सोमबार , बैसाख २४, २०८१

रविलाई जेल हाल्नु पर्छ भन्ने को हो त्यो भन्दै गर्जिए लहानु, रविलाइ फसाउने प्रचण्डको षड्यन्त्र हो हो

र यो पनि
रवि लामिछानेकाे नेपाली नागरिकता पुनः कायम खुशिले गदगद हुदै सबैलाई दिए धन्यवाद।

काठमाण्डाै – रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । उहाँले स्थानीय प्रशासनको सिफारिसअनुसार नागरिकता पुनः पाउँ भनेर दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नागरिकताको प्रमाणपत्र दिएको स्वकीय सचिव दीपक बोहोराले बताउनुभएको छ ।

यसअघि नै नेपालको नागरिकता लिइसक्नुभएका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्याग्नुभएको थियो । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिनुभएको थियो ।

सांसद हुँदै उप्रधान एवम् गृहमन्त्री बन्नुभएका लामिछानेको नागरिकता नै अवैध रहेको सर्वोच्चको फैसलापछि उहाँले पुनः नागरिकताको प्रमाणपत्र लिनुभएको हो । अवैध नागरिकताकै कारण उहाँको सांसद र मन्त्री पद खारेज भइसकेको छ ।

लामिछाने गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय