मंगलबार , चैत्र ६, २०८०

कास्की-२ मा 49596 मध्ये ९२०० गणना हुदाँ !
घण्टी -३३८९
सुर्य -२०११
कलम -१९४४
हलो -१८०२
बदर -५४
र यो पनि

के रास्वपाले साँच्चै मुलुकभर खसेको समानुपातिक मतको १४.७ प्रतिशत मत ल्याउँछ त?

हामीलाई त्यस्तो लाग्दैन।

सबै १६५ निर्वाचन क्षेत्रको मत गन्दा रास्वपाको समानुपातिकतर्फ यति धेरै मत आउँछ भन्ने हामीलाई लाग्दैन। रास्वपाको घन्टी चुनाव चिह्नलाई मत दिने मतदाता मुख्यगरी ठूला सहर र पूर्व-पश्चिम राजमार्ग वरिपरिका सहरमा रहेको हामीले पायौं।यस्ता सहरमा बसाइँसराइ गरेर आएको जनसंख्याको हिस्सा ठूलो हुन्छ। ऊ परिवर्तन गर्न र जोखिम मोल्न अरूभन्दा अगाडि हुन्छ। जसले आफ्नो थाजवाज नै परिवर्तन गरेर नयाँ ठाउँमा आएको छ, नयाँ अवसर खोजेको छ, सायद उसलाई आफूले मत दिने दल परिवर्तन गर्नु धेरै ठूलो कुरा हुन्न, जति अरूलाई हुन्छ।अर्कातिर हिमाली भेग, उच्च पहाडी भेग र पूर्व-पश्चिम राजमार्गभन्दा केही दक्षिणमा रहेका निर्वाचन क्षेत्रमा घन्टीको प्रभाव र चर्चा नै धेरै छैन।

हामीले मतदातासँग कुरा गरेका धेरैजसो निर्वाचन क्षेत्र ठूला सहर र राजमार्ग वरिपरिका छन्। हामीले काठमाडौंका चार र चितवनका दुई निर्वाचन क्षेत्रका मतदातासँग कुरा गरेका छौं। त्यसबाहेक बाँके, दाङ, रूपन्देही, नवलपरासी, मकवानपुर, सर्लाही, धनुषा, सप्तरी, सुनसरी, मोरङ र झापाका निर्वाचन क्षेत्र छन्।यी २१ क्षेत्रमै पनि काठमाडौं र चितवन छाडेर हिसाब गर्ने हो भने रास्वपाको समानुपातिकको मत स्वाट्टै घट्छ।

काठमाडौंका चारवटा निर्वाचन क्षेत्रमा रास्वपाको समानुपातिक मत औसत २४ प्रतिशत छ। त्यस्तै चितवनका दुई निर्वाचन क्षेत्र र मकवानपुरको एकसहित तीन निर्वाचन क्षेत्रमा रास्वपाको औसत मत २९ प्रतिशत छ। अर्कातिर मूलत: राजमार्गको दक्षिणमा पर्ने सिरहा, सप्तरी र धनुषाका तीन निर्वाचन क्षेत्रमा रास्वपाको औसत मत ४ प्रतिशत मात्रै छ। झापा, मोरङ र सुनसरीका चार क्षेत्रमा औसत मत ८ प्रतिशत छ भने बाँके, दाङ, रूपन्देही र नवलपरासीका चार निर्वाचन क्षेत्रमा रास्वपाको औसत मत १६ प्रतिशत छ।

यसले के देखाउँछ भने मुलुकभर रास्वपाको मत एकनासको छैन।मतदाताकहाँ जाँदा हामीले कस्तो पायौं भने पूर्व-पश्चिम राजमार्गसँग जोडिएको एउटै निर्वाचन क्षेत्रमा पनि राजमार्ग वरिपरि घन्टीको प्रभाव छ, जबकि अलि दक्षिण जानेबित्तिकै प्रभाव कम हुँदै जान्छ। उदाहरणका लागि, सुनसरी- ३ मा हामी मतदातासँग कुरा गर्न जाँदा इटहरीमा घन्टीको राम्रै मत देखियो। केही दक्षिण, दुहबी पुग्नेबित्तिकै त्यो मत धेरै कम भयो।पूर्वदेखि पश्चिमसम्मै राजमार्गको दक्षिणतर्फ ठूलो जनसंख्या बस्छ। त्यहाँ धेरै निर्वाचन क्षेत्र छन्। त्यहाँ रास्वपाको मत कम छ। तराईमै पनि विशेषगरी मधेस र लुम्बिनी प्रदेशका दक्षिणी भेगमा रास्वपा कमजोर देखिन्छ।

त्यसमा अर्को ‘फ्याक्टर’ ले पनि काम गरेको छ। ठूला र पुराना दलहरूको मत काट्न त्यहाँ यसपालि मधेसकै नयाँ र विद्रोही पार्टी अघि आएको छ- सिके राउत नेतृत्वको जनमत पार्टी।मधेस र लुम्बिनी प्रदेशमा ठूला र पुराना मधेसवादी दलहरूसँग असन्तुष्ट मतको ठूलो हिस्सा जनमत पार्टीले लैजाने छ। जनमत पार्टीले चुनाव नलडेको भए मधेसमा असन्तुष्ट मतको ठूलो अंश रास्वपालाई जान सक्थ्यो। अब त्यो सम्भावना कम भएको छ।

रास्वपाका लागि एकदमै धेरै मत आउने काठमाडौं, चितवन वा मध्यम दरमा मत आउने बाँके, दाङ, रूपन्देही, नवलपरासीजस्ता धेरै निर्वाचन क्षेत्र मुलुकको अरू भागमा छैनन्। बर्दिया, कैलाली, कञ्चनपुरमा विद्रोही रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले असन्तुष्ट मत लैजान्छ।

सुदूरपश्चिम र कर्णालीका जिल्लाहरूमा रास्वपाप्रति कति आकर्षण छ भन्ने अन्दाज लगाउन हाम्रा सहकर्मीहरूले सुदूरपश्चिमका दुई जिल्ला डडेल्धुरा, डोटी र कर्णालीका दैलेख र जाजरकोट पनि भ्रमण गरेका थिए। त्यहाँका मतदातासँग कुरा गरेका थिए। ती जिल्लामा पनि हामीले रास्वपाको उल्लेख्य मत पाएनौं।तर यो विश्लेषणसँगै एउटा कुरा हेक्का राख्नुपर्छ- घन्टी चुनाव चिह्न जसरी यसपालि मुलुकभरि विद्रोही मतको प्रतीकजस्तो बनेको छ र रवि लामिछानेप्रति मुलुकभर जुन चासो र आकर्षण देखिएको छ, त्यसले रास्वपाको कुनै उपस्थिति नभएको दूरदराजका निर्वाचन क्षेत्रबाट पनि उसलाई केही मत आउन सक्छ। त्यस अवस्थामा रास्वपाको समानुपातिकमा मत बढाउन ठूलो सहयोग पुग्छ।त्यसो भए रास्वपाले मुलुकभरि समानुपातिकमा कति मत ल्याउँछ त?

हामीलाई लाग्छ रास्वपाले समानुपातिकमा ७ देखि १२ प्रतिशत मत ल्याउन सक्छ।

अब प्रत्यक्षतर्फ सिटको कुरा गरौं।

हामीले निर्वाचन क्षेत्रमा गएर विश्लेषण गरेका २१ निर्वाचन क्षेत्रमध्ये चितवन- २ मा उक्त पार्टीका रवि लामिछाने र काठमाडौं- ६ मा शिशिर खनाल विजयी हुनेछन् भन्ने हामीलाई लाग्छ। काठमाडौं- २ मा सोबिता गौतम र चितवन-१ मा हरि ढकाल पनि बलियो प्रतिस्पर्धामा छन्।हामीले काठमाडौं- २ मा मतदाता भेटेर कुरा गरेको एक साताअघि मात्रै हो। त्यो बेला सोबिता गौतम र एमालेका मणिराम फुयालबीच कडा टक्कर थियो। एमालेलाई मत दिएका धेरै मतदाता अनिर्णीत अवस्थामा थिए। सोबिता गौतम र रास्वपाकै पनि माहोल निर्वाचन नजिकिँदै जाँदा बढ्दै गएकाले उनले जित्न पनि सक्छिन्।

चितवन- १ मा हामीले मतदाता भेटेर कुरा गर्दा निर्वाचन आउन दुई साताभन्दा बढी समय थियो। त्यो बेला रास्वपाका हरि ढकाल र नेपाली कांग्रेसका विश्वनाथ पौडेलबीच मुख्य प्रतिस्पर्धा थियो भने एमालेका सुरेन्द्र पाण्डे केही पछि थिए। निर्वाचन नजिकिँदै गर्दा कहिलेकाहीँ सुरूमा अग्रता लिएको मानिस पछि पर्छ र पछि परेको मानिस बलियो बन्छ। एमालेका कतिपय नेता-कार्यकर्ताले पछिल्ला दुई सातामा सुरेन्द्र पाण्डेले गरेका मेहनतका कारण उनी बलियो हुँदै गएको दाबी गरेका छन्। हामीलाई पछिल्लो स्थिति थाहा छैन। तर त्यहाँ रास्वपा राम्रो प्रतिस्पर्धामा छ।हाम्रा सहकर्मीहरूले स्याङ्जा- २ मा मतदातासँग कुरा गर्दा नेपाली कांग्रेसका धनराज गुरूङ र एमालेकी पद्मा अर्यालबीच मुख्य प्रतिस्पर्धा थियो। रास्वपाका टिकराज गुरूङ केही पछि थिए। पछिल्ला दिनमा यहाँ पनि घन्टीको माहोल बढेको भए र गुरूङले प्रगति गरेका भए उनी पनि प्रतिस्पर्धामा हुनेछन्।

यसबाहेक हामीले मतदातासँग कुरा गर्न नपाएका ललितपुर- ३ मा तोसिमा कार्की र काठमाडौं- ८ मा बिराजभक्त श्रेष्ठ पनि बलियो प्रतिस्पर्धामा छन् भन्ने रास्वपाका नेताहरूको दाबी छ। यसबाहेक बारा- २ र नुवाकोट- २ मा पनि आफूहरू प्रतिस्पर्धी भएको रास्वपाका नेताहरू बताइरहेका छन्। हामीसँग यी निर्वाचन क्षेत्रबारे अनुमान गर्न पर्याप्त सूचना छैन।

अहिलेको अवस्था हेर्दा रास्वपाले प्रत्यक्षमा ५ सिटको वरिपरि जित्यो भने त्यो स्वाभाविक नै हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय