शुक्रबार , बैसाख १४, २०८१

चितवन २ बाट भारी मतले जितेका रवि लामिछानेले आफ्नो फेसबुक मार्फत यस्तो अपिल गरेका छन्- आदरणीय चितवन- २ का आमाबुबा दाजुभाइ दिदिबहिनीहरु।

आजबाट विजयको खुसियाली मनाउने सम्पुर्ण कार्यक्रमहरु सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईंले दिनु भएका शुभकामनाहरुलाई यहि बाट एकमुष्ठ धन्यवाद दिन चाहन्छु । आफ्ना केही कुरा बुंदागत रुपमा राखें।

१) मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन)
२) कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु।
३) सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु। (पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन)

४) भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला।
५) मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नितिहरु बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरुले यसमा सहयोग गर्नु हुने छ।

६) प्रत्यक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु।
७) कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला।

८) औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।

९) सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन ११ स्थित घरमा राखिएको “भन्नुहोस् के सेवा गरौ” लेखिएको बाकसमा खसाउनु होला।

१०) लामो लामो राजनीतिक छ्लफलहरु भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका सटिक र अर्थपुर्ण बहसहरुमा सहभागीहुन म खोजी खोजी आउने छु।

अन्त्यमा,
राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ काठमाडौ जादैछु। केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर तपाईहरुको सेवामा समर्पित हुनेछु। पुर्ण चुनावी नतिजा र संसदीय प्रक्रिया नस्किउन्जेल धैर्य पुर्वक बसिदिनु होला। म सम्भव भए सम्म धेरै भन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने वाचा गर्दछु। हामी आज बाटै काममा लाग्यौं।

आन्य समाचार :-

लोकदोहोरी गायिका र गायक जेरि र शङ्कर बिचको सम्बन्ध बि“ च्छेद भएको छ । भर्खरै जिल्ला अदालत काठ्मान्डौमा दुइ बिचको सम्झौतामा सम्बन्ध बि“ च्छेद भएको हो । ‘जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भ` त्किएको छ ।

श्रीमान् शंकर क्षेत्रीसँग उनले डि` भोर्स प्रक्रिया अगाडि बढाएकी छन् । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीच डि` भोर्स भएको छ । हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् । डि` भोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको छ । आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डि“ भोर्स फाइलमा उल्लेख छ ।

जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । उनीहरू दुवै काठमाडौंमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । करिब एक महिनादेखि भने उनीहरू अलग-अलग बस्न थालेको स्रोतले बताएको छ । दसैँअगाडि नै उनीहरूले डि“ भोर्सको तयारी गरेका थिए । तर, जेरी डें`गुले थलिएपछि केस फाइल गर्न ढिलाइ भएको हो ।

नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हि`ट छन् । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।

श्रीमान्‌सँग वि`वाद बढेसँगै जेरीले हालैमात्र आफ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घाटन गरेकी थिइन् । स्रोतका अनुसार विवाह गरेदेखि नै उनीहरू एक-अर्काप्रति शंकालु हुन थालेका थिए । श्रीमतीसँगको सम्बन्धमा शंकर बफादार नहुनु नै वि`वादको जड भएको स्रोतको भनाइ छ । डि` भोर्सको मु`द्दा शंकरले नै दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय