शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं।

सर्वोच्च अदालतको फैसलाले २३ फागुनमा ब्युँतिएको नेकपा एमाले हप्ता दिनमै फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संगठनसम्बन्धी कठोर निर्णय लिएपछि एमाले फुटको संघारमा पुगेको हो ।

आज ओलीले अध्यक्षका हैसियतले विधानको बाधा अड्काउ फुकाएर अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेका छन् ।

उनले स्थायी कमिटी पनि खारेज गरी महाधिवेशन आयोजक कमिटि गठन गरेका छन् ।

प्रदेश इञ्चार्जहरु पनि फेरबदल गरी पूर्व माओवादी केन्द्रबाट आएकाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

ओलीको यो कदमसँगै माधवकुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहेनन् । उपाध्यक्ष बामदेव गौतमको पद पनि गएको छ ।

अब नेपाल, खनाल र गौतमले गम्भीर कदम चाल्न सक्ने बुझिएको छ । उनीहरु एमालेबाट अब ओलीलाई निस्काशनको निर्णयमा पुग्ने गरी कदम चाल्ने तयारीमा छन् ।

ओलीको कठोर कदमसँगै नेपाल समूहले आकस्मिक बैठक डाकेर रणनीति बनाउँदैछ । एमालेमै रहेर संघर्ष गर्ने भनी निर्णय गरेको नेपाल समूहले ओलीको कदमको विरोध गरिसकेको छ ।

यसलाई विधान विपरित भनेपनि ओलीले भने माधव नेपाल र झलनाथ खनाललाई एमालेबाट निस्काशन जस्तैको अवस्थामा पुर्याएका छन् ।

अब माधव नेपाल पक्षधरले एमालेभित्र राजनीतिक सुनामी नै ल्याउने गरी रणनीति बनाउँदैछ ।

ओलीलाई ठुलै धक्का दिने गरी नेपालले तयारी गरिसकेको बुझिएको छ । सांसदहरुले आवश्यक परे राजीनामा गरेर अगाडि बढ्ने सम्मको तयारी भएको विश्वस्त स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय