बुधबार , बैसाख २६, २०८१

अब रबि लामिछाने प्रधानमन्त्री बन्नुस साथ दिन तयार छौ युवा नेता आउनुपर्छ भन्दै गर्जिए ज्ञानेन्द्र शाहि हेर्नुहोस भिडियो सहित।

र यो पनि
बुधबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा सर्वोच्च अदालत जाने हल्लाले नेपाल बार एसोसियसनमा हलचल मचायो। प्रतिनिधिसभाको कार्यकाल सकिएको र नयाँ संसद् सञ्चालन नभएको अवस्थामा चोलेन्द्र सर्वोच्च फर्किने हल्लाले बारका पदाधिकारी आश्चर्यमा परे।

तत्कालै बैठक बसेर चोलेन्द्रलाई सर्वोच्च प्रवेश गर्न नदिने निर्णय गरे। बार अध्यक्ष गोपालकृष्ण घिमिरेको अध्यक्षतामा बैठक बसेर उक्त निर्णय गरिएको हो।

संघीय संसद् सचिवालयले महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराएपछि बारले विरोध जनायो। प्रधानन्यायाधीश चोलेन्द्रले दिउँसो ३ बजे सर्वोच्च फर्किने जानकारी दिएपछि बाक्लो संख्यामा बारका पदाधिकारी, सुरक्षाकर्मी र सञ्चारकर्मीको भीड लागेको थियो। तैपनि चोलेन्द्र आएनन्।

उनले आफू आज नआउने खबर पठाएपछि सबैज आ-आफ्नो बाटो लागे। सुरक्षाका लागि खटिएका उच्च प्रहरी अधिकृत भन्दै थिए( एक हप्ताका लागि काम पाइयो१ किनकि चोलेन्द्र मंसिर २७ गते अनिवार्य अवकाशमा जाँदै छन्। भोलि बिहीबार सार्वजनिक बिदा भएका कारण चोलेन्द्र अदालतमा उपस्थित हुन पाउने छैनन्। सम्भवतः उनी अब आइतबार मात्रै सर्वोच्च आउने भएका छन्।

अग्नि सापकोटाको त्यो पत्र, चोलेन्द्रको यो पत्र
प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीशमाथि अध्ययन गर्न बनाइएको समितिको प्रतिवेदन संसद्‌मा पेश गर्न निर्देशन दिएका थिए। उनले गत १ असोजमा संसद्को महासचिवलाई प्रतिवेदन संसद्‌मा पेश गर्ने व्यहोराको पत्र पठाएका थिए।

चोलेन्द्रविरुद्ध संसद्का ९८ जना सांसदले हस्ताक्षर गर्दै प्रतिनिधिसभामा महाभियोग प्रस्ताव गरेका थिए। एमाले र राप्रपाका सांसदहरूले भने फरक मत राखेका थिए। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको छ।

आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी पाऊँ भन्दै जबराले दिएको निवेदनअनुसार संघीय संसद् सचिवालयले पनि जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्यायपरिषद्लाई पत्र दिएको हो।

मंगलबार जबराले संघीय संसद् सचिवालयमा निवेदन दिएका थिए भने सचिवालयले बुधबार महाभियोग निष्प्रभावी भएको पत्र पठाएको हो।

जबराको निवेदन

श्रीमान महासचिवज्यू
संघीय संसद् सचिवालय। सिंहदरबार, काठमाण्डौं ।

मितिः २०७९/०८/२०

विषयः महाभियोग निष्प्रभावी भएको जानकारी गराइ पाऊँ ।

प्रस्तुत विषयको सम्बन्धमा संविधानको धारा १०१९२० बमोजिम तत्कालीन प्रतिनिधि सभामा पेश भएको महाभियोग संसद्को कार्यकाल समाप्त भइसकेको हुँदा १११ ९१०० को प्रतिबन्धात्मक संविधानको धारा ८९ (ग), ९१ (६) (क) वाक्यांश बमोजिम निष्प्रभावी भएको हुँदा प्रधानन्यायाधीशकोलागि सम्बन्धित निकायहरुलाई जानकारी गराइदिनु हुन सादर अनुरोध गर्दछु।

निवेदक चोलेन्द्र शमशेर जबरा
प्रधान न्यायाधीश

जबराको निवेदनअनुसार सचिवालयले दिएको पत्र

मितिः २०७९/१८/२१
पत्र संख्या स्– ०७९/८०
च.नं :

श्री राष्ट्रपतिको कार्यालय, शीतल निवास
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार
श्री संवैधानिक परिषद्को कार्यालय, सिंहदरबार
श्री सर्वोच्च अदालत, रामशाहपथ
श्री न्यायपरिषद्, समशाहपथ
सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जवरा, काठमाण्डौ ।

विषय जानकारी सम्बन्धमा ।

सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले मिति २०७१/०८/२० मा तत्कालीन प्रतिनिधिसभामा पेश भएको महाभियोग सो प्रतिनिधिसभाको कार्यकाल समाप्त भइसकेको हुँदा निष्प्रभावी भएकाले प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नका लागि सम्बन्धित निकायहरूलाई जानकारी गराइदिनुहुन भन्ने व्यहोराको निवेदन यस सचिवालयमा दिनु भएको विषय अनुरोध गर्दछ।

उपरोक्त निवेदनको सम्बन्धमा मिति २०७८ फागुन १ गते नेपालको संविधानको धारा १०१(२) बमोजिम वहाँविरुद्ध तत्कालीन प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्ताव र तत्पश्चात् संघीय संसद्को महासचिवबाट संविधानको धारा १०१ (६) बमोजिम कार्य सम्पादन गर्न नपाउने भन्नेव्यहोराको पत्र माथि उल्लेखित निकायमा जानकारी गराइएको थियो ।

सो महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेश, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चात्‌को प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइकेकोले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु।

प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नका लागि वहाँले दिनु भएको निवेदनको छायाप्रति यसै साथ संलग्न रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय