
काठमाडाैं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही गरेन भनेर विरोध गर्नेहरूले नै अहिले कांग्रेसलाई खोजिरहेको बताएका छन्।
कांग्रेसले केही गर्दैन भनेर विरोध गरिरहेकाहरू अहिले कांग्रेसलाई खोज्न थालेको देउवा बताउँछन्। कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको देउवाको भनाइ छ।
महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा बुधबार भएको विचार गोष्ठीमा देउवाले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस चाहियो?’
प्रतिनिधि सभामा कांग्रेसको ६३ सांसद छन्।
उनले मानिसहरूले कांग्रेसलाई खोजिरहेको पनि बताए। जनता, वुद्धिजीविहरू र पत्रकारले कांग्रेस कता छ भनेर खोजेकोले उनले धन्यबादसमेत दिए।
उनले नेकपाभित्र दुइटा समूह देखिएको तर पार्टी कानुनी रूपमा एक नै रहेको बताए। ‘उहाँहरूका बीचमा झगडा भयो। अहिले दुइटा समूह छ। पार्टी एकै छ। हामी कुनै पार्टी फुटोस् भन्ने चाहना पनि छैन,’ उनले भने।
सर्वोच्चले प्रतिनिधि सभा विघटनबारे अन्तरिम आदेश नदिएकोले आफूले पुनर्स्थापना र चुनाव दुबै जे भए पनि स्वीकार गर्छौं भनेको देउवाको भनाइ छ।
‘सर्वोच्चले स्टे अडर देला भनेको दिएन। त्यसपछि के होला के होला भन्ने लाग्यो मलाई। शंका थियो। त्यही भएर मैले पुनर्स्थापना र चुनाव जे भए पनि स्वीकार गर्ने बताएको हुँ,’ देउवाले भने।
सर्वोच्च अदालतको फैसला सामान्य हाे लड्डु खानै पर्ने के छ र ? : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।
सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुसी भएर, जित्यौं हामीले भनेर ।’
नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले भने, ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’
मंगलबार सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि चितवनमा प्रचण्ड र माधव नेपालले लड्डु बाँडेर खुशियाली मनाएका थिए ।