शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

६ महिने लामो अनुसन्धानपछि बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यलाई लिएर नयाँ खुलासा भएको छ ।

राजपु’तको दे’ह’त्या’गप’छि ड्र’ग्स’को को’णबा’ट अ’नुसन्धान गरिरहेको भारतको ना’र्को’टि’क्स ब्यु’रो (एनसी’बी) ले अदालतमा लामो आरोप पत्र पेस गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

आरोपपत्रमा सुशान्तकी प्रेमिकासमेत रहेकी अभिनेत्री रिया चक्रवर्तीसहित ३३ जनाको नाम आएको छ ।

साथै २ सय साक्षीका बयान पनि आरोप पत्रमा उल्लेख छ ।

आरोप पत्र १२ हजार भन्दा बढी पृष्ठको छ भने यसको डिजिटल कपी करिब ५० हजारको रहेको समाचारमा जनाइएको छ ।

आरोपपत्रमा ला’गूऔ’ष’धको स्रो’त र बि’क्रीवितरणबारे समेटिएको बताइएको छ ।

तपाईंलाई जानकारी गराउ कि एनसीबीलाई आरोप पत्र पेस गर्न छ महिना लाग्यो ।

गत सेप्टेम्बरमा एनसीबीले रियालाई पक्राउ गरेको थियो ।

रिया, उनका भाइ शोविक चक्रवर्ती र सुशान्तका स्टाफबीच भएको ह्वाटस्याप च्याट बाहिरिएपछि अगस्टमा यो मुद्दा दर्ता भएको थियो ।

उनीहरुले स्वर्गीय अभिनेता सिंहका लागि ड्र’ग्स’ ख’रिद बि’क्री ग’रेको आरोप लागेको थियो ।

रिया, शोविक र सुशान्तका स्टाफ सामुएल मिरान्डा, दीपेश सावन्त धरौटीमा छुटिसकेका छन् ।

उनीहरुपछि एनसीबीले यो मुद्दामा ३० जना सम्बन्धितलाई हि’रासतमा राखेको थियो ।

एनसीबीले अभिनेत्री दीपिका पादुकोण, साराअली खान, रकुल प्रित, ऋद्धा कपुर, अर्जुन रामपाललगायतको बयान लियो ।

यी बयान र केही अनुसन्धानको नतिजा एनसीबीले अदालतलाई बुझाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय