राजनीति
अस्ट्रेलियामा नेपाली नर्स यी पाण्डेले बृद्धामाथी कुटपिट गरेपछी प्रहरीले घिसार्दै हाल्यो जेल, हेर्नुस (भिडियो सहित)

प्रकाशित: २०७९ माघ १६ गते, सोमबार काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

काठमाडौं । वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् ।

इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जनाएको छ ।

पाण्डेले द्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो । पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धासमेत छिन् ।

पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार भएको सुन्नु निक्कै दुखदायी भएको बताइन् । पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।

यसैबीच दुई दिने नेपाल भ्रमणमा रहेकी राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विषयमा चासो व्यक्त गरेकी छन् ।

भ्रमणको दोस्रो दिन ललितपुरस्थित पाटन दरवार स्क्वायरस्थित बहादुर शाह भवनमा पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो भेटघाटका क्रममा यस विषयमा छलफल भएको जानकारी दिइन् ।

‘भ्रमणका क्रममा नेपाल अमेरिका सम्बन्धका विषयमा छलफल भयो । साथै, नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विषयमा समेत महत्वपूर्ण छलफल भएको छ,’ उनले पत्रकार सम्मेलनमा भनिन् ।

गत मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने उनी पहिलो उच्च अमेरिकी अधिकारी हुन् ।

दक्षिण एसियाली मुलुकहरूको भ्रमणका लागि निस्केकी नुल्याण्ड दुई दिन नेपालमा बिताएर भारत, श्रीलंका र कतार हुँदै अमेरिका फर्किने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणका क्रममा न्युल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी छन् । आइतबार पुगेकी न्युल्यान्डले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् ।

त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी नुल्याण्ड नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी थिइन् ।

उनले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी छन् । राजनीतिक भेटघाट सकिएपछि उनले पाटन दरवार स्कायरको अवलोकन गरेकी थिइन् भने त्यसपश्चता पत्रकार सम्मेलन गरेकी थिइन् ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपेली युनियन (ईयू) को कालोसूचीबाट हटाउन पहल गरिदिन नेपालका लागि फ्रान्सका राजदूत एचई गिल्ससँग आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री किरातीले यस्तो आग्रह गरेका हुन् ।

१ माघमा पोखरामा भएको जहाज दुर्घटनापछि कालोसूची अझै लम्बिने संकेत ईयूले गरिसकेको छ । नेपालको हवाई उड्डयन क्षेत्र सन् २०१३ देखि ईयूको कालोसूचीमा छ ।

भेटमा नेपालबाट हराएका पुरातात्विक महत्वका मूर्ति फ्रान्सका संग्रहालयमा रहेको भन्दै नोपल ल्याउन गरिने पहलका बारेमा समेत छलफल भएको मन्त्री किरातीले जानकारी दिएका छन् ।

राजदूत गिल्ससँग नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ ।

यसैगरी सरकारले परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई मित्रराष्ट्र श्रीलंकाको ७५औं वार्षिक उत्सवमा भाग लिन जानको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

पौड्याल परराष्ट्रमन्त्री बनेपछिको यो पहिलो विदेश भ्रमण हो । परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंकाको राजधानी कोलम्बो जाने तयारी मन्त्रालयले यस अघिदेखि नै गरिरहेका छ ।

भ्रमणका क्रममा पौड्यालले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यतालिका रहेको मन्त्रालय स्रोतको भनाइ छ ।

श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेले ७५ औं स्वतन्त्रता बर्षगाठका अवसरमा मंगलबारदेखि आयोजना हुने कार्यक्रममा विभिन्न मुलुकका परराष्ट्रमन्त्री र उच्च पदस्थ अधिकारीलाई निम्त्याइएको छ । श्रीलंकन समकक्षी अलि साब्रिको निम्तोमा परराष्ट्रमन्त्री पौड्याललाई कोलम्बो जान लागेकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौड्यालले समकक्षी साब्रिसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय