रबी लामिछानेलाई लाग्यो आजसम्मकै ठूलो धक्का, रोक्दा रोक्दै प्रहरीले नै चाल्यो कठोर कदम !
समाचार रबी लामिछानेलाई लाग्यो आजसम्मकै ठूलो धक्का, रोक्दा रोक्दै प्रहरीले नै चाल्यो कठोर कदम !
रबि लामिछानेलाई फेरी फसाउने षड्यन्त्र, काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

‘प्रशासनबाट पत्र आएको छ। छानबिनको प्रक्रिया अघि बढेको छ,’ मैनालीले भने। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि उकेरा डटकमले प्रकाशित गरेको थियो।लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिन्न।

विदेशी नागरिकता लिने वित्तिकै नेपाली नागरिकता कायम रहन्न। विदेशी नागरिकता लिने भएपछि आफैले नागरिकता त्याग्नुपर्छ। तर उनले निष्कृय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको देखिन्छ।लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए।

यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टिकरण सोध्दासम्म मतदान भइसकेको थियो। त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो। उक्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो।

प्रशासनले यसमा छानबिन गर्न परिसरलाई पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले जानकारी दिए। विदेशी नागरिकता त्याग्नु भन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ।

‘मंगल चाचा’ सांसद

२०४३ मा सूर्य चिह्न लिएर राष्ट्रिय पञ्चायतमा उठेर पराजित भएका गुप्ता ३६ वर्षसम्म विभिन्न दल चहारेर आठौं पटकमा भने सूर्य चिह्नबाटै निर्वाचित

कपिलवस्तु — प्रत्येक निर्वाचनमा मतगणना सुरु हुँदाको दुई–तीन दिनसम्म उनी जहिल्यै अगाडि हुन्थे । सुरुमा कसैले उछिन्न नसक्ने उनी चौथो दिन सुरु भएपछि पछाडि पर्दै जान्थे । सुरुमा जित मिल्ने आसमा हौसिने उनी पछाडि परेपछि निराश बन्थे । उनले यस्तो एक पटक होइन, सात पटकसम्म भोगे । तर उम्मेदवारी दिन छाडेनन् ।

एक दिन त सफल भइन्छ भनेर मनोनयन दाखिलामा अगाडि रहने कृष्णनगर–२ का ७७ वर्षीय मंगलप्रसाद गुप्ता (मंगल चाचा) मंसिर ४ को निर्वाचनमा कपिलवस्तु–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बने ।

मतदानको भोलिपल्ट गणनाको सुरुवातमै उनले अग्रता लिएका थिए । तीन दिनसम्म अग्रता कायम रहे पनि विगत सम्झेर ढुक्क भने थिएनन् । ‘फेरि पुरानै नियति दोहोरिने चिन्तामै थिएँ,’ उनले भने, ‘यस पटक चौथो दिनसम्म पनि प्रतिस्पर्धी अगाडि आएनन्, निरन्तर अग्रता बनाइरहें ।’ पाँचौं दिन मतान्तर झन् बढाए । त्यसपछि ढुक्क भए । २०३९ देखि निर्वाचन लड्दै आएर उपविजेतामा सीमित रहने गरेका उनी आठौं प्रयासमा फराकिलो मतान्तरले विजयी भए । लामो समय चुनाव लडेर यस पटक जितको इतिहास रच्ने मंगल चाचाको अहिले कपिलवस्तुमा चर्चा छ ।

यस पटक उनी एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । उनले कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहलाई ३ हजार ६ सय ३७ मतको फराकिलो अन्तरले हराए । उनले २० हजार ८ सय ५२ मत प्राप्त गरे भने शाहले १७ हजार ७ सय ८८ मत ल्याए । २०२४ मा पहिलो पटक उम्मेदवार बन्दा गुप्ता २२ वर्षका थिए । त्यसबेला ७५ जिल्लाका प्रतिनिधिले मत दिएर उनी नेपाल युवक संगठनको केन्द्रीय सदस्य भएका थिए । पञ्चायतको युवक संगठन राम्ररी सम्हालेका उनी त्यतिबेला प्रभावशाली नेता मानिन्थे । पञ्चायतका तार्किक, बुद्धिजीवी र प्रभावशाली नेता उनलाई जीवनमा दोस्रो जित निकाल्न ५५ वर्ष कुर्नॅ पर्‍यो ।

लामो समयदेखि पराजयको पीडा भोग्दै आएका उनमा अहिले जित हात पार्दा खुसीको सीमा छैन । ‘लोकतन्त्रको सुन्दर पक्ष हार–जित हो,’ उनले भने, ‘म पराजित भए पनि जनताको सेवामा लागिरहें ।’ प्राविधिक कारणले हारे पनि कुनै न कुनै बेला जनताले मलाई न्याय दिन्छन् भन्ने आशा मनमा रहेको उनले सुनाए । ‘अहिले जनताको मनमा बस्न पाउँदा जीवनको उत्तरार्द्धमा आनन्दित बनेको छु,’ उनले भने ।

थोरै भए पनि गरिब विपन्न जनताको अनुहारमा उज्यालो ल्याउन सके आफ्नो जितको सार्थकता हुने उनले सुनाए । चार दशकदेखिको संघर्ष सफल हुँदा हतास र निराश हुनुहुँदैन भन्ने शिक्षा पाएको उनले बताए । गुप्ता सुरुमा २०३९ मा तत्कालीन जिल्ला पञ्चायत सभापतिमा चुनाव लडेका थिए । दमाहा चुनाव चिह्न पाएका उनी पराजित भए । त्यसपछि २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवारी दिए । बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक व्यवस्थाका ६ वटा निर्वाचनमा पराजय भोग्नु पर्‍यो । तीन पार्टी परिवर्तन गरे र चौथो पार्टी एमालेबाट चुनाव जिते ।

२०४३ मा सूर्य चुनाव चिह्न लिएर राष्ट्रिय पञ्चायत सदस्य लडेका उनी २४ हजार मत ल्याउँदै चौथो भएका थिए । संयोग ३६ वर्षपछि त्यही सूर्य चिह्न लिएर लडेका उनले अहिले विजयको माला पहिरिएका छन् । उनी एमालेका पुराना कार्यकर्ता भने होइनन्, गत पुस ६ मा पार्टी प्रवेश गरेका हुन् ।

२०२४ देखि राजनीति थालेका गुप्ता २०४८, २०५१ र २०५६ मा कांग्रेसबाट जिल्लाको तत्कालीन क्षेत्र नं. ४ बाट संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए । २०७० र २०७४ को संविधानसभा सदस्य र संसदीय चुनाव तमलोपा र मधेसी जनअधिकार फोरमबाट लडे । सबै निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी बनेर चित्त बुझाउनु पर्‍यो । एक पटक कांग्रेसले समानुपातिकमा नाम राखे पनि उनी सांसद हुन पाएनन् ।

उनका साथी भगवानदास गुप्ता, राघवेन्द्रप्रताप शाह, हरिनारायण रजौरिया र दीपकुमार उपाध्यायले पटक–पटक जितको स्वाद चाखे पनि उनले भने सधैं पराजय भोग्दै आएका थिए । शाह, रजौरिया र उपाध्याय मन्त्रीसम्म भए । ‘मंगल चाचा विचलित भएनन् । धैर्य र संयम भएर राजनीतिमा लागिरहे । जनताको सेवा गरिरहे,’ स्थानीय मौलाना मकसुद नेपालीले भने, ‘लामो त्याग र संघर्षलाई जनताले अनुमोदन गरे । जनताले न्याय गरे । अहिले हामी निकै खुसी छौं ।’ पञ्चायत र संघीय गणतन्त्रमा निर्वाचन धेरै फरक भएको उनले बताए ।

‘पञ्चायतमा चुनाव चिह्न मात्र हुन्थ्यो । आफूले गर्न सक्ने काम, व्यक्तित्व र प्रभावका आधारमा चुनाव लडिन्थ्यो,’ मंगलप्रसाद अनुभव सुनाउँछन्, ‘चुनाव चिह्न देखाउने र बुझाउने काम हुन्थ्यो । सभा, भेला र मञ्चका कार्यक्रम गरेर मतदातालाई रिझाउने गरिन्थ्यो । दुई–चार जना सहयोगीको भरमा प्रचारमा निस्किन्थ्यौं ।’ पञ्चायतकालमा गाना बजाना र गीतसंगीतको माध्यमबाट पनि मतदातालाई आकर्षित गरिन्थ्यो उनले सुनाए । ‘पढेलेखेका कम थिए । बुझाउनै गाह्रो थियो,’ उनले भने, ‘तर, अहिले चुनावमा व्यक्तिभन्दा पार्टी संगठन बढी परिचालित हुन्छ । पार्टी नै लाग्छ । पार्टीको एउटा घोषणापत्र र नीति कार्यक्रम हुन्छ । त्यही सुनाउँदै, देखाउँदै जनताबीच पुगिन्छ ।’

प्रचार शैली पञ्चायतकालको भन्दा अहिले धेरै सजिलो भएको उनले सुनाए । पढेलेखेका र आईटी बुझेका युवा पंक्तिका कारण पनि अहिले चुनाव फरक भएको उनको अनुभव छ ।

२०४३ को राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा ४ हजार भारुमा राजदूत मोटरसाइकल किनेर निर्वाचन क्षेत्रभरि प्रचारमा डुलेको उनले सम्झना गरे । ‘पूरै जिल्ला कोठीदेखि अर्रा नदीसम्म एउटा क्षेत्र थियो,’ उनले भने, ‘झन्डै ८ हजार किमि मोटरसाइकल चलाएर प्रचार गरें ।’ २०४३ सालमा १ लाख १५ हजार रुपैयाँ चुनावमा खर्च भ्याएको र अहिले प्रतिनिधिसभाको निर्वाचनमा खटिइरहँदा झन्डै २९ लाख रुपैयाँ खर्च भएको उनले सुनाए ।

चार दशकदेखि चुनाव लड्दै आएका कारण उनको जनतामा राम्रो पकड थियो । ‘१५/१६ हजार मेरा व्यक्तिगत मत थिए,’ उनले भने, ‘त्यसमा मजबुत संगठन भएको एमाले पार्टीसँग जोडिएँ । त्यसैले चुनाव जित्न सहज भयो ।’ पढेलेखेका र त्यतिबेलाका प्रतिभावान युवा गुप्ता पञ्चायती शासकको नजरमा राम्ररी परेका थिए । मधेस क्षेत्रमा युवालाई अगाडि ल्याउन सके राम्रो प्रभाव पार्न सक्ने आकलन गरेरै तत्कालीन शासकले उनलाई राम्रो ‘एक्सपोजर’ दिए ।

तालिम, गोष्ठी र अनुभव आदानप्रदान गर्न २८/३० मुलुक गए । उनी राष्ट्रिय पञ्चायत सदस्यमा पराजित भए पनि पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य बनाइएका थिए । समिति सदस्यलाई पनि राष्ट्रिय पञ्चायत सदस्य बराबरकै हैसियत र सुविधा हुन्थ्यो । समिति सदस्य हुँदा उनले मुलुकका ५५ जिल्ला पुगेर जिल्ला पञ्चायत सभापति, सदस्य, प्रधानपञ्च र सरकारी अधिकारीलाई तालिम दिएका थिए । पञ्चायती शासकले उनलाई भाषण गर्न बढी प्रयोग गर्थ्यो । राजनीतिमा लाग्ने प्रेरणा बुबा लौटनरामबाट पाएको मंगल चाचाले बताए । ‘दमन, अत्याचार र सामन्तवादी विचारको थिचोमिचोविरुद्ध बुबा सधैं लाग्नुभयो,’ उनले भने, ‘त्यही मेरा लागि प्रेरणा बन्यो ।’

मजदुर किसानको हक अधिकार स्थापित गर्न उनी आन्दोलनमा पनि हिँडेका थिए । २०२५ सालमा परासीमा धनही (धान बाली लगाएबापत दिनुपर्ने कर) घटाउनुपर्ने भन्दै आन्दोलन गरे । प्रहरीबाट धरपकड र गोलीसमेत चल्यो । त्यही आन्दोलनले धनही कर घटाएको उनले सुनाए । २०५१ सालमा कांग्रेस आबद्ध नेपाल किसान संघको केन्द्रीय सचिव भए ।

त्यस्तै कपिलवस्तुमा मोहीको हक अधिकारको स्वामित्व रहेको २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत दिलाउन २०५६ मा उनैले नेतृत्व गरेका थिए । कृष्णनगरमा बिडी उद्योगका मजदुरको आन्दोलन चलाएर पारिश्रमिक बढाएका थिए । २०५६ मा कपिलवस्तुको तौलिहवास्थित प्रशासन कार्यालयअघि कृषकको ३८ सूत्रीय माग राखेर ६७ दिन रिले अनशन बसे । गिरिजाप्रसाद कोइराला आएर उनको अनशन तोडाएका थिए ।

मंगल चाचाको सामाजिक काममा पनि उस्तै रुचि छ । पश्चिमी क्षेत्रको गणेशपुरमा ४० कट्ठा जग्गा दिएर बाबुआमा लौटनराम द्रोपदीदेवीको नाममा विद्यालय सञ्चालन गरेका छन् । त्यस्तै बदौंरमा ९ कट्ठा जग्गा दिएर मंगलप्रसाद स्वतन्त्रतादेवी गुप्ता विद्यालय सञ्चालन गरेका छन् । ‘परिवारको पनि पूरै सहयोग छ,’ छोरा विवेक गुप्ताले भने, ‘त्यही भएर अमेरिका बस्ने चारै जना छोरा चुनावमा यहाँ आएका छौं । बुबा परिवारभन्दा क्षेत्रका जनताको चिन्ता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय