शुक्रबार , बैसाख १४, २०८१

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको ५ वर्षपछि प्रदेश सरकार रहने वा नरहने भन्ने प्रष्ट हुने बताएका छन् । विराटनगरमा आज गुरूराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ नामक पुस्तक विमोचन कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।‘

प्रदेशले ५ वर्षभित्रमा आफ्नो औचित्य पुष्टि गर्न सकेन भने प्रदेश हामीले बचाएर बच्दैन जनस्तरबाटै आवाज उठिहाल्छ’, उनले भने ।उनले प्रदेशलाई बलियो बनाउन कांग्रेस नेता गुरु घिमिरे जस्ता नेताको खाँचो रहेको पनि बताए । तर, घिमिरेले चुनाव हार्दा प्रदेशले राम्रो मान्छे मिस गरेको थापाको भनाइ थियो ।

उनले ५ वर्षको सरकार चलाउने भन्दा पनि के गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए । सरकार बनाउँदा स्पष्टता, प्रतिबद्धता र चरित्रवान नेतृत्व हुने बताउँदै उनले शक्ति, सीमा र स्रोतको सीमितताको बीचमा काम गर्नुपर्ने बताए ।वर्तमान अर्थतन्त्र समस्याग्रस्त भइसकेको र यसलाई समाधान नगर्ने हो भने संकटमा जाने पनि उनले बताए ।

काँग्रेसले ५ वर्षको सरकार राम्रो चलाए अहिलेको जस्तै २७ प्रतिशतको नभइ ४० प्रतिशतको आकारमा पार्टी पुग्ने उनले बताए ।यसैगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा भाग नलिने निर्णय गरेका थिए ।बुधबार फेसबुकमा भिडिओ जारी गर्दै सभापति लामिछानेले विभिन्न प्रदेशमा गरिएका भेलामा सहभागीहरूले प्रदेशको अहिलेको संरचना निकै खर्चिलो भएको र भ्रष्टाचारलाई बढाउन सघाउन बताएपछि आफूहरूले प्रदेश सभामा उम्मेदवारी नदिने बताएका थिए ।

उनले भनेका थिए ,‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ।यो निर्वाचनमा हाम्रो उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ। यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही होइन।प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं।’लामिछाने प्रदेश सभा खारेज गर्दै प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि बताएका छन्।‘एउटासँग चुनावी गठबन्धन, अर्कोसँग सरकार नैतिक हुँदैन’ – संसद विघटनभन्दा आलोपालो ठीक भन्नु पर्‍यो – हिजो कर्णाली प्रदेशमा मुख्यमन्त्री लिंदा कांग्रेस ठूलो दल थिएन, गठबन्धनको हिस्सेदार थियो । बागमतीमा एकीकृत समाजवादी पनि ठूलो दल भएकाले मुख्यमन्त्री लिएको होइन ।

अन्य प्रदेशहरूमा पनि यो लागू हुन्थ्यो । प्रचण्ड स्वयंले भन्नुभएको छ– प्रधानमन्त्री हुनु वा नहुनुले गठबन्धन रहने वा नरहने भन्ने तय हुँदैन ।चुनावको समीक्षामा जुटेको माओवादी केन्द्रले सबै विकल्प खुला राख्ने बताएलगत्तै सत्ता गठबन्धनमा रहेका अरू दलहरू तरंगित भए । सोमबार गठबन्धनको बैठक बसेर यसलाई निरन्तरता दिने निर्णय गरेका छन् ।माओवादी उपमहासचिव शक्ति बस्नेत पनि एउटा गठबन्धनबाट चुनाव लड्ने, अर्कोतिर बसेर सरकार बनाउने नैतिक नहुने बताउँछन् ।

भन्छन्, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए हामीलाई आपत्तिको विषय हुन्न, तर बनाउनुस् भनेर अराजनीतिक कुरा पनि गर्दैनौं ।’सत्तामा गठबन्धनलाई निरन्तरता दिंदा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूमा आलोपालो हुने उनले बताए । राष्ट्रपतिको हकमा जुन दलले पहिलो पालोमा प्रधानमन्त्री लिन्छ, राष्ट्रपति अर्को दलले पाउनुपर्ने उपमहासचिव बस्नेतले बताए ।प्रस्तुत छ, माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र दिपेश शाहीले गरेको कुराकानीको सम्पादित अंश :२०७४ मा वाम गठबन्धन गर्नुभएको थियो, यो पटक लोकतान्त्रिक वाम गठबन्धन बनाएर निर्वाचनमा जानुभयो । कस्तो आयो परिणाम ?

समग्र निर्वाचन, गठबन्धनको परिणाम र त्यसभित्र माओवादी केन्द्रले प्राप्त गरेको नतिजालाई राखेर अहिलेको निर्वाचनलाई हेर्नुपर्छ । समग्र चुनावी परिणामको समीक्षा गर्दा पहिलो, दोस्रो र तेस्रो पार्टी उही रहे । यसरी हेर्दा जनताले ठूला पार्टीहरूलाई अस्वीकार गरेर अर्को विकल्प स्वीकार गरेको देखिंदैन ।

तर मूलधारका पार्टीहरू खुम्चिएर केही नयाँले स्पेस पाएका छन् ।नयाँ आएका पार्टीलाई पनि जनताले पूरै विश्वास गरेका छैनन्, अलिकति स्पेस दिए । पुराना पार्टीलाई पूरै अविश्वास गरेनन्, अलिकति खुम्चिने अवस्था बनाए । अर्थात् पुराना पार्टीलाई मतदाताले केही सन्देश वा चुनौतीसहित अन्तिम मौका दिएका छन् । केही सुधार गरेर देश हाँक्नुस् भनेका छन् ।गठबन्धनको परिणाम हेर्दा त्यो पनि अपेक्षित रहेन ।

गठबन्धन भएकाले सबभन्दा धेरै देखिनु स्वाभाविक भयो । तर योभन्दा सुविधाजनक बहुमतको अपेक्षा गरिएको थियो ।माओवादीको परिणाम समीक्षा गर्दा केही सिट घटेको छ । समानुपातिकमा पनि केही घटेको छ । अघिल्लो पटक एमालेसँग सहकार्य गर्दा ५९ सिट लिएर ३५ जितेका थियौं । अहिले हामीले ४५ सिट लिएका थियौं, १८ जित्यौं । हाम्रो अपेक्षा ३० हाराहारी जितिन्छ भन्ने थियो ।सिट बाँडफाँटका क्रममै गठबन्धनको भावनालाई कदर गरेर हाम्रो जित सुनिश्चित जस्तै भएका केही क्षेत्र हामीले छाड्यौं । सल्यान, उदयपुर, सोलुलगायत केही हामीले जितेकै निर्वाचन क्षेत्र छाडेका हौं ।

जित्ने सम्भावना भएका क्षेत्र पनि छाड्यौं । सायद त्यसो नगरेको भए अरू ५ सिटभन्दा बढी जितिन्थ्यो । यसबाहेक केही ठाउँमा हामी ज्यादै झिनो अन्तरले पराजित भएका छौं । कतिपय क्षेत्रमा आफ्नै आन्तरिक व्यवस्थापनका कारण चुकेका छौं । यसरी हेर्दा ८ देखि १० सिटसम्म तल–माथि भएको छ । जे होस्, यो अपेक्षाकृत नतिजा होइन ।कहाँ कमि–कमजोरी रह्यो भन्ने समीक्षाकै विषय छ । यो पटक करिब ३६ लाख मतदाता नयाँ आएका थिए । उनीहरूसम्म पार्टीलाई किन पुर्‍याउन सकिएन ? चुनावी रणनीतिमा कहाँ चुक्यौं ? र, समग्र परिस्थितिका कारण राष्ट्रिय जीवनमा आएको उचारचढावलाई कसरी ह्याण्डल गर्ने भन्ने समीक्षा गरिरहेका छौं ।शतप्रतिशत नै ट्रान्सफर भयो भन्ने पनि होइन । पहिले पनि सबै भोट ट्रान्सफर हुन्छ भन्ने लागेको थिएन ।

चुनावमा आफ्नै पार्टीका भनिएका मतदाताले त शतप्रतिशत भोट हालेका हुँदैनन् भने गठबन्धनमा त्यो अपेक्षा हामीले राख्नु पनि हुँदैन । मूल रूपमा ट्रान्सफर भएकै हो, भएन भनियो भने वस्तुगत हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय