बुधबार , बैसाख २६, २०८१

टिकेट नदिएपछि स्वतन्त्र बन्छु भन्नेहरु असली स्वतन्त्र नहुने बताएकी छन्। शनिबार सामाजिक संजाल मार्फत मेयर शाहकी पत्नी सबिना काफ्लेले यसो बताएकी हुन्।

पार्टीले टिकेट दिन्छु भन्दा भन्दै पनि स्वतन्त्र बन्छु भन्नेहरु चाहिँ असली स्वतन्त्रहरु हुने काफ्लेको भनाई छ। उनले लेखेकी छन्,”पार्टीले टिकेट नदिएपछि स्वतन्त्र बन्छु भन्नेहरु हैन, पार्टीले टिकेट दिन्छु भन्दा भन्दै पनि स्वतन्त्र बन्छु भन्नेहरु चाहिँ असली स्वतन्त्रहरु हुन् ।”नेकपा (एमाले) ले नेता घनश्याम भुसाललाई टिकट नदिने भएको छ

काठमाडौं, नेकपा (एमाले) ले नेता घनश्याम भुसाललाई टिकट नदिने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा भुषाल रुपन्देही-३ बाट चुनाव लड्ने तयारीमा थिए । तर, पार्टीले भने उनलाई टिकट नदिने निर्णय गरेको छ ।

भुषालको उक्त क्षेत्रमा राप्रपाका प्रभावशाली नेता दीपक बोहोराले टिकट पाउने भएका छन् । सो क्षेत्रमा एमालेले राप्रपालाई सघाउने भएको छ । नेकपाकालिन अवस्थादेखि नै भुषालले अध्यक्ष ओलीको आलोचना गर्दै आएका थिए ।

१०औं महाधिवेशनमा पनि उनले अध्यक्ष ओलीको निर्णयलाई चूनौति दिएर उम्मेदवारी दिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई मतसमेत मागेका थिए ।

आजमात्रै एमाले र राप्रपाका शीर्ष नेताहरुबीच सिट बाँडफाँटबारे सहमतिको लागि हस्ताक्षर गर्नेगरि छलफल भएको थियो । दुवै तर्फका नेताहरुकाअनुसार सहमतिमा भोलि विहानै हस्ताक्षर हुनेछ ।

जापानमा छन्। आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो, जहाँ भिटेनले प्रस्तुतिभन्दा पनि हर्कतका कारण चर्चा बटुले। कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थालेका थिए। उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मेहम्मे परेको थियो। गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काएका थिए।

आफ्नै टाउकोमा आफैले बोतलले हानेका उनी एक्कासी मञ्चमा ढलेका थिए। त्यसपछि उनले गीत गाउन पनि सकेनन्। भुइँमा ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरेपछि आयोजकले पानी छम्किएर केही बेरमा उठाएको थियो। ब्युँझिएपछि भिटेनले गाउन नसक्ने बताएका थिए।

दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शो नगर्ने र यही नै अन्तिम शो हुने बताएका थिए। भिटेनले एक्कासी किन यस्तो हर्कत गरेर स्टेजमै बेहोस भए भन्नेबारेमा दर्शक र आयोजकको आफ्नै तर्क छन्। मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन्।

अर्कोतर्फ, आयोजकले चाहिँ मदिराका कारण भिटेन बेहोस नभएको दाबी गरेको छ। मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने जानकारी भने दिइएको छैन। तर, दर्शकहरूले भने भिटेन मदिराकै कारण ढलेको बताँउछन्। भिटेनले भने शारीरिक असन्तुलनका कारण ढलेको दाबी गरेका थिए। भिटेनले गाउन नसक्ने भएपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए।

यो पनि : एमाले र माओवादीका नेताहरु छलफलमा, यस्तो बन्दै छ सहमतिको खाका
निर्वाचनको परिणाम नआउँदै नेकपा एकीकृत समाजवादीले वर्तमान सत्ता गठबन्धनकै दलहरु मिलेर सरकार बनाउने जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन र आफ्नो परिणाम सोचेजस्तो आउन नसकेको प्रारम्भिक समीक्षा गर्दै

गठबन्धनको रक्षा गर्ने जनाएको हो ।मंगलबार बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने बताइरहँदा उता माओवादी केन्द्र भने मौन बसेको छ । माओवादीले अहिलेसम्म गठबन्धनलाई निरन्तरता दिने बताएको छैन ।

एस पार्टीको चुनावको समीक्षा गर्न मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धन भने कायमै राख्नुपर्ने निष्कर्ष निकालेको थियो । ‘हामीले सोचेजस्तो परिणाम आएको छैन ।

तर पनि गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्छ र गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई कायम राख्ने विषयमा एस पार्टी स्पष्ट भैसक्दा पनि माओवादी नबोल्नुमा भने कुनै कारण लुकेको आँकलन गरिएको छ । एमालेबाट विभाजन भएको एस पार्टीको अहिले थ्रेस होल्ड कायम हुने नहुने भन्ने बारेमा अझै यकिन भैसकेको छैन ।

तर माओवादीको समानुपातिकसहित करिब ३० सिट कामय हुने अवस्था छ । पहिलाको तुलनामा माओवादीको सिट संख्या कम भए पनि कांग्रेसलाई शुरुदेखिनै धम्क्याउन र बार्गेनिङ गर्न प्रशस्त भएकाले

माओवादीको एउटा पक्ष अहिले पनि एमालेसँग निरन्तर संवादमा रहेको छ । अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्माले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग निरन्तर संवाद गरिरहेको स्रोतको दाबी छ ।

‘उपाध्यक्ष पौडेल र अर्थमन्त्री शर्माबीच निरन्तर संवाद भैरहेको छ’, स्रोतले भन्यो । माओवादीले राष्ट्रपति र सभामुख लिएर पाँच वर्षका लागि एमाले अध्यक्ष केपी शर्मा ओली नै निरन्तर प्रधानमन्त्री रहने गरी

कुरा गर्ने वा राष्ट्रपति मात्रै लिएर प्रधानमन्त्री चाहिँ आधा आधा कार्यकाल गर्ने गरी छलफल अघि बढेको स्रोतको दाबी छ ।सरकार गठनमा केही दिन ढिला हुने भएकाले अहिलेको अवस्थामा माओवादीले गठबन्धन वा अन्य दल भन्ने बारेमा मुख खोलिसकेको छैन ।

अहिलेसम्म एक सय ६१ सिटको परिणाम आइसकेको छ । एक सिटको मतगणना भइरहेको छ ।दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना शुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ ।

बाजुराको बुढीनन्दा नगरपालिकामा १० मंसिरमै मतदान भइसकेको छ । अब मतगणना गर्न बाँकी छ । स्याङ्जामा मतगणना रोक्ने कुनै कारण नहुँदा पनि मतगणना रोकिएको छ । निर्वाचन आयोगले आजसम्म निर्णय गर्ने जनाएको छ ।

अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था देखिन्न । निर्वाचनको प्रत्यक्षतर्फ सत्तागठबन्धनले बहुमत त ल्याएका छन्, तर समानुपातिक मतपरिणाम सार्वजनिक नभई सरकार बन्न सक्ने अवस्था छैन ।

तर पनि प्रमुख दलका नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, कांग्रेसभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, डा. शेखर कोइराला, डा. शशांक कोइराला प्रधानमन्त्रीको दौडमा छन् ।

बाहिर प्रकट नभए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको रेसमा छन् । तर यसपटक उनलाई त्यति सहज भने छैन । त्यसकारण आफूलाई सहज हुने मार्गको खोजीमा रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय