शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं,

नेकपाको पछिल्लो राजनैतिक खटपटले राजनीतिक माहोल तातेको छ । नेकपा कानुनी रुपमा बिभाजित भई नसकेको अवस्थामा यतिवेला संसदिय दलमा बहुमतपुर्याउने खेल सुरु भएको छ ।

नेकपा भित्रको ओली पक्ष र प्रचण्ड–नेपाल पक्षमा दुबैको स्पष्ट बहुमत नभएपछि उपाध्यक्ष बामदेव गौतम दुवै पक्षको तानातानमा परेका छन् । अर्थात् गौतम पक्षलाई जसले पोल्टामा पार्न सक्छ, संसदिय दलमा उसकै बहुमत पुग्ने निश्चीत प्राय छ ।

गौतमलाई आफ्नो पक्षमा पार्न ओली र प्रचण्ड दुबै पक्षका नेताहरु दैनिक जसो गौतम संग छलफलमा जुटिरहेका छन् । दुवैपक्षले गौतमसंग राजनैतिक लेनदेनबारे प्रस्तावसमेत राखेका छन् ।

तर, गौतमले पार्टी एकताबाट मात्रै सहमति राख्ने अडान लिदै आएका छन् । कुनैपनि पक्षमा नलाग्ने गौतमले अडान कायम राखेका छन् ।

अहिले नेकपाको प्रचण्ड–नेपाल पक्षमा ८६ सासंद र ओली पक्षमा ८४ सासंद रहेका छन् । नेकपामा सभामुखसहित एक सय ७४ सासंद रहेकोमा चार जना सासंद गौतम पक्षमा रहेका छन् ।

तिनै चार जना सासंद नेकपाको निणार्यक शक्ति बनेका छन् । अव गौतमले लिने निणर्यले ओली र प्रचण्ड दुवै समुहको भविश्य निर्घारण गर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय