बिहिबार , बैसाख २७, २०८१

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ गरेका दुईजनाको अहिले डीएनए परीक्षण गरिँदै छ। निर्मला हत्याको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिररहेको छ।

केहि दिन अघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको नेतृत्वमा निर्मला प्रकरणको अनुसन्धान गर्न छानबिन समिति बनेको थियो। सिंहको टोली अहिले अनुसन्धानको लागि कञ्चनपुर पुगेको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सपथग्रहण लगतै निर्मलाको हत्या प्रकरण छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए।

प्रचण्ड र बाबुरामको एकता प्रक्रिया पुरा

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूबीच शनिबार भेटवार्ता भएको हो। भेटमा दुई पार्टीबीच एकता, यही पुस २६ गते सरकारलाई विश्वासको मत दिने र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको (नेसपा) का नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए। नेता श्रेष्ठका अनुसार माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी पूरा भएको छ।

सात वर्षअघि माओवादी पार्टीको वरिष्ठ उपाध्य रहेका भट्टराईले विसं २०७२ असोज ९ मा माओवादी छाडी आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाउँदै अहिले नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष बनेका छन्। नेसपाले ४ मङ्सिरमा भएको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो।

शनिबार भएको दुई पार्टीका अध्यक्षहरूको भेटपछि पार्टी एकताको वार्ताको निम्ति कार्यदल बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो। सोहीअनुसार माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतसहित वार्ता टोली बनाएको छ। नेसपाले भने आज राजनीतिक समितिको बैठक राख्दै छ।
हेर्नुहोस् भिडियो

र यो पनि
अन्य खबर: रवि लामिछानेको निर्देशनमा विशिष्ट व्यक्तिको कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज मङ्गलवार विज्ञप्ति निकालेर विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत खटाइएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको जानकारी गराउनुभएको हो । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको हो ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गरी कार्यविधि मिचेर सुविधा दुरुपयोग भइरहेको भनी आलोचना हुँदै आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् । गृहमन्त्री रवि लामिछानेले सोमवार पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मन्त्री पदको शपथ लिएपछि उनले सोमवार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा रविले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

राजनीतिमा लागेको ६ महिनामै उनी उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाउन सफल भएका छन् । पत्रकारिकतामा हुँदा उनले भ्रष्टाचारवि’रुद्ध चर्को आवाज उठाएका थिए । अब कुर्सीमा बसेर सुधार गर्ने ठाउँमा उनी पुगेका छन् । उनले कसरी काम गर्छन् भन्ने विषय प्रतिक्षाको विषय छ । ‘गृह प्रशासनमा सुधार गर्न सकिने विषय धेरै छन्,’ गृहका एक अधिकारी भन्छन्,‘उनले कर्मचारी र प्रहरीलाई कसरी परिचालन गर्न सक्छन् त्यो महत्वपूर्ण छ ।’

राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको प्रहरीलाई लामिछानेले सही ढंगले परिचालन गर्न सके उनी सफल हुने एक उच्च प्रहरी अधिकारी बताउँछन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकताको विषयमा छानबिन गर्न प्रहरीलाई कुनै हस्तक्षेप नहुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय