सोमबार , बैसाख २४, २०८१

नागरिकता हात पर्ने बित्तिकै रबीले भने ‘अब म कसैलाई बाँकी राख्दिन, अब एकएक गरि जेल कोच्छु’(कस्तो लाग्यो आफ्नो प्रतिकृया अवस्य दिनुहोला)काठमाडौ

रबी लामिछानेले नेपाली नागरिकता पाउनासाथ अब कसैलाई बाँकी नराख्ने घोषणा गरेका छन। नेपालमा कसैले के गरिरहेको छ सबै मलाई था छ अब एकएक गरि भित्र हाल्ने चेतावनी दिएका छन । भ्रष्टाचार गरेर थुपारेको सबै सम्पत्ति जफव गर्ने पनि उनले बताए । अब चुप लागेर नबस्ने उनले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

रबी लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् । ‘उहाँले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गर्नु भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने ।

लामिछानेले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो ।

यसअघि नेपालमा नागरिकता लिए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका लामिछाने गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए । त्यसपछि उनी यतै बसे । ०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका उनले ०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए । तर‚ नेपाली नागरिकताको पुनः प्राप्तिको प्रक्रिया पूरा गरेका थिएनन् ।

कानुनबमोजिम त्यसबेला नै अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्नेमा लामिछानेले त्यो प्रक्रिया पूरा नगरी पुरानो नागरिकता प्रयोग गर्दै आएका थिए ।

त्यही नागरिकता प्रयोग गरेर उनले गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका थिए भने चितवन–२ बाट चुनाव जितेर सांसद र गृहमन्त्रीसमेत बनेका थिए । तर, उनको नागरिकताको विषयमा सर्वोच्च अदालतमा रिट परेपछि अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी पदमुक्त हुने फैसला गरेको थियो । फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो ।

सर्वोच्चको फैसपापछि लामिछानेले आइतबारै जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गरेका हुन् ।

अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । सो रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको थियो ।

नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ।

रबी लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । लामिछाने पुन: नागरिकता प्राप्त गरेपनि उनलाई फेरि सभापति बनाउने तयारी रहेको छ ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुन: प्राप्त नगरेको कारण अदालतले उम्मेदवारी खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

रास्वपाले आइतबार दिउँसो साढे ३ बजे बैठक बोलाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नागरिकता नियमवालीको नियम ११ अनुसार नागरिकता पुन: प्राप्तिका लागि निवेदन दिएका थिए । निवेदनअनुसार उनले नागरिकता पुन: प्राप्त गरिसकेका छन् ।

अदालतको फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री, संसदीय दलको नेता, सांसद र पार्टी सभापतिबाट हट्नु परेको थियो ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय