शुक्रबार , बैसाख १४, २०८१

काठमाडौँ। फर्पिङबाट केही पर दक्षिणकाली भन्ने स्थानमा छिन् दक्षिणकाली। काठमाडौंबाट १७ किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा छानो छैन। आकास नै देवीको छानो हो।

यो मन्दिर हरेक दिन १२ बजेपछि झण्डै एक घण्टा सर्वसाधरणका लागि बन्द हुन्छ। यसबीचमा मन्दिरका पुजारीहरूले तान्त्रिक विधिबाट निम पूजा गर्छन्। निम पूजा गरेपछि मात्रै पुजारीहरूले खाना खान पाउँछन्।

यो मन्दिर राजाहरूको देवाली मनाउन ठाउँको रूपमा पनि कुनै बेला प्रख्यात थियो। यो कालीदेवीको अर्थात चामुण्डादेवीको प्रतिमा स्थापना भएको मन्दिर हो। मन्दिर वरपर हरियाली छ। मन्दिर दुई नदीको दोभानमा छ।

मन्दिरमा कालीको मूर्तिबाहेक अन्य देवी देवताको मूर्ति पनि छन्। चामुण्डाको पश्चिममा चारहाते नरसिंही भगवतीको मूर्ति छ। शङ्ख, चक्र, गदा, कण्डी र अभय धारण गरेकी यी देवीको मुख सिंहीनी जस्तै छ।

त्यस्तै मन्दिरको आँगनको पश्चिमी चार किनारमा ७ रक्षिकाहरू र ६ मातृका इन्द्रायणी, वाराही, वैष्णवी, कुमारी, माहेश्वरी र ब्राह्मी छन्। गणेशको मुर्ति पनि त्यहिँ छ।

दशैंको नवरात्रिमा भक्तजनहरू हाँस, कुखुरा, राँगो, बोकाको बलि दिन्छन्। त्यो बाहेक हरेक साता मंगलबार र शनिबार पनि यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ।

सन्तान प्राप्ति, धन प्राप्ति, मुद्दामामिलामा जीत, नोकरीमा पदोन्नती लगायतका कामना पूरा हुने विश्वासका साथ भक्तजन मन्दिर जान्छन्। यो मन्दिर राजाहरूको देवाली मनाउन ठाउँको रूपमा पनि कुनै बेला प्रख्यात थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय