मंगलबार , चैत्र ६, २०८०

जनकपुरधाम । बारा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका अच्युतप्रसाद मैनाली निर्वाचित भएका छन् ।

जसपासँगको तालमेलमा उम्मेदवार बनेका मैनालीले ९ हजारभन्दा बढी मतान्तरले नेपाली कांग्रेसका सह-महामन्त्री उमाकान्त चौधरीलाई पराजित गरेका हुन् । चौधरी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार थिए ।

मैनालीले ३९ हजार १९५ मत ल्याएर निर्वाचित हुँदा चौधरीले ३० हजार ५६ मत पाएका छन् ।

नवलपरासी २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान विजयी
नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।

प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कँडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय