

यस विषयमा प्रहरीले अनुसन्धान समेत थालेको थियो । तर गृहमन्त्री भएर आएपछि रविको पासपोर्टको विवादको छानविन रोकिएको छ ।राहदानी सम्बन्धी कानूनमा आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने व्यवस्था छ ।

 

२१ फेब्रुअरी २०१४ (२०७०) मा अमेरिकी नागरिकता लिएका लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए । जुन उनले फिर्ता गरेका हुन् ।रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति बनेका छन् ।

 

रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई आज पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिएका छन् । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । त्यसलगत्तै बसेको बैठकले पुनः सभापतिको जिम्मेवारी दिएको हो ।

 

नागरिकताको विवादमा सांसद, मन्त्री र सभापतिबाट पदमुक्त भएका लामिछानेले तत्काल कार्यवाहकको रुपमा उपसभापति डिपी अर्याललाई जिम्मेवारी दिइएको थियो ।रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो

 

चार सदाचारी, ती कर्मयोगी

एक अबोध बालक, जसले सायदै सोचेका थिए ‘मेरो आँखाको दृष्टि फर्कनेछ र यो जुनीमा सप्तरंगी संसार देख्न पाउनेछु ।’ जसै उनलाई यो अनपेक्षित नतिजा प्राप्त हुन्छ उनले पहिलो पटक के देख्न चाहन्छ ?त्यही देवतातुल्य डाक्टर, जसले उनलाई सोच्दा पनि नसोचेको खुसी फर्काइदिए ।

 

आँखा खोल्दा उनले देख्छन्, एक बटुलो र निर्दोस अनुहार । खस्रो तर दिव्य आभाले फक्रिएको । अनायसै उनको हात त्यो अनुहार सुम्मसुम्याउन हतारिन्छ । तिनको टाउको, अनुहार, चस्मा अनि आँखा । सबै एक एक स्पर्श गरेपछि बालकको गदगद् हृदयले भन्दो हो, ‘तिमी पनि साधरण रहेछौं, म जस्तै । तर, कति असाधरण काम गरिरहेछौं ।’

 

डा. सन्दुक रुइतसँगको यो दृश्यांश हेरेपछि जसको पनि मन भक्कानिन्छ, थोरै करुणाले र धेरै हार्दिकताले ।१३ बर्षे रोशन थिङले मोतियाविन्दुको कारण दृष्टि गुमाएका थिए । हेटौंडाको सामुदायिक आँखा अस्पतालमा डा. सन्दुक रुइतले उनको आँखाको शल्यक्रिया गरिदिएका थिए, निशुल्क । शल्यक्रियापछि पहिलो पटक आँखाको पट्टी खोल्दा रोशन कति खुसी थिए ? भिडियोमा देख्न सकिन्छ । डा. रुइतले एक साक्षतकारमा सुनाएका छन्, ‘यस्तो एग्रेसिभ रियाक्सन धेरै देखेको छैन, धेरै सुन्दर रियाक्सन ।’

 

पहिलो पटक संसार देख्दा मान्छेको अनुहारमा जुन खुसीको लहर छरिन्छ, डा. रुइत हरेक दिन त्यस्तै खुसी बटुल्न आतुर हुन्छन् । दिनमै पचासौं जनाको खुसीमा आफुलाई समाहित गरिदिन्छन् । र, त्यसबाट प्राप्त हुने अपुरणिय आनन्दमा मग्न हुन्छन् ।ओशो भन्छन्, ‘सुख र दुःख दुबै अस्थायी हुन् । स्थायी भनेको आनन्द हो, जुन हामी आफै भित्रबाट प्रकट हुन्छ ।’ अतः यस्तो आनन्दको मूल स्रोत हो, सत्कर्म ।

 

केही यस्ता पात्र, जो सत्कर्मबाट जीवनको सार्थकता पहिल्याउँछन् । जस्तो कि, कुलमान घिसिङ । जस्तो कि, महावीर पुन । जस्तो कि, गोविन्द केसी । जस्तो कि, सन्दुक रुइत । यी यस्ता चार पात्र हुन्, जसले मुलुकमा आशा, उमंग र उत्साहलाई निभ्न दिएका छैनन् ।मुलुकमा धूर्त, लोभी, भ्रष्ट, असुरहरुको जत्था मात्र छैन, केही त कर्मयोगी र सदाचारी पनि छन् जसले कर्म र निष्ठाको आलोकमा उभिएर मुलुकमा आशा, उत्साह, उमंग बाँढिरहेका छन् ।

 

कुलमान घिसिङ : अर्थात उज्यालो

स्थिती कतिसम्म भयावह थियो भने धनपतिहरुले जेनेरेटर–इन्र्भटर जगेडा राख्नुपर्ने, दीनदुःखीले टुकी जोहो गर्नुपर्ने । सर्बत्र अन्धकार, निष्पट अन्धकार । बिजुली आउने÷जाने टुंगो छैन । लोडसेडिङको लम्बेतान तालिकाले देखाउँछ, १८ घण्टा त अध्याँरोमा बस्नुपर्नेछ ।

 

यो अन्धकारमा एकाथरी अन्यौल भविष्य र अत्यासले सुस्केरा हाल्दै रात कटाइरहे, अर्कोथरी अकुत धनदौलत थुपार्न सल्बलाइरहे । १८ घण्टासम्मको अन्धकारले मुलुकलाई कति पछाडि धकेल्यो ? कति उद्यम–व्यवसाय चौपट भयो ? कतिको सपना तुहियो ? कतिले घर छाडे ? कति चिन्ता र डिप्रेसनले ग्रस्त भए ? कति आत्महत्या गर्न बाध्य भए ? लेखाजोखा गरिसाध्य छैन । यही कुटिल र जटिल पृष्टभूमीमा उदय हुन्छ, कुलमान घिसिङको ।

 

सिनेमाका नायक झै भ्रष्ट व्यवस्थामाथि निर्भिकतासाथ हस्तक्षेप गर्दै उद्घोष गर्छन्, ‘अब तपाईंहरुले अध्याँरोमा बस्नुपर्दैन । निर्धक्क विजुली बाल्नुभए हुन्छ । अब सधै–सधैका लागि लोडसेडिङ अन्त्य भएको छ ।’नभन्दै विद्युत प्राधिकरणको शब्दकोशबाट ‘लोडसेडिङ’ हट्छ । अविछिन्न बिद्युत अपूर्तिले मुलुक धपक्कै बल्छ ।

 

के कुलमान घिसिङले छुःमन्तर गरेर यस्तो संभव भयो ? के उनीसँग जादुको छडी थियो ? एकदमै हार्दिकतासाथ कुलमान घिसिङ भन्ने गर्छन्, ‘मैले त त्यस्तो केही गरेको होइन । बस् आफ्नो कर्तव्य मात्र निर्वाह गरेको हो ।’एउटा इमान्दार कर्मचारीले आफ्नो कर्तव्य बोध गरिदिँदा र त्यसलाई दृढतासाथ पालना गरिदिँदा कत्रो कायपलट ?

 

आखिर उनी को हुन् र ? रामेछापको एउटा विकट गाउँमा हुर्केका मामुली किसानको छोरो । स्कुले जीवनभर उनले बिजुली देखेनन्, टुकी बालेर पढे । पाँच कक्षा पास गरेर काठमाडौं आए । काठमाडौं आएपछि उनले देखे झिलिमिली बिजुली । यो उज्यालो देखेपछि उनले प्रण गरे, ‘मेरो गाउँ बेथानमा पनि यसरी नै बिजुली बाल्छु ।’

 

काठमाडौंमा आफ्ना दाइहरुसँग बसेर उनले पढे । पढाईमा मिहेनती । मेधावी । पढ्दै गए र छात्रावृत्तिमा भारतमा पढ्न गए । त्यहाँबाट फर्कदा उनको हातमा बिएस्सी इलेक्ट्रिक इन्जिनियरको प्रमाणपत्र थियो । हृदयभरी थियो, नयाँ जोश र उर्जा ।

 

अन्ततः स्वदेश फर्किएर उनी विद्युत प्राधिकरणमा सातौ तहको इन्जिनियरको जागिरे भए । यता जागिर यथावत छ, उता पुल्कोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे । त्यसैगरी पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा इएमबीए पनि सकाए । एकातिर प्राविधिक ज्ञान, अर्कोतिर व्यवस्थापकिय गुण । यही ज्ञानगुणले बनायो उनलाई, उज्यालोको पर्याय ।

 

उनले क्याम्पसमा जे पढे, व्यवहारिक जीवनमा त्यसैको उपयोग गरे । चिलिमे जलविद्युतको जिम्मेवारी पाएपछि उनले आफ्नो क्षमतालाई भरपुर प्रयोग गरे । आखिरमा छोटो समयमै चिलिमे परियोजनालाई सफलताको विन्दुमा पु¥याइदिए । तर, पछि उनलाई उक्त परियोजनाबाट विच्छेद गरेर केन्द्रमा तानियो । दुई बर्षसम्म भूमिकाविहिन बनाइयो । उनलाई कतिसम्म गलाइयो भने, राजीनामा दिने मुडमा सम्म पुगे ।

 

जब तत्कालिन सरकारले उनलाई सुयोग्य देखेर प्राधिकरणको कप्तानी हाँक्ने जिम्मेवारी दिए, तब उनले आफ्नो जुझारु र कर्मठ अवयवलाई गतिशिल बनाइरहे । घरको तातो भात र न्यानो ओछ्यान छाडे । भोग–विलास र ऐश आरम त्यागे । त्यही त्यागको प्रतिफल थियो, मुलुकको उज्यालो ।

 

अनेक प्रपञ्च रचेर दिनदिनै लोडसेडिङको तालिका निकाल्ने तत्कालिन विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले र उनलाई आड दिने नेता, साथ दिने कर्मचारी, हात दिने व्यापारीले कसरी यत्तिका बर्षसम्म मुलुकमा अँध्यारोको बिजनेस गरिरहेका रहेछन् ? जनताले थाहा पाए ।

 

इन्र्भटर, जनेरेटर, सोलार प्लान्ट आदिको धन्दाबाट अकुत दौलत थुपार्नका लागि कतिसम्म घटिया तौर–तरिका अपनाइएको रहेछ ? जनताले थाह पाए ।कुलमान घिसिङ जस्तो सदाचारी र कर्मयोगी यो भ्रष्ट व्यवस्थाको क्रमभंग नगरिदिएको भए आज पनि हामीले सुस्केरा हाल्नुपथ्यों, लोडसेडिङको तालिका हेर्दै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय