आइतबार , बैसाख २३, २०८१

दुखद खबर
महान फूटबलर पेलेको दुःखद् निधन भएको खबरले स्तब्ध बनायो ! भावपुर्ण हार्दिक श्रद्धाञ्जली !!!हार्दिक श्रदाशुमन

यो पनि पढ़ुहोस : विश्वकप फुटबलको फाइनल खेलपछि अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले उनलाई बिक्री गर्ने तयारी गरेका छन् । स्पेनिस पत्रिकालाई उद्धृत गर्दै डेली मेलले एम्री मार्टिनेजको व्यवहारबाट खुसी नरहेको उल्लेख गरेको छ ।

विश्वकपमा उत्कृष्ट गोलकिपरका लागि ‘गोल्ड ग्लोब’ को अवार्ड हात पारेपछि मार्टिनेजले ट्रफीसँग आपत्तिजनक सङ्केत गरेका थिए ।

फुटबल एस्पानाको रिपोर्टमा एम्रीले मार्टिनेजको सो व्यवहारलाई नरुचाएको बताइएको छ । रिपोर्टमा मार्टिनेजले विश्वकपमा गरेको प्रदर्शनका बाबजुद एम्री उनलाई ‘चाँडोभन्दा चाँडो’ बिक्री गर्न चाहेको उल्लेख छ ।

यता, फाइनलपछि ३० वर्षीय गोलकिपरले बारम्बार किलियान एम्बाप्पेलाई गिज्याएको भन्दै फ्रान्सले फिफामा उनीविरुद्ध उजुरीसमेत गरेको छ ।

यो पनि पढनुहोस् : रोनाल्डोको स्थान लिने भनिएका युवा स्टारका लागि दुई क्लब आमने-सामने, पर्ने भयो कडा टक्कर !
कुनै बेला क्रिस्टियानो रोनाल्डोको युवा भर्सन भनेर चर्चा गरिएका जोआओ फेलिक्स एट्लेटिको म्याड्रिड छाने तरखरमा रहेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार फेलिक्स एट्लेटिको म्याड्रिड छाड्ने तयारीमा देखिएका हुन्।

दुई प्रिमियर लिग क्लबहरू उनको अर्को गन्तव्य हुने दाबी गरिएको छ। फेलिक्स बेन्फिकाबाट २०१९ मा ला रोजिब्लान्कोसमा सामेल भएका थिए। उनलाई त्यतिबेला विश्व फुटबलमा सबैभन्दा उम्दा युवा खेलाडीको रुपमा हेरिएको थियो।

पोर्चुगिज अपेक्षित रूपमा राम्रो लयमा भने देखिएनन्। एट्लेटिको पुग्नु भन्दा अगाडी उनी जुन लयमा थिए, अहिले छैनन्। स्पेनको राजधानीमा आएदेखि उनले एट्लेटिकोका लागि १ सय २९ खेल खेलिसकेका छन्।

जसमा उनले ३३ गोल गरेका छन् भने १९ असिस्ट दिएका छन्। उनले यो सिजन डिएगो सिमोनको पक्षबाट १८ खेल खेलिसकेका छन्। जस मध्ये नौ खेलमा उनी सुरुवाती ११ मा थिए।

यस सिजन उनले चार गोल गर्दा तीन असिस्ट दिएका छन्। आफ्नो करियर पुनरुत्थान गर्न एट्लेटिको म्याड्रिडबाट टाढा जान खोजिरहेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

पोर्चुगिज विंगरले रोजिब्लान्कोस छोड्दा म्यानचेस्टर युनाइटेड र आर्सनल मध्ये एक क्लबमा जान सक्ने सम्भावना रहेको छ। दुवै क्लबले उनलाई भित्र्याउन चाहेका छन्। तर उच्च रकम खर्च गर्न भने दुवै क्लब तयार नरहेको बताइन्छ।

युनाइटेड आफ्नो रोस्टरमा गहिराइ थप्न खोज्दैछ। क्रिस्टियानो रोनाल्डो बाहिरिएको र एन्थोनी मार्शलको चोटको समस्या र एन्थोनी एलान्गाको कमजोर फर्मलाई ध्यानमा राख्दै युनाइटेडले उनलाई भित्र्याउन चाहेको बेलायती मिडियाहरुको भनाई छ।

आर्सनल, यसै बीच, माइकल अर्टेटा अन्तर्गत एक ठोस परियोजना निर्माण गर्दैछ। युवा खेलाडीहरूले आश्चर्यचकित रुपमा आर्सनललाई प्रिमियर लिग को शिर्ष स्थानमा पुर्याएका छन्। फेलिक्सलाई थपेर क्लबलाई झनै बलियो बनाउने आर्सनलको योजना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय