शुक्रबार , बैसाख १४, २०८१

सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा राष्ट्रपति हुने गरी गठबन्धनका अर्का सारथी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुने गरी सहमति भएको छ ।

देउवा निकट स्रोतका अनुसार पछिल्लो समय उनी राष्ट्रपति हुने गरी प्रचण्डसँग सल्लाह अघि बढेको बताइएको छ ।

‘यसअघि पनि गठबन्धनमा प्रचण्ड पहिला प्रधानमन्त्री उने गरी सहमति बनेको थियो,’ देउवा निकट स्रोतले सूत्रन्यूजलाई भन्यो, ‘बदलिएको परिस्थितिअनुसार प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ । तर कांग्रेसको मत सन्तुलनका आधारमा देउवा नै प्रधानमन्त्री बन्ने स्थिति छैन ।’

यसका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ग्रीन सिग्नल दिइसकेका छन् । उनले गठबन्धन जसरी पनि जोगाएर अघि जानुपर्ने भन्दै प्रचण्ड र देउवालाई प्रतिबद्धता गरिरसकेका छन् ।

देउवा नेतृत्वको गठबन्धन जसरी पनि अघि जोगाएर जाने रणनीति बुझेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन बनाउने प्रयासस्वरूप बिहीवार नै प्रचण्डलाई फोन गरेर मिलेर जाने प्रस्ताव गरेका थिए ।

प्रचण्डले छलफल त गरौंला तर तपाईले यसअघि गरेका राजनीतिक निर्णयमा पुनर्विचार गर्नुपर्ने भन्ने जवाफ दिएका थिए ।

अहिलेको सत्तारूढ गठबन्धनलाई एकीकृत ढंगले नै अघि बढाउने र अब एमालेलाई सत्तामा आउन नदिने गरी धेरै पहिलादेखि नै संरचना बनाइएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई कांग्रेस सभापति देउवाले आफ्नै पार्टीभित्रको अन्तर्घातका रूपमा लिएका छन् ।

१० मंसिर, इलाम । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको छ ।

यहाँ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अघि छन् ।

अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो ।

गणनास्थलमा अहिले कांग्रेस समर्थकले नाराबाजीसमेत गरिरहेका छन् । गणनास्थलमा सुरक्षाकर्मी बढाइएको छ ।

मत गणना रोकिएको इलाम नगरपालिकाको वडा नम्बर १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष गायत्रीराम बस्नेतले एमालेका अम्बिकाप्रसाद गौतमलाई ५९ मतले पराजित गरेका थिए । बस्नेतले एक हजार ८१ मत पाएका थिए भने गौतमले एक हजार २२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय